कालीमाटीमा तरकारी तथा फलफूलको नयाँ मूल्य सार्वजनिक, कुन कृषि उपजको मूल्य कति ?

काठमाडौँ, १८ असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेडा ठूलो नेपाली प्रतिकेजी न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म रहेको छ भने भारतीय ठूलो गोलभेडा ७० देखि ८० रुपैयाँसम्म कारोबार भइरहेको छ। यसैगरी सानो लोकल गोलभेडा ५० देखि ६० रुपैयाँ, सानो टनेल गोलभेडा ६५ देखि ८५ रुपैयाँ र सानो भारतीय गोलभेडा ६० देखि ७० रुपैयाँ प्रतिकेजी रहेको छ।

रातो आलु लाम्चो ५५ देखि ६० रुपैयाँ, रातो आलु गोलो ५० देखि ५५ रुपैयाँ, रातो आलु मुडे ५० देखि ५५ रुपैयाँ र भारतीय रातो आलु ५० देखि ५३ रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ। सुकेको भारतीय प्याज भने ८५ देखि ९० रुपैयाँ प्रतिकेजी रहेको छ।

लोकल गाजर ११० देखि १३० रुपैयाँ र तराईको गाजर ८० देखि ९० रुपैयाँ प्रतिकेजी रहेको छ। लोकल बन्दा ४५ देखि ५५ रुपैयाँ तथा स्थानीय काउली १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ।

लोकल काक्रो ६० देखि ८० रुपैयाँ, हाइब्रिड काक्रो १५ देखि २५ रुपैयाँ र लोकलक्रस काक्रो ६० देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ। रातो मूला ३० देखि ४० रुपैयाँ र सेतो हाइब्रिड मूला ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ।

यस्तै, लाम्चो भन्टा ५० देखि ६० रुपैयाँ र डल्लो भन्टा ६० देखि ७० रुपैयाँ प्रतिकेजी रहेको छ। तने बोडी १३० देखि १५० रुपैयाँ तथा मकै बोडी १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

लोकल घिउ सिमी र हाइब्रिड घिउ सिमी दुवैको मूल्य ९० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको छ। टाटे सिमी ७० देखि ८० रुपैयाँ, भटमासकोशा १२० देखि १४० रुपैयाँ र तितो करेला ११० देखि १३० रुपैयाँ प्रतिकेजी रहेको छ।

लौका ९० देखि १०० रुपैयाँ, लोकल परवर ९० देखि १०० रुपैयाँ, तराई परवर ९० देखि १०० रुपैयाँ, चिचिण्डो ३० देखि ४० रुपैयाँ, घिरौला ९० देखि १०० रुपैयाँ र झिगूनी ७० देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ।

पाकेको फर्सी ६० देखि ७० रुपैयाँ, हरियो लाम्चो फर्सी ८० देखि ९० रुपैयाँ र हरियो डल्लो फर्सी ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ। भिण्डी ९० देखि १०० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, बरेला १०० देखि १३० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ तथा स्कूस २० देखि ३० रुपैयाँ प्रतिकेजी रहेको छ।

सागसब्जीतर्फ रायो साग, पालुंगो साग र चमसूरको सागको मूल्य प्रतिकेजी १५० देखि २०० रुपैयाँ रहेको छ। यसैगरी तोरीको साग ५० देखि ८० रुपैयाँ, हरियो प्याज २५० देखि ३०० रुपैयाँ प्रतिकेजी रहेको छ।

च्याउतर्फ कन्य च्याउ २३० देखि २६० रुपैयाँ, डल्ले च्याउ ४५० देखि ५०० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँ प्रतिकेजी रहेको छ। यसैगरी कुरीलो ७०० देखि ८०० रुपैयाँ र न्यूरो ९० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ।

चुकुन्दर ६० देखि ७० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ, रातो बन्दा ५० देखि ६० रुपैयाँ र जिरीको साग १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ। सेलरी ४०० देखि ५०० रुपैयाँ र पार्सले २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ प्रतिकेजी रहेको छ।

सौफको साग १०० देखि १५० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ र गान्टे मूला १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ। इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँ प्रतिकेजी रहेको छ।रुख टमाटर १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ।

फलफूलतर्फ फूजी स्याउ प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ रहेको छ भने जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ र मुस्ताङको स्याउ १५० देखि २०० रुपैयाँ रहेको छ।

यस्तै, नेपाली केरा प्रतिदर्जन १५० देखि २०० रुपैयाँ र मालभोग केरा १०० देखि १५० रुपैयाँ रहेको छ। कागती २०० देखि ३०० रुपैयाँ, अनार ३०० देखि ३५० रुपैयाँ र भारतीय सुन्तला १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ।

त्यसैगरी हरियो तरबुजा ६० देखि ७० रुपैयाँ, मौसम १५० देखि २०० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ र भुईँकटहर प्रतिगोटा १५० देखि २०० रुपैयाँ रहेको छ।

निबुवा प्रतिकेजी ५० देखि ६० रुपैयाँ, लोकल नासपाती ९० देखि १०० रुपैयाँ र चाइनिज नासपाती २०० देखि २५० रुपैयाँ रहेको छ। नेपाली मेवा ५० देखि ६० रुपैयाँ तथा भारतीय मेवा ९० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको छ।

अम्बा १५० देखि २०० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवी ३५० देखि ४०० रुपैयाँ, शरीफा १५० देखि २०० रुपैयाँ र आभोकाडो २५० देखि ३५० रुपैयाँ प्रतिकेजी रहेको छ।

अमला ८० देखि १०० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि २०० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ५०० देखि ६०० रुपैयाँ प्रतिकेजी रहेको छ।

अदुवा प्रतिकेजी २०० देखि २३० रुपैयाँ रहेको छ। सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी १०० देखि १२० रुपैयाँ, बुलेट हरियो खुर्सानी १०० देखि १२० रुपैयाँ र माछे हरियो खुर्सानी ९० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको छ। अकबरे हरियो खुर्सानी ८० देखि १३० रुपैयाँ र भेडे खुर्सानी ८० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको छ।

हरियो लसुन ३०० देखि ३५० रुपैयाँ र हरियो धनिया १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ। सुकेको चिनियाँ लसुन २२० देखि २६० रुपैयाँ तथा सुकेको नेपाली लसुन २०० देखि २३० रुपैयाँ प्रतिकेजी रहेको छ। सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ र हरियो छ्यापी १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको समितिको मूल्यसूचीमा उल्लेख छ।

माछातर्फ सुकेको माछा प्रतिकेजी ८०० देखि १ हजार रुपैयाँ रहेको छ। यसैगरी ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, ताजा बचुवा माछा ३०० देखि ३४० रुपैयाँ र ताजा छडी माछा ३२० देखि ३५० रुपैयाँ प्रतिकेजी रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?