अविरल वर्षाले नहरमा क्षति, ४५० भन्दा बढी कृषक उपभोक्ता मर्कामा

नहरमा क्षति

गण्डकी: अविरल वर्षाका कारण बेगनास सिँचाइ प्राणालीको पोखरा महानगरपालिका–३२ स्थित भुनभुनेको नहरमा क्षति पुगेको छ। अत्यधिक परेको पानीसँगै नहर कटान हुँदा यहाँको करिब एक हजार ५०० हेक्टरमा लगाइएको धानखेत प्रत्यक्ष प्रभावित बनेको छ ।

सोमबार साँझदेखिको वर्षाले बेगनास सिँचाइ प्रणालीअन्तर्गतको बि–४ र र बि–३ नहर क्षेत्रको भुनभुनेमा करिब १५० मिटर नहर बाँध फुट्दा रु एक करोडभन्दा बढीको मर्मत खर्च लाग्ने देखिएको बि–४ शाखाका अध्यक्ष देवीलाल तिवारीले जानकारी दिए ।

उनका अनुसार नहरमा भएको क्षतिले यस क्षेत्रका ४५० भन्दा बढी कृषक उपभोक्ता मर्कामा परेका छन्। करिब पन्ध्र सय हेक्टरमा लगाइएको धानबाली सुक्खा हुने भएकाले शाखा–४ र शाखा–३ सिँचाइअन्तर्गतको नहरको बाँधले उच्च बहाव थेग्न नसकी फुटेर खुदीखोलामा मिसिन गएका कारण यहाँका मालमूल, सातमुहाने, झौरी, ४०० फाँट, खोलाको छेउ, खुदीखोला र राजाको चौतारालगायतका फाँटमा लगाइएको धानखेत सुक्ने अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन् ।

अस्थायीरूपमा नै भए पनि नहर तत्कालै बनाउन र खेतमा पानी पुर्याउन आवश्यक रहेकाले सिँचाइ कार्यालयबाट अस्थायी नहर बनाएर सिँचाइ गर्न आवश्यक रहेको शाखाका सदस्य बुद्धिसागर खनालले बताए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?