चितुवाले मार्‍यो एकै कृषकका आठ बाख्रा

मङ्गलसेन: गएराति चितुवाले अछामको बान्नीगढी जयगढ गाउँपालिकामा एकै कृषकका आठ बाख्रा मारेको छ । बान्नीगढी जयगढ गाउँपालिका–१ गाज्राका तिलक खड्काले पालेका आठ बाख्रा चितुवाले मारेको हो।

घरबाट करिब १५ मिनेट टाढा रहेको गोठमा भैँसी, गोरुसँगै रहेका बाख्रा मारेको उहाँले बताउनुभयो । “गोठ घरबाट टाढा भएकाले राति आवाज पनि सुनिएन, बाख्रा मारेको त बिहान थाहा भयो” खड्काले भन्नुभयो ।

पछिल्लो समय एक महिना यता त्यस क्षेत्रमा १५ बाख्रा मारिसकेको स्थानीयको भनाइ छ । बाख्रासँगै चितुवाले केटाकेटी वा अन्य मान्छेलाई आक्रमण गर्ने होकि भनेर गाउँलेहरू चिन्तित बनेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?