आजको मौसम: आज तीन वटा प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

भारी वर्षा

काठमाडौँ: देशका पहाडी भू–भागमा आज आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा कुनै उल्लेखनीय मौसम प्रणाली नरहेकाले बाँकी भू–भागमा आज मौसम सफा रहने महाशाखाको भनाइ छ ।

आज प्रदेश १, वागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?