बेमौसमी वर्षा : कञ्चनपुरमा मात्र ४ अर्बको अन्न तथा तरकारी बालीमा क्षति

तस्बिरः सिद्धराज भट्ट,रासस

कञ्चनपुर : बेमौसमी वर्षाका कारण कञ्चनपुरमा अन्न तथा तरकारी बालीमा गरी झण्डै ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

कृषिज्ञान केन्द्र कञ्चनपुरले कञ्चनपुरमा मात्र अन्न तथा तरकारी बालीमा गरी ३ अर्ब ७६ करोड बराबरको क्षति भएको विवरण सार्वजनिक गरेको छ ।

सबैभन्दा बढी धानबालीमा एक अर्ब ८१ करोड ६६ लाख रुपैयाँ बराबरको क्षति गरेको छ भने तरकारीमा ६६ करोड ५७ लाख रुपैयाँ बराबरको क्षति गरेको छ । आलुमा ६० करोड २७ लाख रुपैयाको क्षति भएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख डाक्टर दिल बहादुर विष्टले बताउनुभयो ।

शुक्लाफाँटा, कृष्णपुर, बेलौरी र पुनर्वास क्षेत्रमा सवैभन्दा बढी क्षति भएको पनि जनाइएको छ । यस वर्ष कञ्चनपुरमा ४८ हजार ४ सय ९६ हेक्टर क्षेत्रफलमा धानबाली लगाइएको थियो । जसमध्ये बेमौसमी वर्षाले १६ हजार ४८ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली पूर्ण रुपमा क्षति गरेको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?