कालीमाटीमा तरकारीदेखि फलफूलसम्मको मूल्य सार्वजनिक, कुन कृषि उपजको मूल्य कति ?
काठमाडौँ, २० असोज । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि विभिन्न कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ।
समितिका अनुसार गोलभेँडा ठूलो नेपालीको मूल्य प्रतिकेजी ६० देखि ७० रुपैयाँ, भारतीय गोलभेँडा ठूलोको ७० देखि ८० रुपैयाँ तथा सानो लोकल गोलभेँडाको ४० देखि ५० रुपैयाँ रहेको छ। त्यसैगरी सानो टनेल गोलभेँडाको ४५ देखि ६० रुपैयाँ र भारतीय सानो गोलभेँडाको ४३ देखि ५५ रुपैयाँ प्रतिकेजी रहेको छ।
आलुतर्फ रातो लाम्चो आलुको मूल्य प्रतिकेजी ५५ देखि ६० रुपैयाँ, रातो गोलो आलुको ५० देखि ५५ रुपैयाँ र रातो मुडे आलुको ५० देखि ५५ रुपैयाँ रहेको छ। सुकेको भारतीय प्याजको मूल्य भने प्रतिकेजी ८२ देखि ८६ रुपैयाँ रहेको समितिले जनाएको छ।
त्यसैगरी गाजर लोकलको मूल्य ११० देखि १३० रुपैयाँ र तराई गाजरको ८० देखि ९० रुपैयाँ प्रतिकेजी रहेको छ। लोकल बन्दाको मूल्य ४० देखि ५५ रुपैयाँ तथा स्थानीय काउलीको १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ। लोकल काक्रोको मूल्य ६० देखि ७० रुपैयाँ, हाइब्रिड काक्रोको १५ देखि २५ रुपैयाँ र लोकलक्रस काक्रोको ६० देखि ७० रुपैयाँ प्रतिकेजी छ।
मूलातर्फ रातो मूलाको मूल्य ३० देखि ४० रुपैयाँ र सेतो हाइब्रिड मूलाको ५० देखि ६० रुपैयाँ प्रतिकेजी रहेको छ। लाम्चो भन्टाको मूल्य ५० देखि ६० रुपैयाँ तथा डल्लो भन्टाको ७० देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ।
बोडीको मूल्य प्रतिकेजी १२० देखि १४० रुपैयाँ, मकै बोडीको १०० देखि १२० रुपैयाँ र लोकल तथा हाइब्रिड घिउ सिमीको ९० देखि १०० रुपैयाँ रहेको छ। टाटे सिमीको मूल्य १०० देखि १२० रुपैयाँ तथा भटमासकोशाको १२० देखि १४० रुपैयाँ प्रतिकेजी रहेको छ।
त्यसैगरी तितो करेलाको मूल्य १२० देखि १३० रुपैयाँ, लौकाको ९० देखि १०० रुपैयाँ, लोकल र तराई परवरको ७० देखि ८० रुपैयाँ तथा चिचिण्डोको ३० देखि ४० रुपैयाँ प्रतिकेजी रहेको छ। घिरौलाको मूल्य ९० देखि १०० रुपैयाँ र झिगूनीको ७० देखि ८० रुपैयाँ प्रतिकेजी रहेको छ।
फर्सी पाकेकोको मूल्य प्रतिकेजी ६० देखि ७० रुपैयाँ, लाम्चो हरियो फर्सीको ८० देखि ९० रुपैयाँ र हरियो डल्लो फर्सीको ५० देखि ६० रुपैयाँ रहेको छ। भिण्डीको मूल्य ८० देखि ९० रुपैयाँ, सखरखण्डको १०० देखि १२० रुपैयाँ, बरेलाको १२० देखि १४० रुपैयाँ र पिंडालूको ६० देखि ७० रुपैयाँ प्रतिकेजी रहेको छ। स्कूसको मूल्य भने २० देखि ३० रुपैयाँ प्रतिकेजी छ।
सागपाततर्फ रायो साग, पालुङ्गो साग र चमसूरको सागको मूल्य प्रतिकेजी १५० देखि २०० रुपैयाँ रहेको छ। तोरीको सागको मूल्य ५० देखि १०० रुपैयाँ रहेको समितिले जनाएको छ। हरियो प्याजको मूल्य प्रतिकेजी २५० देखि ३०० रुपैयाँ पुगेको छ।
च्याउतर्फ कन्य च्याउको मूल्य प्रतिकेजी २४० देखि २८० रुपैयाँ, डल्ले च्याउको ४५० देखि ५०० रुपैयाँ, राजा च्याउको ३०० देखि ३३० रुपैयाँ तथा सिताके च्याउको ८०० देखि १ हजार रुपैयाँ रहेको छ। त्यसैगरी कुरिलोको मूल्य ७०० देखि ८०० रुपैयाँ र न्यूरोको ९० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको छ।
ब्रोकाउलीको मूल्य प्रतिकेजी २०० देखि २५० रुपैयाँ, चुकुन्दरको ७० देखि ८० रुपैयाँ र सजिवनको २०० देखि २५० रुपैयाँ रहेको छ। रातो बन्दाको मूल्य ५० देखि ६० रुपैयाँ र जिरीको सागको १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ।
यस्तै, सेलरीको मूल्य प्रतिकेजी ४०० देखि ५०० रुपैयाँ, पार्सलेको २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ र सौँफको सागको १५० देखि २०० रुपैयाँ रहेको छ। पुदिनाको मूल्य ६०० देखि ७०० रुपैयाँ र गान्टे मूलाको १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ।
इमलीको मूल्य प्रतिकेजी १६० देखि १८० रुपैयाँ, तामाको १४० देखि १६० रुपैयाँ, तोफुको १४० देखि १६० रुपैयाँ र गुन्द्रुकको ३०० देखि ३५० रुपैयाँ रहेको छ। रुख टमाटरको मूल्य १०० देखि १५० रुपैयाँ प्रतिकेजी रहेको छ।
फलफूलतर्फ फुजी स्याउको मूल्य प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउको २५० देखि ३५० रुपैयाँ र मुस्ताङको स्याउको २०० देखि २५० रुपैयाँ रहेको छ। नेपाली केराको मूल्य प्रतिदर्जन १५० देखि २०० रुपैयाँ तथा मालभोग केराको १०० देखि १५० रुपैयाँ रहेको छ।
कागतीको मूल्य प्रतिकेजी २०० देखि ३०० रुपैयाँ, अनारको ३०० देखि ३५० रुपैयाँ र भारतीय सुन्तलाको १५० देखि २०० रुपैयाँ रहेको छ। हरियो तरबुजाको मूल्य ६० देखि ७० रुपैयाँ, मौसमको १५० देखि २०० रुपैयाँ तथा जुनारको १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ। भुईँकटहरको मूल्य भने प्रतिगोटा १५० देखि २०० रुपैयाँ रहेको छ।
निबुवाको मूल्य प्रतिकेजी ५० देखि ६० रुपैयाँ, लोकल नासपातीको ९० देखि १०० रुपैयाँ तथा चाइनिज नासपातीको २०० देखि २५० रुपैयाँ रहेको छ। नेपाली मेवाको मूल्य ५० देखि ६० रुपैयाँ र भारतीय मेवाको ९० देखि १०० रुपैयाँ प्रतिकेजी रहेको छ।
अम्बाको मूल्य प्रतिकेजी १५० देखि २०० रुपैयाँ, लप्सीको ५० देखि ६० रुपैयाँ, किवीको ३५० देखि ४०० रुपैयाँ तथा शरीफाको १५० देखि २०० रुपैयाँ रहेको छ। आभोकाडोको मूल्य २५० देखि ३०० रुपैयाँ, अमलाको ८० देखि १०० रुपैयाँ, काँचो नरिवलको ६० देखि ८० रुपैयाँ र हरियो नरिवलको १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ। नेपाली ड्रागन फ्रुटको मूल्य भने ५०० देखि ६०० रुपैयाँ प्रतिकेजी रहेको छ।
त्यसैगरी, अदुवाको मूल्य प्रतिकेजी २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानीको ५०० देखि ५५० रुपैयाँ र लाम्चो, बुलेट तथा माछे हरियो खुर्सानीको समान रूपमा १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ। अकबरे खुर्सानीको मूल्य ८० देखि १२० रुपैयाँ र भेडे खुर्सानीको १०० देखि १२० रुपैयाँ प्रतिकेजी रहेको छ।
हरियो लसुनको मूल्य प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ तथा हरियो धनियाको ३०० देखि ४०० रुपैयाँ रहेको छ। सुकेको चाइनिज लसुनको मूल्य २२० देखि २६० रुपैयाँ र नेपाली सुकेको लसुनको २०० देखि २३० रुपैयाँ प्रतिकेजी रहेको छ। सुकेको छ्यापीको मूल्य १८० देखि २०० रुपैयाँ तथा हरियो छ्यापीको १५० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको छ।
सुकेको माछाको मूल्य प्रतिकेजी ८०० देखि १ हजार रुपैयाँ रहेको छ। ताजा माछातर्फ रहुको मूल्य ३४० देखि ३७० रुपैयाँ, बचुवाको ३०० देखि ३४० रुपैयाँ तथा छडी माछाको ३२० देखि ३५० रुपैयाँ प्रतिकेजी रहेको छ।
