छिप्रा गाउँमा मकै उत्पादनमा कमी

सिमकोट: जिल्लाको खार्पुनाथ गाउँपालिकामा यस वर्ष मकै उत्पादनमा कमी भएको छ। योसँगै खार्पुनाथ –४ छिप्रा गाउँका महिलाको मुख्य आम्दानीमा कमी आएको छ। समयमै पानी नपर्नाका साथै खेतमा लगाएको मकैमा किरा लागेका कारण उत्पादनमा कमी भएको यहाँका महिलाले गुनासो गरेका छन् ।

गत वर्षका तुलनामा यो पटक उत्पादनमा कमी आएको हो। गत जेठ महिना खेतमा छर्किएको मकै कात्तिक महिना घर भित्र्याउँदाको समय उत्पादनमा ह्रास आएको स्थानीयवासी हिरउली रावतले गुनासो गरे। मकैलाई पुग्ने गरी पानी नआउनाका साथै खेतमा विभिन्न खाले किराले खाएका कारण उत्पादन कम भएको उनले बताए ।

आफ्नो मात्रै नभएर गाउँभरिका किसानले खेतमा लगाएको मकै यस वर्ष उत्पादनमा कमी आएको हो। गत वर्षका तुलनामा यो वर्ष उत्पादनमा कमी आएको अर्का स्थानीयवासी जसपुरी रावलले गुनासो गरे। पानीको अभावका कारणले गर्दा मकैका बोटमा विभिन्न किसिमका डडुवा, ध्वाँसेजस्ता रोगहरू लागेको छ। उत्पादनमा कमी आएसँगै यहाँका किसान चिन्तित बनेका छन् ।

यस पटक उत्पादनमा कमी आउँदा अर्को वर्षका लागि बीउ जोगाउनसमेत मुस्किल भएको जसपुरी रावतले बताए। उत्पादनमा कमी हुँदा आम्दानीको स्रोत घटेको उनले जानकारी दिए। उनले भने, “विगतमा हामीले एक केजी मकैको रु एक सयमा बिक्री गर्थ्यौँ तर यो वर्ष उत्पादन नभएर आम्दानीसमेत शून्य भएको छ। विगतका वर्षहरुमा उत्पादन राम्रो हुँदा घोडा, खच्चड व्यवसायीहरुलाई बिक्री गरिएको थियो। यस वर्ष बीउ जोगाउनसमेत मुस्किल भएको छ ” उनले भने ।

मकै उत्पादन राम्रो हुँदा उनीहरुले बिक्री गरेर खर्च चलाउने गरेका थिए। महिलाका लागि मकै उत्पादन आम्दानीको एक मुख्य स्रोत रहेको भए पनि यो वर्ष आम्दानी शून्य भएको उनको भनाइ छ । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?