मन्त्री भुसालद्वारा बजार संरचना निर्माण पूरा गर्न निर्देशन

काठमाडौँ:कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालले चोभारस्थित निर्माणाधीन तरकारी बजारको स्थलगत निरीक्षण गर्नुभएको छ ।

करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार सात वर्षदेखि निर्माणका क्रममा रहेकाले उहाँले त्यहाँ भइरहेको ढिलासुस्तीका बारे जानकारी लिनुभयो ।

निरीक्षणपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री भुसालले सात वर्षको समयावधिमा परियोजना सम्पन्न गरी बजार सञ्चालन गर्नुपर्नेमा संरचना निर्माण पूरा नगर्ने निर्माण कम्पनीको गैरजिम्मेवारी कार्य भएको बताउनुभयो ।

बाँकी रहेका कार्य अविलम्ब पूरा गर्न निर्देशन दिँदै उहाँले कृषि क्षेत्रको व्यावसायीकरण गरी निर्यात प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो ।

संविधानले परिकल्पना गरको समाजवादउन्मुख अर्थतन्त्र निर्माणका लागि तीनवटै तहका सरकारबीच समन्वय तथा सहकार्यको आवश्यकता रहेको बताउँदै मन्त्री भुसालले जनताको खाद्य सम्प्रभूताको हक स्थापित गर्न कृषि उत्पादनका क्षेत्रमा प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

कृषि क्षेत्रमा गरिने लगानीले उत्पादन वृद्धि हुने, किसानको आम्दानी तथा उनीहरूको खर्च गर्ने क्षमता विकास हुने, कृषकले गर्ने खर्चले मुलुकको समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने मन्त्री भुसालको भनाइ थियो ।

कृषि सचिव गोविन्दप्रसाद शर्माले बजारको आवश्यकता, संरचनाको अवस्थासम्बन्धी विस्तृत परियोजनाबारे जानकारी गराउँदै आगामी दिनमा बजार सञ्चालनका सम्भाव्यता र चुनौतीबारे प्रकाश पार्नुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?