आज बजारमा तरकारी र फलफूलको भाउ कति ? हेर्नुहोस् पूर्ण विवरण

काठमाडौँ, ९ भदौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मङ्गलबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।

समितिको मूल्यसूची अनुसार नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकिलो ८० रुपैयाँ र अधिकतम ९० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेडा ९० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ। लोकल सानो गोलभेडा ३५ देखि ४५ रुपैयाँ, टनेलको ५२ देखि ६८ रुपैयाँ र भारतीय सानो गोलभेडा ४८ देखि ५५ रुपैयाँका बीचमा रहेको छ।

रातो आलु (लाम्चो) न्यूनतम ४८ देखि अधिकतम ५१ रुपैयाँ, रातो आलु (गोलो) ४८ देखि ५३ रुपैयाँ र मुडेको रातो आलु ४८ देखि ५३ रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै, भारतीय रातो आलु ३८ देखि ४० रुपैयाँ र सेतो आलु ३५ देखि ३८ रुपैयाँ तोकिएको छ। भारतीय सुकेको प्याजको मूल्य ८५ देखि ९० रुपैयाँ प्रतिकिलो रहेको छ।

समितिका अनुसार लोकल गाजर १०० देखि १२० रुपैयाँ र तराईको ७० देखि ८० रुपैयाँमा पाइन्छ। लोकल बन्दा २० देखि ३० रुपैयाँ, स्थानीय काउली ९० देखि ११० रुपैयाँ र लोकल काँक्रो ४० देखि ५० रुपैयाँमा उपलब्ध छ। हाइब्रीड काँक्रो भने सस्तोमा अर्थात् १० देखि २० रुपैयाँमा पाइन्छ। लोकलक्रस काँक्रोको मूल्य ४० देखि ५० रुपैयाँ छ। रातो मूला २० देखि ३० रुपैयाँ र सेतो हाइब्रीड मूला २५ देखि ३५ रुपैयाँमा कारोबार भइरहेको छ।

लाम्चो भन्टा १५ देखि २५ रुपैयाँ र डल्लो भन्टा ४० देखि ५० रुपैयाँमा बिक्री हुँदा तने बोडी ७० देखि ९० रुपैयाँ र मकै बोडी ९० देखि १२० रुपैयाँ तोकिएको छ। लोकल र हाइब्रीड घिउ सिमीको मूल्य समान ८० देखि १०० रुपैयाँ छ भने टाटे सिमी ७० देखि ८० रुपैयाँ र भटमासकोशा १०० देखि १३० रुपैयाँ छ।

तितो करेला ४० देखि ५० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ, र लोकल परवर ६० देखि ७० रुपैयाँमा पाइन्छ। तराईको परवर ६० देखि ८० रुपैयाँ, चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला १५ देखि ३० रुपैयाँ, झिगूनी ६० देखि ७० रुपैयाँ र पाकेको फर्सी ५० देखि ६० रुपैयाँमा उपलब्ध छ। हरियो डल्लो फर्सी ४० देखि ६० रुपैयाँ, भिण्डी ३० देखि ४० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ७० देखि ८० रुपैयाँ र स्कूस ४० देखि ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

सागपाततर्फ रायो साग ८० देखि १२० रुपैयाँ, पालूगो साग २०० देखि २५० रुपैयाँ, तोरीको साग ८० देखि १०० रुपैयाँ र हरियो प्याज १५० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ। जिरीको साग र सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले १६०० देखि १८०० रुपैयाँ, सौफको साग १०० देखि १५० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ र गान्टे मूला १०० देखि १५० रुपैयाँ रहेको छ।

च्याउतर्फ कन्य च्याउ २५० देखि ३०० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ प्रतिकिलोमा पाइन्छ। कुरीलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १४० देखि १६० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ र सजिवन २०० देखि २५० रुपैयाँमा बिक्री भइरहेको छ। रातो बन्दा ४० देखि ५० रुपैयाँ, इमली १४० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ, गुन्दुक ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर २०० देखि ३०० रुपैयाँ रहेको छ।

फलफूलतर्फ फूजी स्याउ ३०० देखि ३५० रुपैयाँ, नेपाली केरा २५० देखि ३०० रुपैयाँ र मालभोग केरा १८० देखि २०० रुपैयाँ प्रति दर्जन तोकिएको छ। कागती २५० देखि ३०० रुपैयाँ, अनार २५० देखि ३०० रुपैयाँ, मालदह आँप २५० देखि २८० रुपैयाँ र चोसा आँप २३० देखि २५० रुपैयाँमा पाइन्छ। हरियो तरबुजा ५० देखि ६० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ र भुई कटहर प्रति गोटा १८० देखि २०० रुपैयाँ तोकिएको छ। रुख कटहर र लप्सीको मूल्य ५० देखि ६० रुपैयाँ छ।

यसैगरी, लोकल नासपाती ८० देखि ९० रुपैयाँ र चाइनिज नासपाती २०० देखि २५० रुपैयाँमा पाइन्छ। नेपाली मेवा ७० देखि ८० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, किवि ३५० देखि ४०० रुपैयाँ र आभोकाडो २०० देखि २५० रुपैयाँमा उपलब्ध छ। अमला १५० देखि २०० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँ प्रतिकिलो तोकिएको छ।

अदुवा २०० देखि ३०० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, हरियो लाम्चो र बुलेट खुर्सानी ५० देखि ६० रुपैयाँमा पाइन्छ। यस्तै, माछे खुर्सानी ४० देखि ५० रुपैयाँ, अकबरे खुर्सानी २०० देखि ३०० रुपैयाँ, भेडे खुर्सानी ४० देखि ५० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ र हरियो धनिया ३०० देखि ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाइनिज सुकेको लसुन २०० देखि २२० रुपैयाँ, नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ र सुकेको तथा हरियो छ्यापी १८० देखि २०० रुपैयाँ तोकिएको छ।

अन्त्यमा, माछातर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा माछा (रहु) ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँ प्रतिकिलोमा कारोबार भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?