कालिमाटी फलफूल तथा तरकारी बजारको नयाँ मूल्यसूची सार्वजनिक: यस्तो छ आजको मूल्य
काठमाडौँ, १७ साउन ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज धेरैजसो तरकारी र फलफूलको मूल्यमा केही उतारचढाव देखिएको छ ।
समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) को न्यूनतम मूल्य प्रतिकिलो ६० रुपैयाँ र अधिकतम मूल्य ७० रुपैयाँ तोकिएको छ । यस्तै, टनेलको सानो गोलभेडा न्यूनतम १५ देखि अधिकतम २५ रुपैयाँसम्ममा कारोबार भइरहेको छ । आलुको मूल्यतर्फ रातो आलु (लाम्चो) न्यूनतम ४८ र अधिकतम ५१ रुपैयाँ, रातो आलु (गोलो) र मुडेको रातो आलु समान ४८ देखि ५२ रुपैयाँमा बिक्री भइरहेको छ । भारतीय रातो आलु ३३ देखि ५७ रुपैयाँ र सेतो आलु ३० देखि ३५ रुपैयाँसम्म पर्ने देखिन्छ । सुकेको भारतीय प्याजको मूल्य न्यूनतम ५४ देखि अधिकतम ५७ रुपैयाँ कायम गरिएको छ ।
यसैगरी, स्थानीय गाजरको न्यूनतम मूल्य १०० र अधिकतम १२० रुपैयाँ रहेको छ भने तराईको गाजर ७० देखि ८० रुपैयाँमा उपलब्ध छ । स्थानीय र तराईको बन्दा समान २५ देखि ३५ रुपैयाँमा कारोबार भइरहेको छ । स्थानीय काउली ८० देखि १०० रुपैयाँ, स्थानीय काक्रो ३० देखि ४० रुपैयाँ, हाइब्रीड काक्रो १० देखि १५ रुपैयाँ र लोकलक्रस काक्रो २० देखि ३५ रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । मूलातर्फ रातो मूला २० देखि ३० रुपैयाँ, स्थानीय सेतो मूला १० देखि १५ रुपैयाँ र हाइब्रीड सेतो मूला १० देखि २० रुपैयाँमा पाइने समितिले जनाएको छ ।
त्यसैगरी, लाम्चो भन्टा ४० देखि ५० रुपैयाँ र डल्लो भन्टा ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । तने बोडी ६० देखि ७० रुपैयाँ र मकै बोडी ७० देखि ९० रुपैयाँ पुगेको छ । घिउ सिमी (स्थानीय र हाइब्रीड दुवै) न्यूनतम १०० देखि अधिकतम १२० रुपैयाँमा कारोबार हुँदा टाटे सिमी ९० देखि १०० रुपैयाँ र भटमासकोशा ८० देखि १०० रुपैयाँमा पाइन्छ । तितो करेला ५० देखि ७० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ, परवर (स्थानीय र तराई) ५० देखि ६० रुपैयाँ र चिचिण्डो २५ देखि ३० रुपैयाँमा बिक्री भइरहेको छ । घिरौला ५० देखि ६० रुपैयाँ, झिगूनी ६० देखि ७० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ र डल्लो हरियो फर्सी ६० देखि ७० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।
यस्तै, भिण्डी ४० देखि ५० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ । सागसब्जीतर्फ रायो साग १५० देखि २०० रुपैयाँ, पालूगो साग २५० देखि ३०० रुपैयाँ, तोरीको साग १०० देखि १५० रुपैयाँ र हरियो प्याज १५० देखि २०० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ । च्याउको बजार मूल्य हेर्दा कन्य च्याउ २३० देखि २६० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ । कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १०० देखि १२० रुपैयाँ र चुकुन्दर ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ ।
यसैगरी, सजिवन २५० देखि ३०० रुपैयाँ, रातो बन्दा ३० देखि ४० रुपैयाँ, जिरीको साग १५० देखि २०० रुपैयाँ, सेलरी १८० देखि २०० रुपैयाँ र पार्सले ४०० देखि ५०० रुपैयाँमा किनबेच भइरहेको छ । सौफको साग १५० देखि २०० रुपैयाँ, पुदीना ४०० देखि ५०० रुपैयाँ र गान्टे मूला १५० देखि २०० रुपैयाँ प्रतिकिलो पर्नेछ । अन्य खाद्य वस्तुहरूमा इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
फलफूूलतर्फ फुजी स्याउ प्रतिकिलो २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० देखि ३०० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँ तोकिएको छ । कागती १४० देखि १८० रुपैयाँ, अनार ४५० देखि ५०० रुपैयाँ र आँप (मालदह र दसहरी) १८० देखि २०० रुपैयाँ प्रतिकिलोमा उपलब्ध छ । हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, जुनार २७० देखि ३०० रुपैयाँ र भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, रुख कटहर ४० देखि ५० रुपैयाँ, नासपाती ८० देखि ९० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ र भारतीय मेवा १०० देखि १२० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ । लप्सी ५० देखि ६० रुपैयाँ, अमला २४० देखि २८० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ३५० देखि ४०० रुपैयाँमा पाइनेछ ।
अदुवा न्यूनतम २०० देखि अधिकतम २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ र हरियो लाम्चो खुर्सानी ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ । बुलेट हरियो खुर्सानी ५० देखि ६० रुपैयाँ, माछे खुर्सानी ६० देखि ७० रुपैयाँ र अकबरे हरियो खुर्सानी १५० देखि २०० रुपैयाँ पुगेको छ । भेडे खुर्सानी ८० देखि ९० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ र हरियो धनिया २०० देखि ३०० रुपैयाँ प्रतिकिलो मूल्य तोकिएको छ । सुकेको चाइनिज लसुन २०० देखि २४० रुपैयाँ, नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ र सुकेको छ्यापी १८० देखि २०० रुपैयाँमा उपलब्ध छ ।
माछाको मूल्य हेर्दा सुकेको माछा प्रतिकिलो ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा ताजा माछा २८० देखि ३०० रुपैयाँ र ताजा छडी माछा २८० देखि ३०० रुपैयाँसम्ममा कारोबार भइरहेको समितिले जनाएको छ ।
