बाहुगुणकारि हिमाली खाधबाली : उवा (Naked barley)

परिचय

उवा विस्वमा समसितोष्ण हावापानी भएका क्षेत्रमा पाइने प्रमुख बालीहरुमध्य पर्दछ । विस्वमा पहिले खेती गरिएका बालिमा पर्ने यसको उत्पती सम्बन्धि फरकफरक धारणाहरु रहि आयका छ्न । कतिपय यसलाई ई.स ६५०० मा युरेसियाबाट सुरु भएको मान्छ्न भने अधिकांश यसको उत्पती र सुरुवती खेती पुर्वी यसियाका हिमाली भेकहरु (भारत ,नेपाल , तिब्बत ,भुटान )मा गरिएको भन्ने विस्वास गरिन्छ। यसको खेती यी देशहरु सङै चिन जापान कोरिया साथै केही मात्रामा इथोपियामा खेती गरिन्छ। नेपालमा यसलाई मुडुले जौ अथवा जौ भनिन्छ । नेपालका प्रमुख खाधबाली मध्य यो पाँचौ स्थानमा पर्छ । उवाको वैज्ञानिक नाम Hordium vulgare हो । उवा नेपालको तराईदेखि ४०००मि उचाईसम्म खेती गर्न सकिन्छ जसका कारण खाद्य असुरक्षा भएका जिल्लाहरुका लागि यो महत्त्वपूर्णबाली साबित हुन्छ ।

नेपालमा उवाको प्रयोग पहिले पहिले सातु वा खोलेको रूपमा लेक अनि हिमाली क्षेत्रमा गरिन्थ्यो भने हाल आएर धानको भात खाने चलनले गर्दा उवाको प्रयोग घट्दै गैरहेको छ । यसको प्रयोग अहिले बियर बनाउने काममा बढ्दो छ। उवालाइ रोटी बनाएर वा भुटेर खाजाको रुपमा खाने चलन पनि बिस्तारै हराउँदै गैरहेको छ।

जातिय गुणहरु

उवा बालिका जातीय गुणहरु केही मात्रामा गहुँ बालिसङ मिल्दाजुल्दा हुन्छ्न । उवा विरुवाको उचाई ८०-९० सेमि हुन्छ ।करिब ८०-८५ दिन सम्म फुल फुल्ने उवा ११०-११५ दिनमा पाकेर काट्नका लागि तयार बनिसक्छ । उवा सामान्यतया ९०-९५ केजि प्रति रोपनी सम्म फलाउन सकिन्छ ।

पौष्टिक गुणहरु

उवा पौष्टिक दृस्ठिकोणले पनि निकै महत्त्वपूर्ण बाली हो । बढ्दो जनसंख्या वृदि र आइपर्न सक्ने खाध समस्यालाई निराकरणमा उवा महत्त्वपूर्ण बन्न सक्छ । १०० ग्राम उवामा करिब १३ भाग पानी , १२ भाग प्रोटिन ,२ भाग चिल्लो ,६८ भाग भस्म पाइन्छ । उवाको दानाको मुख्य भागमा प्रोटिन पाइन्छ जस्मा ७५% एमाइलो पेकटिन र २५% एमाइलोज हुन्छ । मकैको तुलनामा उवामा चिल्लो पदार्थ कम हुन्छ । यसका साथै उवामा प्रसस्त मात्रामा भिटामिन बि कम्पलेक्स पाइन्छ । उवाको प्रयोगले कोलेस्टोरोल को मात्रा सन्तुलनमा राख्न तथा चिनिरोग लग्नबाट समेत बचाउन सक्छ ।

हावापानि र माटो

उवा बालि लेक उच्च पहाडि तथा हिमालि छेत्रमा पाइने बालि हो । यस्लाइ सुरुमा चिसो र पाक्ने समयमा न्यानो हावापानिको आवश्यकता पर्दछ । यसलाइ वृद्धि विकासको समयमा १५-१८° से सम्म र पाक्ने समयमा २५-३०° से सम्म तापक्रम उपयुक्त हुन्छ । उवा खेतिका लागि धेरै पानिको आवश्यकता पर्दैन त्यसैले सिँचाइको राम्रो व्यवस्था नभएको ठाँउहरुमा पनि सजिलै खेति गर्न सकिन्छ । उवा गहुँ भन्दा केहि दिन चाँडो पाक्ने भएकोले पनि विभिन्न विभिन्न सम्भावित खतराहरुबाट सजिलै बच्छ । उवा खेतिका लागि पानिको राम्र्र्रो निकास भएको दोमट माटो उपयु्क्त हुन्छ । धेरै उर्वर माटोमा सामान्य हावाहुरिमा पनि ढल्ने समस्या देखिन सक्छ । यस्को लागि माटोको पिएच ६–८ उपयुक्त हुन्छ र पिएच ६ भन्दा कम भएमा आल्मुनियमको बिषालुपन बढ्रन गइ बालि उत्पादनमा ठुलो हा्रस हुन आँउछ । यस्ले हल्का क्षारिय माटोमा निकै रामा्रे उत्पादन देखाउँछ । उवा खेतिमा देखिने अम्लीयपनलाई कृषि चुनको प्रयोग गरि सन्तुलनमा ल्याउन सकिन्छ ।

अन्य महत्वपुर्ण अभ्यासहरु

जमिनको तयारि स्रामो्र उत्पादन लिनका लागि राम्ररि खनजोत गरि झारमुक्त जमिन उपयुतm मानिन्छ जस्का लागि स्थानिय हलोले रामा्रेसँग खनजोत गरि डल्ला फुटाउनुपर्दछ । उवा हलुका माटोमा रामा्रे हुुने भएकाले अझ २–३ पटक खनजोत गरि सम्याउनुपर्दछ । असिचित क्षेत्रमा खनजोत गर्दा चिस्यान संरक्षणलाई पनि विचार गर्नुपर्दछ । धमिरा लाग्ने ठाँउमा एलडिन ५५ धुलो माटोमा २२५ केजिरहे। मिलाउँदा फाइदा हुन्छ ।

बिउदर र दुरि स् उवाको हकमा बिउदर आवश्यकता अनुसार ९०(१२५ केजिरहे सम्म लाग्दछ । लगाउने समय अनुसार सिंचित क्षेत्रमा कम बिउदरले पुग्छ भने असिंचित क्षेत्रमा केहि बढि बिउ आवश्यक पर्छ । नेपालमा उवा लाइनमा लगाउने भन्दा बढि सिधै छर्ने चलन छ । लाइनदेखि लाइनकाृे दुरि २० सेमि र गाँज देखि गाँजसम्मको दुरि ४ देखि ५ सेमि साथै बिउ ६ देखि ८ सेमि गहिराइमा रोप्नु उत्तम मानिन्छ । लाइन देखि लाइन अनि गाँज देखि गाँजको दुरि असिंचित क्षेत्रमा बढाउँदा रामो्र हुन्छ ।

बिउ उपचार र लगाउने समय

बिउलाई बिभिन्न रोगहरुबाट बचाउन खेतमा लगााउनुभन्दा पहिला बिउलाई एगो्रसान वा सेराासान २ गा्रमरकेजि सँग उपचार गरिन्छ । उवा कार्तीक देखि मंसिर सम्म लगाउन सकिन्छ । हिमालि क्षेत्रमा कार्तीकको पहिलो साता र भित्रि मध्य पहाडि क्षेत्रमा कार्तीकभरिमा र मंंसिरको १५ भित्र लगाइसक्नुपर्दछ । मंसिर १५ भन्दा जति पछाडि लगाइन्छ उत्पादन घट्दै जाने पाइएको छ ।

मलखाद र सिँचाइ

उवा खेतिमा विशेष गरि गोठे र पा्रङ्गारिक मलको प्रचलन बढि छ । मलखादको मात्रा माटो कति मलिलो छ भन्ने कुरामा निर्भर हुन्छ । सिँचाइ भएमो क्षेत्रमा रामो्रसँग कुहिएको गोबर, कम्पोष्ट मल ५०० देखि ६०० केजि प्रति रोपनि बालि लगाउनु १ महिना पहिले माटोमा रामो्रसँग मिलाई खनजोत गनुपर्छ । असिंचित क्षेत्रमा नास्फो स्पो मल ३स्१।५स्०।५ केजिररोपनि, सिंचित क्षेत्रमा १।५स्१स्०।५ केजिररोपनि र ढिला लगाइएमो बालिमा २स्१।१स्०।५ केजिररोपनि नाइटोजनस्फोस्फोरोस स्पोटास सिफारिस गरिएको छ ।

उवालाई धेरै चिस्यान नचाहिने हुनाले सिँचाइ व्यवस्था भएमा सिँचाइ गर्दा रामो्र हुन्छ । एकपटक मात्र सिँचाइ गर्ने व्यवस्था भए रोपेको ३०(३५ दिन तथा दुइपटक सिँचाईको व्यवस्था भए गाँजिने तथा दाना लाग्ने समयमा दिँदा उचित हुन्छ ।

नेपालको उवा बालिमा समस्या

*उवाबालिमा झारपातको समस्या देखिने गर्छ। झारले बालिको पोषण तत्व लिने , घाम छेक्ने , र बालिसङ स्थानको लागि प्रतिस्पर्धा गर्ने भएकोले समयमै झारपात नियन्त्रणमा ध्यान नदिए उवाको उत्पादनमा ठुलो असर पर्न जान्छ।

*लाही,पतेरो,रातो कमिला ,फेदकटुवा , धमिरा आदिजस्ता किराहरुको प्रकोपका कारण पनि उत्पादकत्वमा निकै असर परेको देखिएको छ ।

*उवाबालिमा सिन्दुरे (Yellow Rust),कालोपोके (Loose smut),सेतो ढुसि (Powdery Mildew),थोप्ले (Spot Blotch) आदिजस्ता रोगहरु देखा पर्दछ्न ।

*उवाबालिमा नयाँ अनि राम्रो उत्पादन दिने जातहरुको कमि एउटा मुख्य समस्या हो। नेपालमा उवाको एउटामात्र सिफारिस गरिएको जात सोलु उवा हो । जस्को उत्पादन क्षमता १.९ टन/हेक्टर छ ।सोलु उवा बाहेक अन्य उन्नत जातहरुको अभावमा यसको खेती बिस्तारै हराउँदै गैरहेको छ ।

सम्स्या समाधानका उपायहरु

* झारपातको नियन्त्रण गर्न कम्तीमा २-३ पटक गोडमेल गर्नुपर्छ ।यसका अलावा रासायनिक झारनासक बिषादिहरुको प्रयोग पनि गर्न सकिन्छ ।

* किराहरुको प्रकोप नियन्त्रण गर्न बारिका डिल काल्ना सफा राख्ने, जैविक विधिमा जरिबुटि निम र तुलसिको झोल, गहुँत,खरानिको धुलो आदि घरेलु उपचार विधिबाट एकिकृत शत्रु जीव नियन्त्रण गर्ने वातावरण मैत्री विधि हुन ।

* हिमाली क्षेत्रको खाद्य समस्या समाधानका लागि ठुलो सम्भावना बोकेको उवाबाली को उत्पादन घट्नुको मुख्य कारक तत्व मुख्य खाद्यबाली (धान ,गहुँ ,मकै)केन्द्रितअनुसन्धान र नयाँ जात अनि प्रविधिको कमि पक्कै हो । अन्य खाद्यबाली सरह अनुसन्धानात्मक कामहरुको थालनी र यसका बहुउपयोगी गुणहरुको प्रसारले उवा बाली संरक्षणमा ठूलो टेवा पुग्न सक्छ । अबको समयमा कृषि प्राविधिक तथा अनुसन्धानकर्ताको ध्यान उवा जस्ता बहुउपयोगी खाधन्न का नयाँ जात , प्रविधि विकास, सुधार र प्रसारमा नलागे यस्ता बहुउपयोगी बरदान लोप हुन समय लाग्ने छैन ।

सन्दर्भ सामाग्रिहरु

. पौडेल डा.मिननाथ, उवाखेति र बिउ उत्पादन प्रबिधि, जानकारि(पत्र, अङ्क २, वर्ष २०७२, लि–बर्ड, राष्टिय जिन बैंक, कृषि बिभाग र बायोभर्सिटी इन्टरनेसनल नेपाल २०७२

. Agro-morphological diversity of Nepalese naked barley landraces Ritesh Kumar Yadav1*, Subash Gautam1, Epsha Palikhey1, Bal Krishna Joshi2, Krishna Hari Ghimire2, Rita Gurung1, Achyut Raj Adhikari1, Niranjan Pudasaini1 and Rajeev Dhakal1

. Gurung, R., Dhakal, R., Pudasaini, N., Paneru, P.B., Pant, S., Adhikari, A.R., Gautam, S., Yadav, R.K., Ghimire, K.H., Joshi, B.K., Gauchan, D., Shrestha, S. and Jarvis, D.I. 2019. Catalogue of Traditional Mountain Crop Landraces in Nepal. LI-BIRD, Pokhara, NARC, Kathmandu and Bioversity International, Nepal.

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?