मौसम पूर्वानुमान: पहाडी भू-भागमा मध्यम वर्षाको सम्भावना, बाँकी स्थानमा आंशिक बदली
आश्विन १० गते शुक्रबार। हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर हुँदै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, यसले गर्दा देशका विभिन्न भू-भागमा बदली र वर्षाको सम्भावना रहेको छ।
आज दिउँसो देशको पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, देशका अन्य भू-भागका एक-दुई स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ।
रातीको समयमा कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रहनेछ। अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना कायमै रहनेछ।
