आजको माछा,फलफूल तथा तरकारीको मूल्य हेर्नुहोस्

काठमाडौं : कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।      

जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य ५० रुपैयाँ,भारतीय गोलभेडा ठूलो ६० रुपैयाँ,टनेल गोलभेडा सानो ३०,तराई गोलभेडा सानो २५,घिउ सिमी लोकल ९०,काउली स्थानिय प्रतिकेजी २५ रुपैयाँ,आलु रातो ३०,भारतीय आलु रातो ३०,लौका लौका,हरियो फर्सी डल्लो ६० रुपैयाँ,घिरौला प्रतिकेजी ९० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ ,बन्दा लोकल ३५ रुपैयाँ,लोकल गाजर ३० रुपैयाँ,मूला सेतो २५ रुपैयाँ,भन्टा लाम्चो ४० रुपैयाँ,टाटे सिमी ८०,तितो करेला १२० रुपैयाँ,ब्रोकाउली ५०,कागती २५० रुपैयाँ, भिण्डी ९० रुपैयाँ,रातो बन्दा ५० रुपैयाँ,लोकल काक्रो १२० रुपैयाँ,अदुवा प्रतिकेजी २०० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी १८०० रुपैयाँ,केरा दर्जन १२० रुपैयाँ,अनार २८० रुपैयाँ,कालो अंगुर २०० रुपैयाँ,आभोकाडो ३०० रुपैयाँ,किवि ४०० रुपैयाँ,हरियो खुर्सानी माछे ७० रुपैयाँ,रहु माछा ३४०,छडी माछा २५०,बचुवा माछा २५० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी १०० रुपैयाँ,हरियो धनिया ५० रुपैयाँ,खु्र्सानी सुकेको ४६० रुपैयाँ,चाइनिज लसुन सुकेको ३२०,परवर २५०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७५,मटरकोशा १००,लसुन हरियो १३०,सखरखण्ड प्रतिकेजी ६० रुपैयाँ,भेडे खु्र्सानी ८० रुपैयाँ,पिंडालू ७० रुपैयाँ,तरुल ६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार नेपाली मेवा प्रतिकेजी ८० रुपैयाँ,भारतीय मेवा ९० रुपैयाँ,फूजी स्याउ ३२० रुपैयाँ,अम्बा १५० रुपैयाँ,मौसम १४० रुपैयाँ,जुनार २२०,स्ट्रबेरी २५०,नेपाली सुन्तला १४०,तरबुजा ६०,तोफु १५०,चुकुन्दर ७०,निबुवा ६०,तामा ९०,स्कूस ४०,बरेला ५०,बकूला ९०,पालूगो साग ६०,कन्य च्याउ १०० रुपैयाँ,रुख टमाटर प्रतिकेजी १५०,पुदीना प्रतिकेजी ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments