माटो परीक्षण गरिँदै !
पाल्पाको रामपुरमा खेतीयोग्य जमिनबाट नमुना सङ्कलन गरी किसानले ल्याएका माटो परीक्षण गर्दै प्राविधिक । कृषि ज्ञान केन्द्र पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाको आयोजना एवम् माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरी माटो परीक्षण गरिएको हो ।
तस्बिर :सुशीला रेग्मी/रासस
