के अब चेप्टेभन्दा अग्ले खेतीका दिन शुरु भएका हुन् त ?

काठमाडौँ :सम्म परेको भागमा हुने खेती त हामीले देखेकै हौं, खेती गरिरहेका पनि छौं। त्यसबाट उत्पादित अन्नले तपाईं हामीलाई अहिलेसम्म थेगिरहेको पनि छ। विश्वको जनसङ्ख्या ८ अर्ब पुगिसकेको सन्दर्भमा अब पुरानै शैलीमा गरिने खेतीले के पृथ्वीमा बढ्दो खाने मुखलाई पर्याप्त खान्की पुर्याउन सक्ला ? अहिले यही प्रश्नको खोजी वैज्ञानिकहरूले गरिरहेका छन्।

अमेरिकामा केही स्टार्टअपहरू यस्ता छन्, जसले हाम्रो खाद्यान्नको शृङ्खला नटुटाउन र नयाँ शैलीले खेती गर्दा के कस्ता समाधान गर्न सकिएला भनी परीक्षण गरिरहेका छन्। तीमध्ये एउटा सान फ्रान्सिस्कोमा सन् २०१४ मा स्थापित प्लेन्टी पनि एउटा हो।  

प्लेन्टीले यतिबेला माटोको प्रयोग बिना नै विशेष प्रकृतिको लाइट–इमिटिङ डिओड (एलइडी) प्रविधि प्रयोग गरेर खेती गर्ने प्रयास गरिरहेको छ। यो विधिअनुसार सतही खेतमा होइन कि अग्लाईमा आधारित खेती गरिन्छ। ठूला ठूला प्रयोगशालामा उभ्याइएका फलामे कङ्कालमा माटोको प्रयोग बिना नै सागपात उत्पादन गर्न गरिन्छ। यसका लागि एलइडीको प्रकाश र रोबोट प्रयोग गरिन्छ। तिनले ती बिरुवालाई आवश्यक पर्ने खाना दिने र फसल काट्न योग्य भएपछि यसलाई रोबोटमार्फत नै काटिन्छ।  

यो खेती चाँडै उत्पादन गर्न सकिने, थोरैमा पनि बढी पोषण हाल्न सकिने, कुनै पनि विषादीको उपयोग नहुने भएकाले भविष्यमा यो लोकप्रिय हुने बताइँदैछ।  

संसारभर ८० देखि ९० प्रतिशतसम्म खेतीका लागि पानी उपयोग हुन्छ। यो भर्टिकल खेतीमा भने त्यति धेरै पानी चाहिँदैन। यो खेती वर्षभरि नै गर्न सकिने बताइएको छ। साथै, यहाँबाट उत्पादित खाद्य क्यालिफोर्निया राज्यका एक सयभन्दा बढी पसलहरूमा पाइन थालेको दाबी प्लेन्टीको छ।

यस्तोमा अग्ले खेतीको सम्भावनालाई सिंगापुरजस्ता मुलुकले पनि प्रयोगको रूपमा हेरिरहेका छन्। त्यहाँका प्रयोगशालाले पनि अग्ले खेती गर्न थालेका छन् भने त्यसबाट पनि राम्रै परिणामहरू देखिन थालेका छन्।

के उसो भए अब चेप्टेभन्दा अग्ले खेतीका दिन शुरु भएका हुन् त ? सिएनएन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?