चरेर फर्किएका गाई
भरतपुर महानगरपालिका–१ देवघाटधाम क्षेत्रको जङ्गलमा चरेर गौशालातर्फ फकिँदै गरेका स्थानीय जातका गाई । देवघाटको बागेश्वरीमा रहेको योगी नरहरिनाथ गौ संरक्षण केन्द्रले उक्त गाईहरुको संरक्षण गर्दै आएको छ ।
केन्द्रका संयोजक नवराज ढकालका अनुसार यहाँको गौ संरक्षणमा २०० भन्दा बढी गाई र २० को हाराहारीमा स– साना बाच्छा बाच्छी रहेका छन् ।
तस्बिर ः सनद अधिकारी÷रासस
