कालीमाटीमा तरकारीदेखि फलफूलसम्मको मूल्य सार्वजनिक, कुन कृषि उपज कति ?
काठमाडौँ, १५ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार ठूलो नेपाली र भारतीय गोलभेँडाको मूल्य प्रतिकेजी ७० देखि ८० रुपैयाँ छ भने सानो लोकल गोलभेँडा ५० देखि ६० रुपैयाँ, टनेलको सानो गोलभेँडा ६३ देखि ८५ रुपैयाँ र भारतीय सानो गोलभेँडा ५५ देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ।
आलुतर्फ रातो लाम्चो आलु प्रतिकेजी ५५ देखि ६० रुपैयाँ, रातो गोलो र मुडे आलु ५० देखि ५४ रुपैयाँ तथा भारतीय रातो आलु ५० देखि ५३ रुपैयाँ रहेको छ। सुकेको भारतीय प्याजको मूल्य ८८ देखि ९२ रुपैयाँ प्रतिकेजी छ।
गाजरतर्फ लोकल गाजर १२० देखि १४० रुपैयाँ र तराईको गाजर ९० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ। लोकल बन्दा ५० देखि ६० रुपैयाँ, स्थानीय काउली १०० देखि १२० रुपैयाँ, लोकल काक्रो ७० देखि ८० रुपैयाँ, हाइब्रीड काक्रो ३० देखि ४० रुपैयाँ र लोकलक्रस काक्रो ७० देखि ८० रुपैयाँ प्रतिकेजी छ।
मूलातर्फ रातो मूला ४० देखि ५० रुपैयाँ र सेतो हाइब्रीड मूला ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ। लाम्चो भन्टा ४० देखि ५० रुपैयाँ र डल्लो भन्टा ६० देखि ७० रुपैयाँ प्रतिकेजी छ।
समितिका अनुसार तने बोडीको मूल्य प्रतिकेजी १०० देखि १३० रुपैयाँ, मकै बोडी ८० देखि ९० रुपैयाँ, लोकल तथा हाइब्रीड घिउ सिमी ९० देखि १०० रुपैयाँ, टाटे सिमी ७० देखि ८० रुपैयाँ र भटमासकोशा १२० देखि १४० रुपैयाँ रहेको छ।
तितो करेला ९० देखि १०० रुपैयाँ, लौका ८० देखि ९० रुपैयाँ, लोकल तथा तराई परवर ८० देखि ९० रुपैयाँ, चिचिण्डो २० देखि ३० रुपैयाँ र घिरौला ९० देखि १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। झिगूनी ६० देखि ७० रुपैयाँ, पाकेको फर्सी ६० देखि ७० रुपैयाँ, लाम्चो हरियो फर्सी ८० देखि ९० रुपैयाँ र डल्लो हरियो फर्सी ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।
भिण्डीको मूल्य प्रतिकेजी ९० देखि १०० रुपैयाँ, सखरखण्ड ८० देखि १०० रुपैयाँ, पिँडालू ६० देखि ७० रुपैयाँ र स्कूस १५ देखि २५ रुपैयाँ रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।
सागपाततर्फ रायोको साग प्रतिकेजी ८० देखि १२० रुपैयाँ, पालुङ्गो साग १०० देखि १५० रुपैयाँ, चमसुरको साग १५० देखि २०० रुपैयाँ, तोरीको साग ५० देखि ८० रुपैयाँ र जिरीको साग १०० देखि १५० रुपैयाँ रहेको छ। प्याजको हरियो पात २०० देखि २५० रुपैयाँ प्रतिकेजी छ।
कन्य च्याउ प्रतिकेजी २०० देखि २५० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ तथा सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँ रहेको छ। कुरीलोको मूल्य ७०० देखि ८०० रुपैयाँ प्रतिकेजी छ।
त्यसैगरी न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली २५० देखि ३०० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ र रातो बन्दा ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।
सेलरीको मूल्य प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ, पार्सले २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ, सौँफको साग १०० देखि १५० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ र गान्टे मूला १०० देखि १५० रुपैयाँ रहेको छ।
इमली प्रतिकेजी १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ, गुन्द्रुक ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर १५० देखि २०० रुपैयाँ रहेको समितिले जनाएको छ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ र मुस्ताङको स्याउ १५० देखि २०० रुपैयाँ रहेको छ। नेपाली केरा दर्जनको १५० देखि २०० रुपैयाँ र मालभोग केरा १०० देखि १५० रुपैयाँमा कारोबार भइरहेको छ।
कागती प्रतिकेजी २०० देखि ३०० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ, हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, मौसम १५० देखि २०० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ र भुइँकटहर प्रतिगोटा १५० देखि २०० रुपैयाँ रहेको छ।
निबुवा प्रतिकेजी ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ, चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ, नेपाली मेवा ६० देखि ७० रुपैयाँ र भारतीय मेवा १०० देखि १२० रुपैयाँ रहेको छ।
अम्बा प्रतिकेजी १५० देखि २०० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, शरीफा १५० देखि २०० रुपैयाँ, एभोकाडो २०० देखि ३०० रुपैयाँ र अमला ८० देखि १०० रुपैयाँ रहेको छ।
काँचो नरिवल प्रतिकेजी ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि २०० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ५०० देखि ६०० रुपैयाँ रहेको छ।
अदुवा प्रतिकेजी २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी १०० देखि १२० रुपैयाँ, बुलेट खुर्सानी १०० देखि १२० रुपैयाँ, माछे खुर्सानी ७० देखि ९० रुपैयाँ र अकबरे खुर्सानी ८० देखि १३० रुपैयाँ रहेको छ। भेडे खुर्सानी ७० देखि ९० रुपैयाँ प्रतिकेजी छ।
हरियो लसुनको मूल्य प्रतिकेजी २५० देखि ३०० रुपैयाँ, हरियो धनियाँ १०० देखि २०० रुपैयाँ, सुकेको चिनियाँ लसुन २२० देखि २६० रुपैयाँ, सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँ, सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ र हरियो छ्यापी १५० देखि २०० रुपैयाँ रहेको छ।
सुकेको माछाको मूल्य प्रतिकेजी ८०० देखि १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३४० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँ रहेको छ।
