दाङको घोराही उपमहानगरपालिका-१५ स्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयबाट शुक्रबार घोराही-९ अस्परी कृषि सहकारी संस्था लिमिटेडमा रासायनिक मल लैजाँदै । खेतीपातीको सिजन आउन थालेपछि दाङमा भएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत सहकारी संस्थाहरुले मल लगेर किसानहरुलाई उपलब्ध गराउँदै आएका छन् ।