आजको मौसम : मेघगर्जन-चट्याङसहित मध्यम वर्षाको सम्भावना

भारी वर्षा

काठमाडौं : हाल सुदुरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रही बाकी भू–भागमा आंशिक देखि सामान्य बदली रहेको छ । सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति प्रदेश १, मधेश, बागमती र गण्डकीका थोरै तथा बाँकी प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

मंगलबार कर्णाली र सुदूरपश्चिमका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?