व्यावसायिक बाख्रापालनबाट राम्रो आम्दानी गर्दै किसान

उन्नत जातका बाख्रा

देउखुरी: व्यावसायिक बाख्रापालनबाट पछिल्लो समयमा राम्रो आम्दानी गर्दै आएको छ ।

सस्तो र कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएपछि दाङमा व्यावसायिक रुपमा बाख्रापालन फस्टाएको छ। अधिकांश किसान बाख्रापालनबाट राम्रो आम्दानी गरेका छन् ।

घोराही उपमहानगरपालिका–१ निवासी सुमन थापाले चार वर्षदेखि व्यावसायिक रुपमा बाख्रापालन शुरु गरेका हुन्। विदेशमा दुःख, कष्ट सहेर काम गर्दा सोचेजस्तो सफलता हात नपरेका र राम्रो कमाइ गरेका पनि नेपालमा आएर व्यावसायिक रुपमा बाख्रापालनमा आकर्षण भएका छन् ।

थापाले घर खर्चको लागि पालेका दुई बाख्राबाट अहिले २१ वटा भएका छन्। उनले ५० वटा अट्ने एउटा खोर बनाएका छन्। खर्च कटाएर वार्षिक रु चार लाख आम्दानी हुने गरेको उनले बताए ।

चार वर्ष मलेसिया बसेँ त्यहाँ केही फाइदा नदेखेपछि घर पर्केर बाख्रा पाल्न शुरु गरेको हुँ, थापाले भने। “२० हजारको लगानीमा चार पाठीबाट शुरु गरेको व्यवसाय अहिले १० वटा पाठापाठी दिने माउ, १२ वटा पाठापाठी र दुई वटा बोका छन् ।”

दुई महिनाको पाठापाठी रु १० हजारका दरले बिक्री हुने गरेका छन्। खर्च कटाएर रु तीन लाख वार्षिक आम्दानी हुने गरेको उनको भनाइ छ। यसपालि घोराही उपमहानगरको कृषि शाखाले बोयर जातको बोका दिएकाले क्रस पाठापाठी भयो भने आम्दानी अझै राम्रो हुने थापाको विश्वास छ ।

घोराही–१ सिमलतारा निर्मला सेनपुनलाई आफ्नी आमाले दुई पाठी दिएकी थिईन्। तिनै बाख्रा पाल्दै जाँदा अहिले ११ वटा भएका छन्। तीन वर्षदेखि बाख्रापालन गर्दै आएकी सेनलाई घोराही उपमहानगरपालिले कृषि शाखाले चार माउ बाख्रा दिएपछि उनी धेरै खुशी भएकी छन्। श्रीमान् वैदेशिक रोजगारीबाट फर्किएपछि यतै व्यवसायिक रुपमा बाख्रापालनमा लगाउने उनको योजना छ ।

“विदेशी भूमिमा काम गर्नुभन्दा थोरै भए पनि आफ्नै भूमिमा काम गर्नु उत्तम हुन्छ। काम सानो, ठूलो नभनी आफ्नो लगानीमा गाउँघरमा काम गर्दा आनन्द लागेको छ”, पुनले भनिन्। राम्रो व्यवस्थित एउटा खोर बनाउनुभएकी पुनलाई घर छेउमा भएको डालेघाँसले सजिलो भएको छ। खर्च कटाएर वार्षिक रु दुई लाखभन्दा धेरै आम्दानी हुने गरेको छ। दाङमा बाख्राको बजार एकदमै राम्रो भएकाले बिक्रीका लागि समस्या नभएको उनले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?