बाख्रापालनबाट राम्रो कमाइ गर्दै अधिकारी दम्पति, करोड बढी लगानी

बोयर बोका

तनहुँ: गङ्गादेवी बाख्रा फार्म सञ्चालक देवीप्रसाद र गङ्गादेवी अधिकारीले बाख्रापालनबाट राम्रो कमाइ गर्दै आएका छन्। रु डेढ लाख लगानी गरेर आठ बाख्राबाट व्यवसाय सुरु गरेका अधिकारी दम्पतिले अहिले रु एक करोड बढी लगानी गरिसकेका छन् ।

व्यास नगरपालिका–४ स्थित चरेखोल्सीमा करिब ३६ रोपनी क्षेत्रफलमा विभिन्न प्रजातिका घाँस लगाएर व्यवस्थित तरिकाले बाख्रापालन गरेका हुन्। हालसम्म बैंकको ऋण, अनुदान र आफ्नो लगानीसमेत गरी करिब रु एक करोड लगानी भएको फार्म सञ्चालक गङ्गादेवीले जानकारी दिए। करिब एक सयको हाराहारीमा बाख्रा छन् ।

अष्टे«लियाबाट रु तीन लाख मूल्यमा एक बोका खरिद गरेर ल्याएको फार्म सञ्चालक देवीप्रसादले बताए। नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराको रु बीस लाख पचास हजार अनुदान दिने भएकाले हालै मात्र सम्झौता गरिएको उनले जानकारी दिए । रासस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?