हेर्नुहोस् आज शुक्रबारका लागि कालीमाटीमा तरकारी र फलफूलको नयाँ थोक मूल्य
काठमाडौँ, १ फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्य सार्वजनिक गरेको छ।
समितिका अनुसार आज कालीमाटी बजारमा गोलभेडा ठूलो (भारतीय) को न्यूनतम मूल्य प्रतिकिलो ६० र अधिकतम ७० रुपैयाँ रहेको छ। यसैगरी, गोलभेडा सानो (लोकल) २० देखि २६ रुपैयाँ, गोलभेडा सानो (टनेल) ३५ देखि ४५ रुपैयाँ, गोलभेडा सानो (भारतीय) २५ देखि ३८ रुपैयाँ र गोलभेडा सानो (तराई) ३२ देखि ४२ रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातोको मूल्य २३ देखि २८ रुपैयाँ र भारतीय रातो आलु २४ देखि २५ रुपैयाँ तोकिएको छ भने सुकेको भारतीय प्याज ३६ देखि ३८ रुपैयाँमा बिक्री भइरहेको छ।
यस्तै, काक्रो (लोकल) १२० देखि १६० रुपैयाँ र हाइब्रीड काक्रो ५५ देखि ६० रुपैयाँमा पाइन्छ। गाजरतर्फ लोकल ५० देखि ६० र तराईको ४० देखि ५० रुपैयाँ मूल्य कायम गरिएको छ। बन्दा (लोकल) ४५ देखि ५० रुपैयाँ, तराईको बन्दा २० देखि ३० रुपैयाँ र नरिवल बन्दा ३० देखि ४० रुपैयाँमा उपलब्ध छ। काउली स्थानीय २० देखि २८ रुपैयाँ, ज्यापु काउली ४० देखि ५० रुपैयाँ र तराईको काउली २२ देखि ३० रुपैयाँमा बिक्री भइरहेको छ। त्यसैगरी, मूला रातो ३० देखि ३५ रुपैयाँ, सेतो लोकल १२ देखि १६ रुपैयाँ र हाइब्रीड सेतो मूला १६ देखि २४ रुपैयाँमा कारोबार भइरहेको छ।
समितिका अनुसार भन्टा लाम्चो ४५ देखि ५५ रुपैयाँ, डल्लो भन्टा ५५ देखि ६५ रुपैयाँ र मटरकोशा ५० देखि ७० रुपैयाँ पुगेको छ। सिमीको मूल्य हेर्दा लोकल घिउ सिमी ११० देखि १३० रुपैयाँ, हाइब्रीड घिउ सिमी ९० देखि १०० रुपैयाँ, राजमा सिमी ११० देखि १२० रुपैयाँ र टाटे सिमी ७० देखि ८० रुपैयाँ तोकिएको छ। यस्तै, तितो करेला १७० देखि २०० रुपैयाँ, लौका ६० देखि ८० रुपैयाँ, घिरौला १३५ देखि १४५ रुपैयाँ, पाकेको फर्सी ४५ देखि ५५ रुपैयाँ र हरियो फर्सी (लाम्चो तथा डल्लो) १५ देखि २५ रुपैयाँमा पाइन्छ।
यसैगरी, सलगम ४० देखि ५० रुपैयाँ, भिण्डी १०० देखि १२० रुपैयाँ, सखरखण्ड ६० देखि ७० रुपैयाँ, बरेला ६० देखि ७० रुपैयाँ, पिंडालू ५५ देखि ६५ रुपैयाँ र स्कूस ५५ देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ।
सागपाततर्फ रायो साग १५ देखि ३० रुपैयाँ, पालूगो साग २० देखि ४० रुपैयाँ, चमसूरको साग २० देखि ३० रुपैयाँ, तोरीको साग १५ देखि २५ रुपैयाँ र मेथीको साग ३० देखि ४० रुपैयाँ तोकिएको छ। हरियो प्याज ४० देखि ५० रुपैयाँ, बकूला ५० देखि ६० रुपैयाँ र तरुल ५० देखि ६० रुपैयाँमा पाइन्छ।
समितिका अनुसार कन्य च्याउ ८० देखि १०० रुपैयाँ, डल्ले च्याउ ३४० देखि ३८० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ। यस्तै, ब्रोकाउली ४० देखि ५५ रुपैयाँ, चुकुन्दर ५५ देखि ६५ रुपैयाँ, सजिवन २५० देखि २८० रुपैयाँ, रातो बन्दा ७० देखि १०० रुपैयाँ, जिरीको साग ५० देखि ६० रुपैयाँ र ग्याठ कोबी ५० देखि ६० रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, सेलरी १५० देखि १८० रुपैयाँ, पार्सले ३५० देखि ४०० रुपैयाँ, सौफको साग ३० देखि ४० रुपैयाँ, पुदीना ३०० देखि ३५० रुपैयाँ, गान्टे मूला ४० देखि ५० रुपैयाँ, इमली १७० देखि १८० रुपैयाँ, तामा ११० देखि १३० रुपैयाँ, तोफु १३० देखि १५० रुपैयाँ, गुन्दुक २८० देखि ३०० रुपैयाँ र रुख टमाटर २४० देखि २६० रुपैयाँ तोकिएको छ।
फलफूलतर्फ स्याउ झोले २०० देखि २५० रुपैयाँ र फुजी स्याउ २८० देखि ३२० रुपैयाँमा बिक्री भइरहेको छ। केरा प्रति दर्जन १७० देखि १९० रुपैयाँ, कागती १६० देखि १८० रुपैयाँ, अनार २९० देखि ३३० रुपैयाँ, हरियो अंगुर २०० देखि २५० रुपैयाँ र कालो अंगुर ३५० देखि ४०० रुपैयाँ कायम गरिएको छ। नेपाली सुन्तला १४० देखि १८० रुपैयाँ, हरियो तरबुजा ८० देखि ९० रुपैयाँ, मौसम १०० देखि १३० रुपैयाँ र जुनार १०० देखि १३० रुपैयाँमा पाइन्छ।
यस्तै, भुई कटहर प्रति गोटा १३० देखि १४० रुपैयाँ, रुख कटहर प्रतिकिलो १०० देखि १२० रुपैयाँ, निबुवा ५५ देखि ६५ रुपैयाँ, चाइनिज नासपाती २२० देखि २५० रुपैयाँ, नेपाली मेवा ६० देखि ७० रुपैयाँ, भारतीय मेवा ९० देखि ११० रुपैयाँ र लप्सी ११० देखि १३० रुपैयाँमा कारोबार भइरहेको छ। किनु १०० देखि १३० रुपैयाँ, स्ट्रबेरी ४५० देखि ५५० रुपैयाँ, किवि २३० देखि २६० रुपैयाँ, आभोकाडो २५० देखि ३५० रुपैयाँ र अमला ९० देखि १०० रुपैयाँमा उपलब्ध छ।
अदुवा १०० देखि १२० रुपैयाँ, सुकेको खुर्सानी ३६० देखि ४२० रुपैयाँ, हरियो खुर्सानी १३० देखि १५० रुपैयाँ, बुलेट खुर्सानी १३० देखि १५० रुपैयाँ, माछे खुर्सानी ६० देखि ८० रुपैयाँ र अकबरे खुर्सानी ४५० देखि ५५० रुपैयाँ तोकिएको छ। भेडे खुर्सानी ६० देखि ८० रुपैयाँ, हरियो लसुन ५० देखि ७० रुपैयाँ, हरियो धनिया ३० देखि ५० रुपैयाँ, सुकेको चाइनिज लसुन २०० देखि २२० रुपैयाँ र छ्यापी सुकेको १३० देखि १५० रुपैयाँ तथा हरियो छ्यापी १४० देखि १६० रुपैयाँमा बिक्री भइरहेको छ।
माछाको मूल्यतर्फ सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २६० देखि २८० रुपैयाँ र छडी माछा २३० देखि २५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।
