जुम्लामा फल्यो केरा

जुम्ला – जुम्ला तिला गाउँपालिका–८ का धनपति नेपालीले दुई वर्ष आफ्नो करेसावारीमा केराको डाँठ रोपे। तर उनले केराको ठाँट पलाउला भन्ने ठानेका थिएनन्। ‘६ महिनामा केराको रोपिएको डाँठ टुसाउन थाल्यो’, उनले भने, ‘हेर्दै गर्दा एक वर्षमा हुर्कियो। अहिले केराले फल दिइरहेको छ।’

जुम्लाको चिसो मौसममा पनि केराले फल दिन थालेपछि स्थानीय आश्चर्यमा परेका छन्। अहिले गाउँलेहरुले दिनहुँ जसो त्यो केरालाई हेर्ने गरेका छन्। यस पटकको हिउँदमा केराको बोट र फल जोगाउन सकिए अर्को वर्षदेखि व्यवसायीक रुपमै केरा खेति गर्ने नेपालीले बताए।

कालिकोट जिल्लाको ओखरभिट्टभ ससुरालीमा जादा नेपालीले केराको डाँठ काटेर घरमा ल्याएका थिए। अहिले त्यो केराको बोट सबैको अनुसन्धानको विषय बनेको छ। गाउँका अगुवा किसान केराको फल जागाउन तर्फ लागेका छन्।

‘गत वर्ष केराको बोटलाई छाप्रो लगाएर पनि बचायौं, योपटक पनि छाप्रोको तयारी थाल्दैछौं’, नेपालीले भने, ‘केरालाई पकायर गाउँलेलाई पहिलो पटक गाउँमै फलेको केराको स्वाद चखाउने धोको छ।’ यो पटक केरा पकाउन सके अर्को वर्षदेखि केरा खेति गर्ने तयारी छौं, उनले भने।

पहिलो पटक जुम्लामा केरा फलेको देख्दा स्थानीय दंग छन्। केरा फलेपछि गाउँमा विभिन्न तर्क कुतर्क सुरु भएका छन्। पुरानो पुस्ता यो ठाउँमा केरा फल्नुलाई नराम्रो संकेत भएको वताउँछन्। युवा पिढिले जलवायु परिवर्तनको असरको परिणाम जुम्लामा केरा फल्नुमा देखिएको तर्क गर्ने गरेका छन्।

धनवहादुर नेपालीले पहिलो पटक गाउँमा केरा फल्दा स्थानीयको चासो बढेको बताए। ‘पहिले चिसोले केरा फल्दैन् भन्ने सुनेका थियौं, तर अहिले गाउँमै केराको बोट हुर्किएर फलिसकेको छ,’ उनले भने, ‘यहाँको तापक्रम विस्तारै बढ्यो, गर्मि मौसममा हुने कृषि उपज जुम्लामा पनि हुन थालेको आभाष भइरहेको छ।’

गाउँमा केरा फलेको प्रचारप्रसार भएपछि खलंगादेखि नै किसान तिला पुग्न थालेका छन्। अहिले सो क्षेत्रमा कागती र अनार खेति हुन थालेको छ। ज्लवायु परिवर्तनका कारण तापक्रम बढेको र गर्मि ठाउँमा फल्ने फलफूलहरु जुम्लामा पनि फल्न थालेको स्थानीयले बताएका छन्।नागरिक

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?