यो वर्षको तिहारमा फूल किन्दा वीरगञ्ज नाकाबाट बाहिरियाे डेढ करोड

पर्सा : यो वर्षको तिहारमा फूल खरिदका लागि वीरगञ्ज भन्सार नाकाबाट मात्रै एक करोड ४० लाख रकम भारत पुगेको छ। यो रकम दुई लाख ७८ हजार किलो फूल आयात गर्दा बाहिरिएको वीरगञ्ज भन्सार कार्यालयको तथ्या‌कमा छ।

गत वर्ष भने यो नाका भएर जम्मा ६३ लाख ६ हजार रकम मात्र बाहिरिएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख गोपाल खत्रीले बताए। ‘यो वर्ष गत वर्षको तुलनामा १२२ दशमलब ०‍‍.१ प्रतिशतले बढी रकम बाहिरिएको देखियो’, खत्रीले भने, ‘यो भनेको गतवर्षभन्दा ७६ लाख ९४ हजार २ लाख ३४ हजार बढी बाहिरिएको हो। आयातको परिणाम पनि यो वर्ष अघिल्लो वर्षभन्दा ४४ हजार किलो बढी छ। गत वर्ष भने वीरगञ्ज भन्सार नाका भएर दुई लाख ३४ हजार किलोमात्र फूल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख खत्रीले बताए।

गत वर्षभन्दा निकै ठूलो परिणाममा फूल आयातमा मात्र रकम बाहिरिनुमा फूलको मूल्यवृद्धि, मुलुक भित्र फूल उत्पादनमा कमी, भन्सार छलेर ल्याउने प्रवृत्तिमा कडाइजस्ता कारणले तथ्यांकमा निकै परिवर्तन देखिएको हुन सक्ने कार्यालय प्रमुख खत्रीको भनाइ छ।
थाहाखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?