कालीमाटीमा आजको तरकारी तथा फलफूलको भाउ कति ? (मूल्यसूचीसहित)

काठमाडौं, श्रावण २७। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार), श्रावण २७ गतेका लागि तरकारी तथा फलफूलको थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिले उपलब्ध गराएको सूचीअनुसार आज अधिकांश तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ देखिएको छ।

समितिका अनुसार आज सानो (लोकल) गोलभेडाको थोक मूल्य प्रतिकेजी न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ३२ रुपैयाँसम्म रहेको छ भने टनेलको सानो गोलभेडाको मूल्य प्रतिकेजी ३८ देखि ४८ रुपैयाँ तोकिएको छ। यस्तै, रातो आलुको मूल्य प्रतिकेजी ४९ देखि ५१ रुपैयाँ, भारतीय रातो आलुको मूल्य २९ देखि ३१ रुपैयाँ, मुडेको रातो आलुको मूल्य ४२ देखि ४४ रुपैयाँ र सेतो आलुको मूल्य ३७ देखि ४० रुपैयाँ कायम भएको छ। भारतीय सुकेको प्याजको मूल्य प्रतिकेजी ३६ देखि ३८ रुपैयाँ रहेको छ।

यसैगरी, लोकल गाजरको मूल्य प्रतिकेजी १०० देखि १२० रुपैयाँ छ भने तराईको गाजर ९० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ। लोकल बन्दा प्रतिकेजी १५ देखि २२ रुपैयाँ, स्थानीय काउली ९५ देखि ११० रुपैयाँ, ज्यापु काउली १०० देखि ११० रुपैयाँ र तराई काउली ८० देखि ९० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ। यस्तैगरी, लोकल काँक्रो ४० देखि ५० रुपैयाँ, हाइब्रीड काँक्रो १५ देखि २५ रुपैयाँ, रातो मूलाको मूल्य प्रतिकेजी ५० देखि ६० रुपैयाँ र सेतो हाइब्रीड मूलाको मूल्य ४० देखि ५० रुपैयाँ तोकिएको छ।

समितिका अनुसार, लाम्चो भन्टाको मूल्य प्रतिकेजी २० देखि ३० रुपैयाँ र डल्लो भन्टा ३० देखि ४० रुपैयाँ रहेको छ। तने बोडी ८० देखि ९० रुपैयाँ, मकै बोडी ७० देखि ८० रुपैयाँ, लोकल घिउ सिमी ८० देखि १०० रुपैयाँ, हाइब्रीड घिउ सिमी ७० देखि ८० रुपैयाँ, राजमा घिउ सिमी १३० देखि १४० रुपैयाँ, टाटे सिमी ७० देखि ८० रुपैयाँ र भटमासको कोशा ११० देखि १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ।

यस्तै, तितो करेलाको मूल्य प्रतिकेजी ३५ देखि ४५ रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ, लोकल परवर ६० देखि ७० रुपैयाँ, तराई परवर ६० देखि ७० रुपैयाँ, चिचिण्डो २५ देखि ३५ रुपैयाँ, घिरौला ४० देखि ५० रुपैयाँ, झिगूनी ५५ देखि ६५ रुपैयाँ, पाकेको फर्सी ४० देखि ५० रुपैयाँ, लाम्चो हरियो फर्सी ५० देखि ६० रुपैयाँ, डल्लो हरियो फर्सी ६० देखि ७० रुपैयाँ, सलगम ८० देखि ९० रुपैयाँ, भिण्डी ५० देखि ६० रुपैयाँ, पिंडालू ६५ देखि ७० रुपैयाँ र स्कूस ३० देखि ४० रुपैयाँ प्रतिकेजी थोक मूल्य तोकिएको छ।

सागपाततर्फ रायोको साग, पालुंगो साग प्रतिकेजी ७० देखि ८० रुपैयाँ र तोरीको साग ६० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै, हरियो प्याजको मूल्य ९० देखि १०० रुपैयाँ, जिरीको साग ८० देखि ९० रुपैयाँ, सेलरी १२० देखि १३० रुपैयाँ, सौफको साग १२० देखि १३० रुपैयाँ र पार्सलेको साग प्रतिकेजी ११०० देखि १३०० रुपैयाँसम्म रहेको छ।

यसैगरी, कन्य च्याउको मूल्य प्रतिकेजी १४० देखि १६० रुपैयाँ, डल्ले च्याउ ३८० देखि ४२० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ९०० देखि १००० रुपैयाँमा कारोबार भइरहेको छ। कुरीलोको मूल्य ३२० देखि ३६० रुपैयाँ, न्यूरो ८० देखि ९० रुपैयाँ, ब्रोकाउली १८० देखि २२० रुपैयाँ, रातो बन्दा २४० देखि २६० रुपैयाँ, चुकन्दर ६० देखि ७० रुपैयाँ र सजिवन १८० देखि २०० रुपैयाँ प्रतिकेजी रहेको समितिले जनाएको छ।

यस्तैगरी, तामा प्रतिकेजी १०० देखि १२० रुपैयाँ, तोफु १०० देखि १२० रुपैयाँ, गुन्द्रुक २५० देखि ३०० रुपैयाँ र इमली १८० देखि १९० रुपैयाँ थोक मूल्य रहेको छ।

फलफूलतर्फ, झोले स्याउ प्रतिकेजी २२० देखि २५० रुपैयाँ र फूजी स्याउ २८० देखि ३५० रुपैयाँ रहेको छ। केरा प्रति दर्जन १३५ देखि १४५ रुपैयाँमा बिक्री भइरहेको छ। कागती प्रतिकेजी ११० देखि १४० रुपैयाँ, अनार ३८० देखि ४२० रुपैयाँ, चोसा आँप २०० देखि २२० रुपैयाँ, भारतीय सुन्तला ३०० देखि ३५० रुपैयाँ, हरियो तरबुजा ६५ देखि ७५ रुपैयाँ, मौसम १४० देखि १६० रुपैयाँ र जुनार २२० देखि २५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, भुई कटहर प्रति गोटा १४० देखि १६० रुपैयाँ, रुख कटहर ४० देखि ५० रुपैयाँ, लोकल नासपाती ७० देखि ८० रुपैयाँ, चाइनिज नासपाती २२० देखि २५० रुपैयाँ, नेपाली मेवा ६० देखि ७० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, अम्बा २२० देखि २५० रुपैयाँ, लप्सी ६० देखि ७० रुपैयाँ, किवि ३५० देखि ४०० रुपैयाँ र आभोकाडो २५० देखि ३०० रुपैयाँ प्रतिकेजी रहेको छ।

मसलाजन्य वस्तुतर्फ अदुवाको मूल्य प्रतिकेजी १०० देखि १२० रुपैयाँ रहेको छ। सुकेको खुर्सानी ३०० देखि ३५० रुपैयाँ, हरियो खुर्सानी ५५ देखि ६५ रुपैयाँ, बुलेट खुर्सानी ५० देखि ६० रुपैयाँ, माछे खुर्सानी ७० देखि ८० रुपैयाँ र अकबरे खुर्सानी २०० देखि २५० रुपैयाँ थोक मूल्य तोकिएको छ। यस्तै, भेडे खुर्सानी प्रतिकेजी ७० देखि ८० रुपैयाँ, हरियो लसुन १०० देखि ११० रुपैयाँ, हरियो धनिया ३५० देखि ४५० रुपैयाँ, चाइनिज सुकेको लसुन १८० देखि २०० रुपैयाँ र नेपाली सुकेको लसुन १४० देखि १६० रुपैयाँ रहेको छ। छ्यापी सुकेको १६० देखि १८० र हरियो १२० देखि १३० रुपैयाँमा किनबेच भइरहेको छ।

समितिका अनुसार, ताजा माछातर्फ रहु माछाको मूल्य प्रतिकेजी ३१० देखि ३३० रुपैयाँ, बचुवा माछा २७० देखि ३०० रुपैयाँ र छडी माछा २२० देखि २४० रुपैयाँ रहेको छ। सुकेको माछाको मूल्य भने प्रतिकेजी ८०० देखि १००० रुपैयाँसम्म रहेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?