लामखुट्टे धपाउनबालिएको घुरबाट आगलागी ,एक भैसी जलेर मरे र २ घाइते

वीरगञ्ज :पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बैरियामा बस्ने धुरन साह तेलीको घरमा शुक्रबार बिहान आगलागी भएको छ । विहान करिब ३ बजे लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय सन्जीत कुमार यादवले बताए ।

आगलागीबाट प्रमिला देवी सामान्य घाइते भएको र उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । आगलागीमा परेर एउटा भैसीजलेर मृत्यु भएको र २ वटा भैसी गम्भीर घाइते भएको पनियादवले जनाए ।

आगलागीबाट ३ लाख बराबरको क्षतिभएको र आगलागी स्थानीयको सहयोगमाबिहान ५ बजे नियन्त्रणमा आएकोयादवले जनाएका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?