गोलभेडाको मूल्य ह्वात्तै घटेर किलोको ७ रुपैयाँमा झर्दा अन्य तरकारी, फलफूल र माछाको भाउ कति ? हेर्नुहोस् पूर्ण विवरण

काठमाडौँ, २९ असार । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आजको बजारमा विभिन्न तरकारी, फलफूल र अन्य कृषि वस्तुहरूको मूल्यमा विविधता देखिएको छ।

समितिले सार्वजनिक गरेको सूची अनुसार आज नेपाली गोलभेडा ठूलोको न्यूनतम मूल्य ३५ र अधिकतम मूल्य ४५ रुपैयाँ तोकिएको छ । यस्तै, सानो लोकल गोलभेडाको मूल्य ७ देखि ९ रुपैयाँ र टनेलको सानो गोलभेडा १० देखि २० रुपैयाँसम्म रहेको छ । आलुतर्फ रातो आलु (लाम्चो) ४५ देखि ४८ रुपैयाँ, रातो आलु (गोलो) ४२ देखि ४७ रुपैयाँ, मुडेको रातो आलु ४२ देखि ४७ रुपैयाँ, भारतीय रातो आलु २८ देखि ३० रुपैयाँ र सेतो आलु ३० देखि ३२ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, भारतीय सुकेको प्याजको मूल्य प्रतिकिलो ५३ देखि ५५ रुपैयाँ कायम गरिएको छ । स्थानीय गाजर ९० देखि ११० रुपैयाँ र तराईको गाजर ८० देखि ९० रुपैयाँमा बिक्री भइरहेको छ । स्थानीय बन्दा २५ देखि ३५ रुपैयाँ र स्थानीय काउली ४० देखि ६० रुपैयाँमा उपलब्ध छ । लोकल काँक्रो ६० देखि ८० रुपैयाँ, हाइब्रीड काँक्रो २० देखि २५ रुपैयाँ र लोकलक्रस काँक्रो ५० देखि ६० रुपैयाँमा पाइन्छ ।

त्यसैगरी, रातो मूला १५ देखि २० रुपैयाँ र हाइब्रीड सेतो मूला १५ देखि २४ रुपैयाँमा कारोबार भइरहेको छ । लाम्चो भन्टा २५ देखि ३० रुपैयाँ र डल्लो भन्टा ३० देखि ४० रुपैयाँ तोकिएको छ । तने बोडी ३० देखि ४० रुपैयाँ, मकै बोडी ५० देखि ६० रुपैयाँ, लोकल घिउ सिमी ५० देखि ६० रुपैयाँ, हाइब्रीड घिउ सिमी ४० देखि ५० रुपैयाँ, राजमा सिमी ८० देखि ९० रुपैयाँ र टाटे सिमी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, भटमासकोशा १०० देखि १३० रुपैयाँ, तितो करेला २० देखि ३० रुपैयाँ, लौका २५ देखि ३५ रुपैयाँ र लोकल तथा तराईको परवर २५ देखि ३० रुपैयाँमा उपलब्ध छ ।

यसैगरी, चिचिण्डो १० देखि २० रुपैयाँ, घिरौला २५ देखि ३५ रुपैयाँ, झिगूनी ४० देखि ६० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ८० देखि ९० रुपैयाँ र हरियो डल्लो फर्सी २५ देखि ३० रुपैयाँ कायम गरिएको छ । भिण्डी ३५ देखि ४० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिँडालु ९० देखि १०० रुपैयाँ, स्कूस ४० देखि ५० रुपैयाँ र रायो, पालूगो, चमसूर तथा सौफको साग ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ । तोरीको साग ४० देखि ५० रुपैयाँ, हरियो प्याज ७० देखि १०० रुपैयाँ र न्यूरो ९० देखि १०० रुपैयाँमा पाइन्छ ।

त्यसैगरी, च्याउतर्फ कन्य च्याउ २३० देखि २६० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४५० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म तोकिएको छ । कुरीलो २५० देखि ३०० रुपैयाँ, ब्रोकाउली ६० देखि ९० रुपैयाँ, चुकुन्दर ५५ देखि ७० रुपैयाँ, रातो बन्दा ५० देखि ६० रुपैयाँ, जिरीको साग ८० देखि ९० रुपैयाँ, सेलरी १८० देखि २०० रुपैयाँ, पार्सले ३०० देखि ३५० रुपैयाँ र पुदीना १८० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै, गान्टे मूला ५० देखि ६० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १५० रुपैयाँ, तोफु १५० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा उपलब्ध छ ।

फलफूलतर्फ फूजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० देखि २५० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँ कायम गरिएको छ । कागती १२० देखि १४० रुपैयाँ, अनार ४५० देखि ५०० रुपैयाँ, मालदह आँप १४० देखि १५० रुपैयाँ, दसहरी आँप १५० देखि १६० रुपैयाँ र हरियो तरबुजा ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, जुनार २७० देखि ३०० रुपैयाँ, भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ, रुख कटहर ४० देखि ५० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ र भारतीय मेवा १०० देखि १२० रुपैयाँमा बिक्री भइरहेको छ । काँचो नरिवल ६० देखि ७० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ कायम गरिएको छ ।

यसैगरी, अदुवा १५० देखि २०० रुपैयाँ,सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ४५ देखि ५५ रुपैयाँ, बुलेट खुर्सानी ४० देखि ५० रुपैयाँ, माछे खुर्सानी ३० देखि ४० रुपैयाँ, अकबरे खुर्सानी १५० देखि २२० रुपैयाँ र भेडे खुर्सानी ४० देखि ६० रुपैयाँमा उपलब्ध छ । यस्तै, हरियो लसुन ९० देखि १०० रुपैयाँ, हरियो धनिया ८० देखि १०० रुपैयाँ, चिनियाँ सुकेको लसुन २०० देखि २२० रुपैयाँ, नेपाली सुकेको लसुन १५० देखि १८० रुपैयाँ र सुकेको छ्यापी १८० देखि २०० रुपैयाँमा पाइन्छ ।

अन्त्यमा, सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, ताजा बचुवा माछा २८० देखि ३०० रुपैयाँ र ताजा छडी माछा २८० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?