कुखुराको कलेजोमा बोसो जम्मा हुने रोग : मुख्य कारण,लक्षण,रोकथाम बारे बुझौ

फ्याट्टी लिभर सीन्ड्रोम

यो कुखुरामा लाग्ने एकप्रकारको मेटाबोलिक रोग हो। जसले गर्दा कुखुराको कलेजो तथा पेटमा अत्याधिक बोसो जम्मा हुन जान्छ।

विशेषत, यो रोग लेयर्स पोथी कुखुरामा देखिने र एक अर्कामा नसर्ने हुन्छ। यो रोगको कारण कलेजोको कोष हरु मर्ने र कलेजो कमजोर हुने र अन्त्यमा कलेजोमा रक्तस्राव भइ पेट भित्रै रगत बगेर जम्न जान्छ, जसको कारण कुखुराको मृत्यु हुन्छ । विशेष गरि केज सिस्टममा पालिने कुखुरामा यस रोगको प्रकोप बढी देखिन्छ।

यस रोग लाग्नुका मुख्य कारणहरु

1. यस्को मुख्य कारण भनेको कुखुरा लाइ चाहिने भन्दा बढि इनर्जि दानामा हुनु।

2. माइकोटक्सिन , विशेषगरि अफ्लाटक्सिनको कारणले पनि यो रोग लाग्न सक्छ- माइकोटक्सिनले बोसो कलेजोमा जम्मा गराउन मद्दत गर्नुका साथै Hepatic cell टुक्राउन तथा रक्तस्राव गराउने काम गर्छ।

3. क्याल्सियमको कमि भएको खण्डमा पनि देखिन सक्छ।

4. दानामा बोसोको मात्रा (३.५% भन्दा बढि ) भएको खण्डमा।

5. हर्मोनको असन्तुलन खास गरि इस्ट्रोजनको मात्रा बढेमा फ्याटको मात्रा पनि बढ्ने गर्छ जस्ले गर्दा यो समस्या आउन सक्छ।

6. अत्यधिक गर्मि को तनाब – गर्मि को समयमा इनरजी खपत कम हुन्छ जस्ले गर्दा बोसोको मात्रा बढि हुन जान्छ।

7. दानामा प्रोटिनको मात्रा कम हुनु साथै बोसो को मात्रा बढि हुनु।

यो रोग लागेको कुखुरामा देखिने लक्षणहरु

1. कुखुरा एक्कासि मर्ने र मरेको कुखुरा पोस्ट्मोर्टम गरेर हेर्दा रगत जमेको देखिने (कलेजोमा रक्त्श्राब हुन्छ)

2. पेट ठुलो तथा फुलेको जस्तो देखिने

3. अण्डा उत्पादन घटाउने

4. सिउर फिक्का तथा चाया परेको जस्तो हुन

5. कुखुरा अल्छि हुदै जाने

6. कुखुरा को तौल बढि हुने (20-30%)

7. स्वाश फेर्न गार्हो हुने

8. हरियो दिशा गर्ने

9. अन्डा को बाहिरि पत्र कम्जोर हुने

यसको उपचार तथा रोकथाम

1. दानामा इनर्जी लेभल घटाउने जसको लागि इनर्जी कम भएको कच्चापदार्थ प्रयोग गर्ने।

2. दानामा टक्सिसिटिको समस्या छ भने दाना परिबर्तन गर्ने।

3. दानामा बोसोको मात्रा कम गर्ने।

4. क्याल्सियम तथा vitamin D दाना तथा पानीमा दिने।

5. दानामा choline chloride को मात्रा बढाउने।

6. Tryptophan ले बोसो रोक्न मद्दत गर्छ त्यसैले यसको प्रयोगबाट बोसो कम गर्न सकिन्छ।

7. १ चिया चम्चा बेसार १ लिटर पानीको दरले दिनको एक पटक दिदा यो समस्या केहि हद सम्म कम हुन्छ।

8. Apple cider venegar 1ml/5lit को दरले प्रयोग गर्न सकिन्छ।

9. लिभर टोनिक 20-25ml/100 कुखुराको दरले दिनको एक पटक 7 दिन सम्म चलाउदा पनि धेरै राम्रो नतिजा देखिएको पाइन्छ।

10. अत्याबस्यक एमिनो एसिड जस्तै methinione, lysineदिने

11. Vitamine E & Selenium दाना तथा पानीमा दिने

12. भिटामिन B12 कलेजोको बोसो पचाउन लागि अत्यबस्यक भिटामिन भको हुदा यस्को प्रयोग गर्ने

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?