कालीमाटीमा आज कुन कृषि उपजको मूल्य कति ? हेर्नुहोस् सबै वस्तुकोमूल्यसूची
समितिका अनुसार, आज ठूलो गोलभेँडा (नेपाली र भारतीय) प्रतिकेजी न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म कारोबार भइरहेको छ । सानो गोलभेँडा (लोकल) प्रतिकेजी १० देखि २० रुपैयाँ, टनेलको ३० देखि ५० रुपैयाँ र तराईको ३० देखि ५० रुपैयाँसम्म रहेको छ ।
त्यसैगरी, रातो आलु (लाम्चो र गोलो) प्रतिकेजी ४५ देखि ५० रुपैयाँ, भारतीय रातो आलु ३० देखि ३५ रुपैयाँ र सेतो आलु २८ देखि ३२ रुपैयाँसम्म निर्धारण गरिएको छ । सुकेको भारतीय प्याज प्रतिकेजी ९० देखि ९५ रुपैयाँ, लोकल गाजर ८० देखि ९० रुपैयाँ र तराईको गाजर ५० देखि ६० रुपैयाँसम्म रहेको छ ।
यसैगरी, लोकल काक्रो प्रतिकेजी ६० देखि ८० रुपैयाँ, हाइब्रिड काक्रो ३० देखि ४० रुपैयाँ र लोकल क्रस काक्रो ६० देखि ७० रुपैयाँसम्म रहेको छ । लोकल बन्दा २० देखि ३० रुपैयाँ, स्थानीय काउली २५ देखि ३५ रुपैयाँ र तराईको काउली १५ देखि २० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
रातो मूला र हाइब्रिड सेतो मूला प्रतिकेजी २० देखि ३० रुपैयाँ, लाम्चो भन्टा २० देखि ३० रुपैयाँ र डल्लो भन्टा ३० देखि ५० रुपैयाँसम्म रहेको छ । तने बोडी ९० देखि १०० रुपैयाँ, मकै बोडी ४० देखि ५० रुपैयाँ र मटरकोशा १०० देखि १२० रुपैयाँसम्म पुगेको छ ।
यसैगरी, लोकल घिउ सिमी प्रतिकेजी ८० देखि ९० रुपैयाँ, हाइब्रिड घिउ सिमी ६० देखि ८० रुपैयाँ, राजमा घिउ सिमी ९० देखि १२० रुपैयाँ र टाटे सिमी ६० देखि ८० रुपैयाँसम्म रहेको छ । तितो करेला ७० देखि ९० रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ, लोकल परवर ७० देखि ८० रुपैयाँ र तराईको परवर ९० देखि १०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
त्यसैगरी, चिचिण्डो प्रतिकेजी ३० देखि ४० रुपैयाँ, घिरौँला र झिगुनी ६० देखि ७० रुपैयाँ, पाकेको फर्सी ६० देखि ७० रुपैयाँ तथा लाम्चो र डल्लो हरियो फर्सी २० देखि ३० रुपैयाँसम्म रहेको छ । भिण्डी १२० देखि १३० रुपैयाँ, सखरखण्ड ४० देखि ६० रुपैयाँ, बरेला ३० देखि ४० रुपैयाँ, पिँडालु ५० देखि ७० रुपैयाँ र स्कुस १५ देखि २० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
रायोको साग प्रतिकेजी ५० देखि ८० रुपैयाँ, पालुङ्गो र चमसुरको साग १०० देखि १२० रुपैयाँ तथा चमसुरको सागको अधिकतम मूल्य १५० रुपैयाँ रहेको छ । तोरीको साग ५० देखि ७० रुपैयाँ, मेथीको साग १०० देखि १५० रुपैयाँ र हरियो प्याज १५० देखि २०० रुपैयाँसम्म रहेको छ । बकुला र तरुल प्रतिकेजी ९० देखि १०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
त्यसैगरी, कन्य च्याउ प्रतिकेजी २२० देखि २६० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि एक हजार रुपैयाँसम्म रहेको छ । कुरिलो ७०० देखि ८०० रुपैयाँ, ब्रोकाउली ९० देखि १२० रुपैयाँ र चुकन्दर ८० देखि ९० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
सजिवन प्रतिकेजी २०० देखि २५० रुपैयाँ, रातो बन्दा १५० देखि १८० रुपैयाँ, जिरीको साग १०० देखि १५० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले दुई हजार ४०० देखि दुई हजार ८०० रुपैयाँ र सौँफको साग १०० देखि १५० रुपैयाँसम्म रहेको छ । पुदीना ६०० देखि ७०० रुपैयाँ, गाँठे मूला १०० देखि १५० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ र तामा तथा तोफु १४० देखि १६० रुपैयाँसम्म कारोबार भइरहेको छ । गुन्द्रुक प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर १०० देखि १५० रुपैयाँसम्म रहेको छ ।
फलफूलतर्फ, फुजी स्याउ प्रतिकेजी ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ र मुस्ताङको स्याउ २०० देखि २५० रुपैयाँसम्म रहेको छ । नेपाली र मालभोग केरा प्रतिदर्जन १०० देखि १५० रुपैयाँ, कागती प्रतिकेजी २०० देखि ३०० रुपैयाँ र अनार ३५० देखि ४०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
त्यसैगरी, नेपाली र भारतीय सुन्तला प्रतिकेजी ९० देखि १०० रुपैयाँ, हरियो तरबुजा ७० देखि ८० रुपैयाँ, मौसम र जुनार १५० देखि २०० रुपैयाँसम्म रहेको छ । भुइँकटहर प्रतिगोटा १५० देखि २०० रुपैयाँ, निबुवा प्रतिकेजी ५० देखि ६० रुपैयाँ र चाइनिज नासपाती २५० देखि ३०० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
नेपाली मेवा प्रतिकेजी ५० देखि ६० रुपैयाँ र भारतीय मेवा ९० देखि १०० रुपैयाँसम्म रहेको छ । अम्बा २०० देखि २५० रुपैयाँ, लप्सी ७० देखि ८० रुपैयाँ, स्ट्रबेरी ४०० देखि ५०० रुपैयाँ र किवी २०० देखि ३०० रुपैयाँसम्म कारोबार भइरहेको छ । शरीफा २०० देखि २५० रुपैयाँ, एभोकाडो २०० देखि ३०० रुपैयाँ, अमला ७० देखि ८० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि २०० रुपैयाँसम्म रहेको छ । नेपाली ड्रागन फ्रुट प्रतिकेजी ४०० देखि ५०० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
त्यसैगरी, अदुवा प्रतिकेजी ८० देखि ९० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँसम्म रहेको छ । हरियो लाम्चो खुर्सानी ६० देखि ७० रुपैयाँ, बुलेट खुर्सानी ८० देखि ९० रुपैयाँ, माछे खुर्सानी ९० देखि १०० रुपैयाँ र अकबरे खुर्सानी १५० देखि २०० रुपैयाँसम्म कारोबार भइरहेको छ ।
भेडे खुर्सानी प्रतिकेजी ८० देखि १०० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ र हरियो धनियाँ ५० देखि १०० रुपैयाँसम्म रहेको छ । सुकेको चाइनिज तथा नेपाली लसुनको मूल्य समान रूपमा २३० देखि २६० रुपैयाँ रहेको छ । सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ र हरियो छ्यापी १५० देखि २०० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
माछातर्फ, सुकेको माछा प्रतिकेजी ८०० देखि एक हजार रुपैयाँसम्म रहेको छ । ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३३० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँसम्म कारोबार भइरहेको समितिले जनाएको छ ।
