आज कालिमाटीमा के सस्तो, के महँगो ? हेर्नुहोस् फलफूल तथा तरकारीको पूर्ण मूल्यसूची

काठमाडौँ, २७ साउन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ५० रुपैयाँ र अधिकतम मूल्य ६० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेडाको न्यूनतम ७० देखि अधिकतम ८० रुपैयाँसम्म रहेको छ। त्यसैगरी, सानो लोकल गोलभेडा न्यूनतम ३० देखि ४० रुपैयाँ र टनेलको सानो गोलभेडा न्यूनतम ४५ देखि अधिकतम ६० रुपैयाँमा कारोबार भइरहेको छ।

आलुको मूल्य विवरण हेर्दा, रातो लाम्चो आलुको न्यूनतम ४८ र अधिकतम ५१ रुपैयाँ, गोलो रातो आलुको ४८ देखि ५२ रुपैयाँ, मुडेको रातो आलुको ४८ देखि ५३ रुपैयाँ, भारतीय रातो आलुको ३५ देखि ३७ रुपैयाँ र सेतो आलुको न्यूनतम ३३ देखि अधिकतम ३६ रुपैयाँ मूल्य तोकिएको छ। भारतीय सुकेको प्याज न्यूनतम ५४ देखि ५७ रुपैयाँमा पाइन्छ।

लोकल गाजर न्यूनतम १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ। लोकल बन्दाको न्यूनतम २५ र अधिकतम ३५ रुपैयाँ, स्थानीय काउलीको ८० देखि ९० रुपैयाँ, लोकल काक्रोको ८ देखि ५० रुपैयाँ, हाइब्रीड काक्रोको ८ देखि १२ रुपैयाँ र लोकलक्रस काक्रोको ३० देखि ४० रुपैयाँ मूल्य रहेको छ। रातो मूला र हाइब्रीड सेतो मूला दुवैको न्यूनतम २० र अधिकतम ३० रुपैयाँ मूल्य रहेको छ।

त्यसैगरी, लाम्चो भन्टा ४० देखि ५० रुपैयाँ, डल्लो भन्टा ५० देखि ७० रुपैयाँ, तने बोडी ८० देखि ९० रुपैयाँ, मकै बोडी ९० देखि १०० रुपैयाँ, लोकल र हाइब्रीड घिउ सिमी ७० देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ। टाटे सिमी ९० देखि १०० रुपैयाँ, भटमासकोशा ९० देखि १२० रुपैयाँ, तितो करेला ४० देखि ५० रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, र लोकल तथा तराईको परवर ५० देखि ६० रुपैयाँमा उपलब्ध छन्।

यस्तै, चिचिण्डोको मूल्य २० देखि ३० रुपैयाँ, घिरौला ३० देखि ४० रुपैयाँ, झिगूनी ५० देखि ६० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो डल्लो फर्सी ४० देखि ५० रुपैयाँ, भिण्डी ४० देखि ५० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूसको मूल्य ५० देखि ६० रुपैयाँ तोकिएको छ।

सागपातको मूल्य सूचीमा रायो साग १०० देखि १५० रुपैयाँ, पालूगो साग २०० देखि २५० रुपैयाँ, तोरीको साग ८० देखि १०० रुपैयाँ, हरियो प्याज १५० देखि २०० रुपैयाँ, जिरीको साग ३०० देखि ४०० रुपैयाँ, सेलरी २०० देखि २५० रुपैयाँ, पार्सले १४०० देखि १५०० रुपैयाँ, सौफको साग १०० देखि १५० रुपैयाँ र पुदीना ४०० देखि ५०० रुपैयाँ न्यूनतम र अधिकतम मूल्यमा बिक्री भइरहेका छन्।

च्याउ तर्फ, कन्य च्याउ २५० देखि ३०० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँमा कारोबार भइरहेको छ। कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १३० देखि १५० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ, सजिवन २५० देखि ३०० रुपैयाँ, रातो बन्दा ३० देखि ४० रुपैयाँ र गान्टे मूला १०० देखि १५० रुपैयाँमा पाइन्छ। इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको छ।

फलफूलको मूल्य विवरण यस प्रकार छ: फूजी स्याउ प्रतिकिलो २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० देखि ३०० रुपैयाँ, मालभोग केरा १८० देखि २०० रुपैयाँ, कागती २०० देखि २५० रुपैयाँ, अनार ३०० देखि ४०० रुपैयाँ, मालदह आँप २५० देखि २८० रुपैयाँ, दसहरी र चोसा आँप २३० देखि २५० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी हरियो तरबुजा ५० देखि ६० रुपैयाँ, जुनार २७० देखि ३०० रुपैयाँ, भुई कटहर प्रति गोटा १८० देखि २०० रुपैयाँ, रुख कटहर ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ८० देखि ९० रुपैयाँ, चाइनिज नासपाती १५० देखि २०० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ र भारतीय मेवा १०० देखि १२० रुपैयाँमा उपलब्ध छन्। लप्सी ५० देखि ६० रुपैयाँ, आभोकाडो ४०० देखि ५०० रुपैयाँ, अमला २४० देखि २८० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँमा बिक्री भइरहेको छ।

अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ८० देखि १०० रुपैयाँ, बुलेट खुर्सानी ८० देखि ९० रुपैयाँ, माछे खुर्सानी ६० देखि ७० रुपैयाँ, र अकबरे खुर्सानी २०० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै भेडे खुर्सानी ७० देखि ८० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ, हरियो धनिया २०० देखि ३०० रुपैयाँ, चिनियाँ सुकेको लसुन २०० देखि २४० रुपैयाँ, नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ र सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ तोकिएको छ।

अन्त्यमा, माछाको मूल्य सूची अनुसार सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३३० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३३० रुपैयाँ र छडी माछा ३०० देखि ३३० रुपैयाँमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?