कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउन नेपालले बंगलादेशबाट सिक्नुपर्छ: सभापति राणा

काठमाडौं: प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति डा.आरजु राणा देउवाले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सबै राजनैतिक दलहरुमा दृढ इच्छाशक्ति हुनुपर्नेमा जोड दिएकी छन् ।

बुधबार सिंहदरबारमा बसेको समितिको बैठकमा बोल्दै राणाले सरकारले नीति बनाएर मात्रै हहुने भन्दै त्यसलाई प्रभावकारी ढंगले लागू गर्नेकुरामा सबैको इच्छाशक्ति हुनेपर्नेमा जोड दिईन् । उनले बैगलादेशको कृषि प्रणालीबाट नेपालले पनि केही सिक्नुपर्ने बताइन् ।

सांसद राणासहितको एक टोली गत हप्ता बंगलादेश भ्रमणमा गएको थियो । उक्त भ्रमणमा धान उत्पादनबारे अनुगमण तथा भ्रमण भएको बताईएको छ । भ्रमण अध्ययनबारे उनले भनिन् ‘बङ्गलादेशले चामलमा गरेको आत्मनिर्भरबारे हामीले त्यहाँ रिसर्च सेन्टरदेखि कृषि मन्त्रालय, सम्बन्धित संसदीय समिति र सरकारका अधिकारीसँग छलफल गर्दा सबैमा राजनीतिक इच्छाशक्ति नै बलियो आधार भएको पायौं। बंगलादेशमा कृषिमै रिसर्च गर्ने १४ वटा संस्था रहेछन्।’

देउवाले बंगलादेशले कृषिमा आत्मनिर्भर बन्न गरेको अनुभवबाट नेपालले पनि सिक्नुपर्ने बताइन्। उनले प्रधानमन्त्री, कृषि मन्त्रालयसहित सबै राजनीतिक दलहरुलाई कृषिमा आत्मनिर्भर बन्न राजनीतिक इच्छाशक्ति जगाउनुपर्ने बताइन्।

‘बंगलादेशबाट नेपालले धेरे कुरा सिक्नुसक्छ। समितिले त्यसका लागि सरकारलाई सकारात्मक दवाव दिनेछ,’ उनले भनिन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?