जाजरकोटमा चट्याङ लागेर एक बालकको मृत्यु

चट्याङ

जाजरकोट : जाजरकोटमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

जिल्लाको छेडागाड नगरपालिका– १० खलटाकुराका १३ बर्षीय राजु परियारको चट्याङ लागेर मृत्यु भएको राम माध्यमिक विद्यालयका शिक्षक हेमन्त खत्रीले जानकारी दिनुभयो ।

उनलाई आज दिउँसो बाख्रा चराउन जङ्गल गएको समयमा चट्याङ लागेको थियो ।

मृतक बालक राम माध्यमिक विद्यालय खलटाकुरामा कक्षा ८ मा अध्ययनरत थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?