हेर्नुहोस् आजको फलफूल, माछा र तरकारीको ताजा मूल्यसूची

काठमाडौँ, २२ जेठ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।

समितिले सार्वजनिक गरेको सूचीअनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ५० र अधिकतम ६५ रुपैयाँ कायम गरिएको छ। यसैगरी भारतीय ठूलो गोलभेडाको न्यूनतम ७० र अधिकतम ८० रुपैयाँ, सानो लोकल गोलभेडाको २० देखि ३० रुपैयाँ र टनेलको सानो गोलभेडाको ३० देखि ४५ रुपैयाँ थोक मूल्य रहेको छ।

समितिका अनुसार रातो आलु (लाम्चो) न्यूनतम ३० र अधिकतम ३५ रुपैयाँ, गोलो रातो आलु २८ देखि ३२ रुपैयाँ तथा भारतीय सुकेको प्याज ४० देखि ४३ रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, लोकल गाजरको न्यूनतम ७० र अधिकतम ८० रुपैयाँ, लोकल बन्दाको ५० देखि ६० रुपैयाँ, स्थानीय काउलीको ८० देखि ९० रुपैयाँ मूल्य तोकिएको छ।

त्यसैगरी, लोकल काक्रो न्यूनतम ८० र अधिकतम ९० रुपैयाँ, हाइब्रीड काक्रो १५ देखि २५ रुपैयाँ, र लोकलक्रस काक्रो ७० देखि ८० रुपैयाँमा पाइनेछ। हाइब्रीड सेतो मूलाको मूल्य १५ देखि २२ रुपैयाँ, लाम्चो भन्टाको ४० देखि ५० रुपैयाँ र डल्लो भन्टाको ५० देखि ६० रुपैयाँ रहेको छ।

समितिका अनुसार तने बोडीको न्यूनतम ८० र अधिकतम १०० रुपैयाँ, मकै बोडी ७० देखि ८० रुपैयाँ, मटरकोशा १८० देखि २०० रुपैयाँ र लोकल घिउ सिमी ७० देखि ८० रुपैयाँ कायम गरिएको छ। यसैगरी हाइब्रीड घिउ सिमीको ७० देखि ९० रुपैयाँ, राजमा सिमी १२० देखि १३० रुपैयाँ, टाटे सिमी १२० देखि १३० रुपैयाँ र भटमासकोशा १३० देखि १५० रुपैयाँमा उपलब्ध हुनेछ।

यस्तै, तितो करेला न्यूनतम ५० र अधिकतम ६० रुपैयाँ, लौका ७० देखि ८५ रुपैयाँ, लोकल परवर ६० देखि ७० रुपैयाँ, चिचिण्डो ४५ देखि ५० रुपैयाँ, घिरौला ६० देखि ८० रुपैयाँ र झिगूनी ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ। पाकेको फर्सीको मूल्य ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ६० देखि ७० रुपैयाँ, हरियो डल्लो फर्सी ५० देखि ६० रुपैयाँ र भिण्डीको ४० देखि ५० रुपैयाँ थोक मूल्य रहेको छ।

त्यसैगरी सखरखण्ड न्यूनतम ७० र अधिकतम ८० रुपैयाँ, पिंडालू ३० देखि ४० रुपैयाँ र स्कूस ७० देखि ८० रुपैयाँमा पाइनेछ। सागसब्जी तर्फ रायो साग न्यूनतम ६० र अधिकतम ८० रुपैयाँ, पालूगो साग ८० देखि ९० रुपैयाँ, चमसूरको साग ८० देखि ९० रुपैयाँ, तोरीको साग ६० देखि ७० रुपैयाँ, मेथीको साग ६० देखि ७० रुपैयाँ र हरियो प्याज १०० देखि १२० रुपैयाँमा कारोबार भइरहेको छ।

यसैगरी, कन्य च्याउको न्यूनतम २०० र अधिकतम २५० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँ कायम गरिएको छ। कुरीलो ३०० देखि ३५० रुपैयाँ, न्यूरो ८० देखि ९० रुपैयाँ, ब्रोकाउली १३० देखि १४० रुपैयाँ, चुकुन्दर ५० देखि ६० रुपैयाँ र सजिवन १०० देखि १२० रुपैयाँमा बिक्री भइरहेको छ।

रातो बन्दाको न्यूनतम ४० र अधिकतम ५० रुपैयाँ, जिरीको साग ९० देखि १०० रुपैयाँ, सेलरी १२० देखि १३० रुपैयाँ, पार्सले २०० देखि २२० रुपैयाँ, सौफको साग ८० देखि ९० रुपैयाँ, पुदीना १०० देखि १२० रुपैयाँ र गान्टे मूला ५० देखि ६० रुपैयाँ रहेको छ। त्यसैगरी इमली १८० देखि २०० रुपैयाँ, तामा १३० देखि १४० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा उपलब्ध छ।

फलफूलतर्फ फूजी स्याउको न्यूनतम २८० र अधिकतम ३०० रुपैयाँ, नेपाली केरा १८० देखि २०० रुपैयाँ (दर्जन), मालभोग केरा २०० देखि २२० रुपैयाँ (दर्जन), कागती २०० देखि २२० रुपैयाँ र अनार ४०० देखि ४२० रुपैयाँ थोक मूल्य तोकिएको छ। मालदह आँप १०० देखि १२० रुपैयाँ, दसहरी आँप १२० देखि १३० रुपैयाँ, हरियो तरबुजा ३५ देखि ४५ रुपैयाँ र भुई कटहर प्रति गोटा १८० देखि २०० रुपैयाँमा पाइनेछ।

यसैगरी, रुख कटहर प्रतिकेजी ४० देखि ५० रुपैयाँ, चाइनिज नासपाती १५० देखि १६० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, लोकल लीच्ची २३० देखि २५० रुपैयाँ, भारतीय लीच्ची २८० देखि ३०० रुपैयाँ, काँचो नरिवल ७० देखि ८० रुपैयाँ र हरियो नरिवल १६० देखि १८० रुपैयाँ कायम गरिएको छ।

अदुवाको न्यूनतम १२० र अधिकतम १३० रुपैयाँ, सुकेको खुर्सानी ४०० देखि ४५० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ४० देखि ५० रुपैयाँ, बुलेट हरियो खुर्सानी ४० देखि ५० रुपैयाँ, माछे हरियो खुर्सानी ६० देखि ७० रुपैयाँ र अकबरे हरियो खुर्सानी ३०० देखि ३५० रुपैयाँ रहेको छ। भेडे खुर्सानी ७० देखि ८० रुपैयाँ, हरियो लसुन १८० देखि १९० रुपैयाँ, हरियो धनिया ९० देखि १२० रुपैयाँ, चाइनिज सुकेको लसुन २०० देखि २२० रुपैयाँ र नेपाली सुकेको लसुन १६० देखि १८० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्त्यमा, माछातर्फ सुकेको माछाको न्यूनतम ८०० र अधिकतम १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २८० देखि ३०० रुपैयाँ र छडी माछा २४० देखि २५० रुपैयाँ थोक मूल्य रहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?