देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ आश्विन ३ गते, शुक्रबार।

जल तथा मौसम विज्ञान विभागका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ, जसको प्रभावले देशभरको मौसममा बदली आएको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका बाँकी पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ। बाँकी तराई भू-भागमा भने आंशिक बदली रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

विभागले भारी वर्षाको सम्भावना रहेका क्षेत्रहरूमा बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। यात्रा गर्दा वा बाहिर निस्कँदा मौसमको जानकारी लिएर मात्र निस्कन र आवश्यक सावधानी अपनाउन पनि अनुरोध गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments