तरकारी कुहिएर पीडित बनेका कृषकलाई सहजीकरण

सुनसरीस्थित इटहरीमा लकडाउनका बेला बारीमा उत्पादित तरकारी बजार लान नसकेर कुहिन थालेपछि पीडित बनेका कृषकको समस्यालाई इटहरी उपमहानगरले सहजीकरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्ला भरी ३१ गते सम्मकालागि पूर्णनिषेधाज्ञाको घोषणा गरे पछि इटहरीका तरकारी खेतीगर्ने कृषकहरू हप्तादिनदेखि बारीमा उत्पादित टमाटर, खुसार्नी, बैगुन, साग र सिमीलगायतका तरकारी बारीमा कुहिएका छन् । तर, भारतबाट तरकारी आयात हुन रोकिएको छैन । आफ्नै देशमा उत्पादित तरकारी कुहिएर जाँदा स्थानीय सरकारले कुनै विकल्प नगरेको गुनासो गर्दै आएका थिए ।

कृषकको गुनासोपछि इटहरी उपप्रमुखलक्ष्मी गौतमले कृषकको बारीमै पुगेर अनुगमन गरिन् । कृषकले कुहिएको तरकारी देखाउँदै राजु यादवले भने ५० हजार घाटा भएको बताए । शिव घिमिरेले ८० हजार घाटा भएको गुनासो गरेका थिए ।

अनुगमनका क्रममा आफूले किसानहरू निक्कै पीडित भएको पाएकाले सहजीकरण गर्ने विश्वास दिएर आएकी उपप्रमुख गौतमले पीडित कृषक र थोक विक्रेताहरूसँग छलफल गरेर सहजीकरण गरी छलफलपछि सब्जि होलसेल व्यापारीहरूले बारीमै गएर सब्जी उठाउने सहमति गरिएको उपप्रमुख गौतमले कारोबारलाई जानकारी दिइन् ।

क्विन्टलभन्दा माथि भए कृषकको बारीमै गएर उठाउने र त्योभन्दा थोरै भए कृषकले पसलमा ल्याइदिने गरी समन्वय गरिएको उपप्रमुख गौतमले बताइन् ।

लकडाउनका कारण उत्पादित सब्जी बजारसम्म पु¥याउन नसक्दा पीडित कृषकहरू लकडाउनको बेला पाकेको तरकारी बालीले बजार पाउने भएपछि कृषकहरू खुसी भएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?