कालिमाटी बजार अपडेट: हेर्नुहोस् आजको तरकारी, फलफूल र माछाको मूल्यसूची

काठमाडौँ, २१ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज तरकारी र फलफूलको मूल्यमा केही उतारचढाव देखिएको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ५० र अधिकतम ६० रुपैयाँ तोकिएको छ । भारतीय ठूलो गोलभेडा ६० देखि ७० रुपैयाँमा कारोबार भइरहँदा टनेलको सानो गोलभेडाको मूल्य भने न्यूनतम २६ देखि अधिकतम ३८ रुपैयाँसम्म रहेको छ ।

आलुको मूल्यतर्फ, रातो आलु (लाम्चो, गोलो र मुडे) को न्यूनतम मूल्य ४८ रुपैयाँ र अधिकतम मूल्य ५१ देखि ५२ रुपैयाँको बीचमा रहेको छ । भारतीय रातो आलु ३५ देखि ३७ रुपैयाँ र सेतो आलु ३० देखि ३५ रुपैयाँमा बिक्री भइरहेको छ । सुकेको भारतीय प्याजको मूल्य ५४ देखि ५७ रुपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, स्थानीय गाजर १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँमा पाइन्छ । स्थानीय बन्दा ३० देखि ४० रुपैयाँ, स्थानीय काउली ८० देखि १०० रुपैयाँ र स्थानीय काक्रो ४० देखि ५० रुपैयाँमा कारोबार भइरहेको छ । हाइब्रिड काक्रो १० देखि १५ रुपैयाँ जति सस्तो छ भने लोकलक्रस काक्रो ३० देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ । रातो मूला २० देखि ३० रुपैयाँ र हाइब्रिड सेतो मूला १५ देखि २५ रुपैयाँ तोकिएको छ ।

यस्तै, लाम्चो भन्टा ४० देखि ५० रुपैयाँ, डल्लो भन्टा ५० देखि ६० रुपैयाँ, तने बोडी ६० देखि ७० रुपैयाँ, मकै बोडी ९० देखि १०० रुपैयाँ र घिउ सिमी (लोकल तथा हाइब्रिड) ७० देखि ९० रुपैयाँमा उपलब्ध छ । टाटे सिमी र पिंडालूको मूल्य ९० देखि १०० रुपैयाँ छ भने भटमासकोशा ८० देखि १०० रुपैयाँमा बिक्री भइरहेको छ ।

तितो करेला, लौका, स्थानीय तथा तराईका परवर, झिगूनी, पाकेको फर्सी र स्कूसको मूल्य ४० देखि ६० रुपैयाँको हाराहारीमा छ । चिचिण्डो र घिरौला २० देखि ४० रुपैयाँमा पाइन्छ भने हरियो डल्लो फर्सी ४० देखि ५० र भिण्डी ४० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ । सखरखण्डको मूल्य १०० देखि १२० रुपैयाँ तोकिएको छ ।

सागसब्जी अन्तर्गत रायो साग १०० देखि १५० रुपैयाँ, पालूगो साग २०० देखि २५० रुपैयाँ, तोरीको साग ८० देखि १२० रुपैयाँ र हरियो प्याज १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ । कन्य च्याउ २४० देखि ३०० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ । कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १२० देखि १३० रुपैयाँ र सजिवन २५० देखि ३०० रुपैयाँमा उपलब्ध छ ।

यसैगरी, रातो बन्दा ३० देखि ४० रुपैयाँ, जिरीको साग ३०० देखि ४०० रुपैयाँ, सेलरी २०० देखि २५० रुपैयाँ र पार्सलेको मूल्य १२०० देखि १४०० रुपैयाँ तोकिएको छ । सौफको साग र गान्टे मूला १०० देखि १५० रुपैयाँ, पुदीना ४०० देखि ५०० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ र तामा तथा तोफु १४० देखि १६० रुपैयाँमा पाइन्छ । गुन्दुकको मूल्य ३०० देखि ३५० रुपैयाँ छ ।

फलफूलतर्फ फूजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा २५० देखि ३०० रुपैयाँ (प्रतिदर्जन), मालभोग केरा १८० देखि २०० रुपैयाँ, कागती १८० देखि २२० रुपैयाँ, अनार ४०० देखि ५०० रुपैयाँ र मालदह आँप २५० देखि २८० रुपैयाँमा कारोबार भइरहेको छ । चोसा आँप २३० देखि २५० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, जुनार २७० देखि ३०० रुपैयाँ र प्रतिगोटा भुई कटहर १८० देखि २०० रुपैयाँमा पाइन्छ ।

रुख कटहर ५० देखि ६० रुपैयाँ, स्थानीय नासपाती र मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा १०० देखि १२० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, आभोकाडो ४०० देखि ५०० रुपैयाँ र अमला २४० देखि २८० रुपैयाँ तोकिएको छ । काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ३५० देखि ४०० रुपैयाँमा उपलब्ध छ ।

अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ र हरियो अकबरे खुर्सानी १५० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ । हरियो लाम्चो र बुलेट खुर्सानी ८० देखि ९० रुपैयाँ तथा माछे खुर्सानी ७० देखि ८० रुपैयाँ तोकिएको छ । भेडे खुर्सानी ९० देखि १०० रुपैयाँ, हरियो लसुन १०० देखि १५० रुपैयाँ र हरियो धनिया १५० देखि २०० रुपैयाँमा पाइन्छ । चाइनिज सुकेको लसुन २०० देखि २४० रुपैयाँ, नेपाली सुकेको लसुन तथा सुकेको छ्यापी १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ र बचुवा तथा छडी माछा २८० देखि ३०० रुपैयाँ प्रति किलोमा बिक्री भइरहेको समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?