हेर्नुहोस् कालिमाटीमा आज कुन तरकारी र फलफूलको मूल्य कति छ (पूर्ण विवरणसहित)

काठमाडौँ, १४ साउन ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज सार्वजनिक गरिएको मूल्यसूचीमा तरकारी, फलफूल, मसला र माछाको न्यूनतम र अधिकतम मूल्य निर्धारण गरिएको छ ।

समितिको विवरण अनुसार आज गोलभेडा सानो (लोकल) प्रतिकिलो न्यूनतम १५ रुपैयाँदेखि अधिकतम २० रुपैयाँसम्म तोकिएको छ । गोलभेडा सानो (टनेल) को मूल्य न्यूनतम २० देखि अधिकतम ३० रुपैयाँ कायम भएको छ । आलु रातो (लाम्चो) को मूल्य ४८ देखि ५२ रुपैयाँ, रातो आलु (गोलो) ४८ देखि ५३ रुपैयाँ र रातो आलु (मुडे) ४८ देखि ५३ रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, भारतीय रातो आलु ३३ देखि ३७ रुपैयाँ र सेतो आलु ३० देखि ३५ रुपैयाँमा पाइन्छ । यस्तै, भारतीय सुकेको प्याजको मूल्य ५४ देखि ५७ रुपैयाँ रहेको छ ।

यसैगरी,  लोकल गाजर न्यूनतम ९० देखि अधिकतम ११० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ । लोकल बन्दा २० देखि ३० रुपैयाँ र स्थानीय काउली १०० देखि १२० रुपैयाँमा उपलब्ध छ । लोकल काक्रो र लोकलक्रस काक्रो दुवैको मूल्य समान ४० देखि ६० रुपैयाँ तोकिएको छ भने हाइब्रीड काक्रो १५ देखि २५ रुपैयाँमा झरेको छ ।

मूल्यसूची अनुसार रातो मूला २० देखि ३० रुपैयाँ र हाइब्रीड सेतो मूला १५ देखि २० रुपैयाँमा पाइन्छ । लाम्चो भन्टा ५० देखि ६० रुपैयाँ र डल्लो भन्टा ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ । तने बोडी ७० देखि ८० रुपैयाँ, मकै बोडी ८० देखि ९० रुपैयाँ, र घिउ सिमी (लोकल तथा हाइब्रीड) १२० देखि १४० रुपैयाँमा बिक्री भइरहेको छ । राजमा सिमी १५० देखि १६० रुपैयाँ र टाटे सिमी १०० देखि १२० रुपैयाँ पुगेको छ ।

यस्तै, भटमास कोशा ८० देखि १०० रुपैयाँ, तितो करेला ६० देखि ७० रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ र लोकल तथा तराईको परवर ६० देखि ७० रुपैयाँमा उपलब्ध छ । चिचिण्डो ३० देखि ४० रुपैयाँ, घिरौला ५० देखि ६० रुपैयाँ, झिगूनी ७० देखि ८० रुपैयाँ र पाकेको फर्सी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । डल्लो हरियो फर्सी ७० देखि ९० रुपैयाँ, भिण्डी ५० देखि ६० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ६० देखि ७० रुपैयाँमा पाइन्छ ।

सागपाततर्फ रायो साग, पालूगो साग, हरियो प्याज र जिरीको साग सबैको मूल्य समान १५० देखि २०० रुपैयाँ तोकिएको छ । तोरीको साग १०० देखि १५० रुपैयाँ, सौफको साग १५० देखि २०० रुपैयाँ, र पुदीना ३०० देखि ४०० रुपैयाँमा कारोबार भइरहेको छ । च्याउतर्फ कन्य च्याउ २४० देखि २८० रुपैयाँ, डल्ले च्याउ ५०० देखि ५५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १०० देखि १२० रुपैयाँ र चुकुन्दर ६० देखि ७० रुपैयाँमा पाइन्छ । सजिवन २५० देखि ३०० रुपैयाँ, रातो बन्दा ३० देखि ४० रुपैयाँ, सेलरी १८० देखि २०० रुपैयाँ र पार्सले ४०० देखि ५०० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, गान्टे मूला १५० देखि २०० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा उपलब्ध छ ।

फलफूलतर्फ फूजी स्याउ २८० देखि ३०० रुपैयाँ पुगेको छ । नेपाली केरा प्रतिदर्जन २०० देखि ३०० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँमा पाइन्छ । कागती १४० देखि १८० रुपैयाँ, अनार ४५० देखि ५०० रुपैयाँ र मालदह तथा दसहरी आँप १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, जुनार २७० देखि ३०० रुपैयाँ र भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, रुख कटहर ४० देखि ५० रुपैयाँ, लोकल नासपाती ७० देखि ८० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ र भारतीय मेवा १०० देखि १२० रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, लप्सी ५० देखि ६० रुपैयाँ, आभोकाडो ७०० देखि ८०० रुपैयाँ, अमला २४० देखि २८० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँमा पाइन्छ । नेपाली ड्रागन फ्रुटको मूल्य ३५० देखि ४०० रुपैयाँ कायम छ ।

अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ र हरियो खुर्सानी (लाम्चो तथा बुलेट) ८० देखि ९० रुपैयाँमा पाइन्छ । माछे खुर्सानी ६० देखि ७० रुपैयाँ, अकबरे खुर्सानी १५० देखि २५० रुपैयाँ र भेडे खुर्सानी ८० देखि १०० रुपैयाँमा उपलब्ध छ । हरियो लसुन १०० देखि १५० रुपैयाँ, हरियो धनिया ३०० देखि ३५० रुपैयाँ, सुकेको चाइनिज लसुन २०० देखि २४० रुपैयाँ, नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ र सुकेको छ्यापी १८० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ ।

अन्त्यमा, माछाको मूल्य विवरण अनुसार सुकेको माछा प्रतिकिलो ८०० देखि १००० रुपैयाँ तोकिएको छ । ताजा माछातर्फ रहु ३२० देखि ३४० रुपैयाँ, बचुवा २८० देखि ३०० रुपैयाँ र छडी माछा २८० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?