फापरखेती गर्ने किसान उत्साहित

मनाङ :

यहाँ उत्पादन हुने फापर स्वदेशमा मात्रै नभई विदेशमा समेत पुग्न थालेपछि किसानहरू उत्साहित भएका छन्। विदेशमा बस्ने नेपालीमार्फत फापरका परिकार पुग्न थालेको स्थानीय भुजुङ गुरुङले बताए।

स्वास्थ्यका लागि फाइदाजनक मानिने फापर यहाँका मानिसहरू विभिन्न परिकार बनाएर खाने गर्छन्। ७३ वर्षीय यङदुङ गुरुङका अनुसार फापरका परिकार खानाले मानिसलाई स्वस्थ बनाउँछ। त्यस्तै मनाङ गाउँका होटल व्यावसायी टसी आर घलेका अनुसार फापरबाट धेरै परिकार बन्ने बताउँछन्।

वर्षको एक पटक मात्र खेतीपाती लाग्ने यो ठाउँमा फापरको अर्गानिक परिकार पर्यटकहरुको मुख्य रोजाइमा पर्छ। यहाँका होटलहरूमा फापरका परिकारको माग बढेको पर्यटन व्यवसायी ओंङ्मा घले गुरुङले बताए। जिल्लाको मुख्यवाली मानिने फापर अहिले ढकमक्क फुलेको छ। फूलबारीजस्तै देखिने फापरबाली हेरर पर्यटक पनि रमाउने गरेका छन्।

२८६ हेक्टर जमिनमा गरिएको खेतीबाट गत वर्ष ५०२ टन फापर उत्पादन भएको थियो। यो वर्ष उत्पादन बढ्ने जिल्ला कृषि कार्यालय मनाङले जनाएको छ।जिल्लाका चारवटै गाउँपालिकामा फापरखेती गरिँदै आएको छ। मनाङको नासाें गाउँपालिका, चामे, र निस्याङ गाउँपालिकामा यसको खेती उल्लेख्य मात्रामा हुन्छ। नार्पाभूमि गाउँपालिकामा कम मात्रामा फापर खेती गरिन्छ।
http://thahakhabar.com/news/49121

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?