आगामी तीन दिन देशभर वर्षा र हिमपातको सम्भावना: कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सतर्कता

काठमाडौँ, ९ भदौ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आगामी तीन दिन देशका अधिकांश भू-भागमा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। हाल देशभर साधारणतया बदली रही मधेश र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ भने पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी, मधेश, कोशी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत वर्षाको प्रक्षेपण गरिएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना कायमै रहने देखिन्छ।

भोलि १० गते बुधबारको मौसम पनि देशैभर बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। भोलि दिउँसो कोशी र बागमतीका हिमाली तथा पहाडी भू-भागका साथै गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाको बुलेटिनमा उल्लेख छ। रातिको समयमा वर्षाको आयतन थप बढ्न सक्ने र कोशी प्रदेशको हिमाली तथा पहाडी क्षेत्रसँगै बागमती, गण्डकी र लुम्बिनीका पहाडी र तराईका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

पर्सि बिहीबार पनि देशभर साधारणतया बदली रहनेछ। पहाडी भू-भागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना छ। सो दिन कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका साथै लुम्बिनी प्रदेशका पहाडी र तराई क्षेत्रका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना देखिएको छ। आगामी तीन दिन नै देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ्ग र भारी वर्षाको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अपडेटमा ध्यान दिन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?