कुहिने फोहोरबाट प्राङ्गारिक मल उत्पादन

कृषिमा सात करोड १७ लाख

तनहुँ: जिल्लाको व्यास नगरपालिकाले कुहिने फोहोरबाट प्राङ्गारिक मलउत्पादन गरेको छ ।

नगरपालिका–१० स्थित शिशुवा भतेरीमा दुई वटा खाडल खनेर कुहिने फोहोरलाई व्यवस्थापन गरेसँगै प्राङ्गारिक मल उत्पादन गरिएको हो ।

गत फागुन महिनादेखि उक्त स्थानमा कुहिने र रत्यौली नजिक नकुहिने फोहोर विर्सजन गरिदै आएको छ ।

बुधबार डोजरको सहायताले मल बाहिर निकाल्न थालिएको गौ संरक्षण तथा प्राङ्गरिक मल उत्पादन केन्द्रका अध्यक्ष एवं वडाध्यक्ष तुलसीराम सापकोटाले बताए। दुई वटा खाडल खनेर कुहिने फोहोर राखेर मल उत्पादन गरिएको उनले बताए ।

मल प्रयोग गरी सुपरनेपियर, इपिल इपिल, मठ, पारा, मकैचरी लगायतको उन्नत घाँस लगाउने योजना रहेको छ। उनले भने “गौ संरक्षण केन्द्रमा हाल ५५ वटा गाई रहेकोले घाँस उत्पादनको लागि ट्रयाक्टरले जोतेर घाँस रोप्न लागिएको छ ।”

वडा नं २, ३, ४ र १ बाट दैनिक बाह्र टन फोहोर सङ्कलन हुने गरेकोमा करिब ४० प्रतिशत कुहिने फोहोर रहेको नरपालिकाका वरिष्ठ अधिकृत कुमारकञ्चन जिसीले जानकारी दिए ।

कुहिने फोहोरबाट भतेरीमा बायोग्याँस प्लान्ट जडान गरी विद्युतसमेत उत्पादन गरिसकिएको उनले बताए। छाडा चौपाया जथाभावी छाड्दा सवारी दुर्घटना वृद्वि हुन थालेपछि नगरपालिकाको सक्रियतामा गौ संरक्षण केन्द्र स्थापाना गरिएको हो ।

केन्द्रमा गाई ब्याएपछि स्थानीय विपन्न परिवारलाई सुपथ मूल्यमा प्रदान गर्ने योजना रहेको वडाध्यक्ष सापकोटाले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?