पक्की कुलो निर्माण सँगै किसान हर्षित

सिँचाइ

पाँचथर : पाँचथरको फिदिम नगरपालिका रानीटारमा पक्की कुलो निर्माण थालिएपछि स्थानीय हर्षित बनेका छन् ।

२ सय ५० बढी घरधुरीको झण्डै ५ हजार वढि रोपनी जग्गामा सिंचाई सुविधा पु¥याउने उद्देश्यले कुलो निर्माण थालिएको हो ।

साना सिंचाई कार्यक्रम अन्र्तगत स्वीस सरकार, केन्द्र, प्रदेश तथा स्थानीय सरकारको सहयोगमा उपभोक्ताले कुलो निर्माण थालेका हुन् ।

कुल ५३ लाख रुपैँयाको लागतमा १ हजार २ सय ९२ मिटर लामो पक्की कुलो बनाउन लागिएको हो । हालसम्म ३ सय ५० मिटर कुलो निर्माण भइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?