प्रदेशको समानुपातिक मतगणना : कुन प्रदेशमा कस्को कति ?

काठमाडौँ, ६ मङ्सिर  :

आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेशसभाको समानुपातिकतर्फको मतगणना चलिरहेको छ ।

पछिल्लो मतगणनाअनुसार प्रदेश नं १ मा नेकपा (एमाले)ले प्रदेशसभातर्फ २४ हजार ८२, नेपाली कांग्रेसले १९ हजार ६ सय ३८, नेकपा (माओवादी केन्द्र)ले आठ हजार चार सय ५५, राष्ट्रिय प्रजातन्त्र पार्टीले छ हजार सात सय ४७, जनता समाज पार्टीले चार हजार १७ र अन्यले आठ हजार नौ सय तीन मत प्राप्त गरेका छन् ।

यसैगरी मधेस प्रदेशमा कांग्रेसले प्रदेशसभातर्फ तीन हजार नौ सय ५०, एमालेले तीन हजार नौ सय २४, जनमत पार्टीले तीन हजार पाँच सय ७४, माओवादी केन्द्रले एक हजार नौ सय ४४, जसपाले एक हजार नौ सय २५ र अन्यले पाँच हजार चार सय ९३ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

बागमती प्रदेशमा कांग्रेसले प्रदेशसभातर्फ ११ हजार ६ सय ४१, माओवादी केन्द्रले १० हजार सात सय ८६, राप्रपाले सात हजार एक सय ५०, माओवादी केन्द्रले पाँच हजार एक सय ६७, नेपाल मजदुर किसान पार्टीले चार हजार एक सय ९६ र अन्यले तीन हजार चार सय ८३ मत प्राप्त गरेका छन् ।

गण्डकी प्रदेशमा एमालेले प्रदेशसभातर्फ १९ हजार सात सय ८९, कांग्रेसले १४ हजार एक सय ४९, माओवादी केन्द्र चार हजार तीन सय ५७, राप्रपा तीन हजार आठ सय २०, हाम्रो नेपाली पार्टी एक हजार सात सय १८ र अन्यले तीन हजार ६ सय ९६ मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशमा एमालेले प्रदेशसभातर्फ २५ हजार एक सय २९, कांग्रेसले १७ हजार चार सय ७४, माओवादी केन्द्रले नौ हजार दुई सय ४३, राप्रपाले पाँच हजार सात सय १३, नागरिक उन्मुक्ति पार्टीले तीन हजार चार सय ७४ र अन्यले आाठ हजार नौ सय ४५ मत प्राप्त गरेका छन् ।

 

यसैगरी कर्णाली प्रदेशमा प्रदेशसभातर्फ माओवादी केन्द्रले तीन सय ४३, एमालेले एक सय ७९, राप्रपाले ७०, हाम्रो नेपाली पार्टीले ६ मत प्राप्त गरेका छन् । सुदूरपश्चिम प्रदेशमा प्रदेशसभातर्फ समानुपातिकको मतपरिणाम बारेको एकीकृत विवरण हालसम्म प्राप्त हुन नसकेको आयोगले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?