कालीमाटी तरकारी बजारको नयाँ मूल्यसूची सार्वजनिक, कुन तरकारी र फलफूलको भाउ कति ?

काठमाडौँ, २ चैत। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज बजारमा तरकारी, फलफूल, मसला र माछाको न्यूनतम र अधिकतम मूल्य निर्धारण गरिएको छ।

समितिका अनुसार, गोलभेडा ठूलो (भारतीय) को न्यूनतम मूल्य रू ७० र अधिकतम रू ८० तोकिएको छ। यसैगरी, गोलभेडा सानो (लोकल) को रू ३५ देखि रू ४५, गोलभेडा सानो (भारतीय) को रू ४० देखि रू ४८ र गोलभेडा सानो (तराई) को रू ५० देखि रू ६० सम्म कारोबार भइरहेको छ।

यस्तै, आलु रातोको मूल्य रू १८ देखि रू २२, आलु रातो (भारतीय) को रू २२ देखि रू २४ र प्याज सुकेको (भारतीय) को रू ३४ देखि रू ३६ तोकिएको छ।

त्यसैगरी, गाजर (लोकल) को न्यूनतम रू ३० र अधिकतम रू ४० तथा गाजर (तराई) को रू २० देखि रू ३० रहेको छ। बन्दा (लोकल) को रू २० देखि रू ३०, बन्दा (नरिवल) को रू १५ देखि रू २५ र रातो बन्दाको रू ४० देखि रू ५० कायम भएको छ।

यसैगरी, काउली स्थानियको रू १५ देखि रू २५, स्थानीय काउली (ज्यापु) को रू २८ देखि रू ३५ र काउली तराईको रू २० देखि रू ३० तोकिएको छ।

यस्तै, मूला रातोको रू ३० देखि रू ३५, मूला सेतो (लोकल) को रू १० देखि रू १५, सेतो मूला (हाइब्रीड) को रू १५ देखि रू २० र गान्टे मूलाको रू ४० देखि रू ५० तोकिएको छ।

समितिका अनुसार, भन्टा लाम्चोको मूल्य रू ३५ देखि रू ४५ र भन्टा डल्लोको रू ४५ देखि रू ५५ रहेको छ। यस्तै, बोडी (तने) को रू १३० देखि रू १४०, मटरकोशाको रू ४० देखि रू ५०, घिउ सिमी (लोकल) को रू ३० देखि रू ४०, घिउ सिमी (हाइब्रीड) को रू २० देखि रू ३०, घिउ सिमी (राजमा) को रू ७० देखि रू ८० र टाटे सिमीको रू ३५ देखि रू ४० मूल्य तोकिएको छ।

त्यसैगरी, काक्रो (लोकल) को रू ५० देखि रू ६०, काक्रो (हाइब्रीड) को रू ३० देखि रू ४०, काक्रो (लोकलक्रस) को रू ४० देखि रू ५० कायम भएको छ।

यसैगरी, तितो करेलाको रू १०० देखि रू १२०, लौकाको रू ४० देखि रू ५०, परवर (लोकल) को रू १०० देखि रू १२०, घिरौलाको रू ६० देखि रू ७० र बरेलाको रू २५ देखि रू ३५ रहेको छ। फर्सी पाकेको रू ५५ देखि रू ६५, फर्सी हरियो (लाम्चो) र हरियो फर्सी (डल्लो) दुवैको रू १२ देखि रू १८, सलगम रू ४० देखि रू ५०, भिण्डी रू १०० देखि रू १२०, सखरखण्ड रू ६५ देखि रू ७५, पिंडालू रू ५० देखि रू ६०, स्कूस रू ३० देखि रू ४०, बकूला रू २५ देखि रू ३५ र तरुलको न्यूनतम रू ६० देखि अधिकतम रू ७० तोकिएको छ।

सागपाततर्फ यस्तै, रायो सागको रू ३५ देखि रू ५०, पालूगो साग र चमसूरको साग दुवैको रू ९० देखि रू १००, तोरीको सागको रू ३० देखि रू ४०, मेथीको सागको रू ९० देखि रू १००, प्याज हरियोको रू ५० देखि रू ६०, जिरीको सागको रू ३० देखि रू ४० र सौफको सागको रू ९० देखि रू १०० तोकिएको छ।

त्यसैगरी, च्याउ (कन्य) को रू १२० देखि रू १५०, च्याउ (डल्ले) को रू ३३० देखि रू ३८०, राजा च्याउको रू २८० देखि रू ३०० र सिताके च्याउको रू ८०० देखि रू १००० सम्म मूल्य कायम भएको छ।

यसैगरी, कुरीलोको रू ४०० देखि रू ४५०, न्यूरोको रू ७० देखि रू ८०, ब्रोकाउलीको रू ३० देखि रू ४५, चुकुन्दरको रू ६५ देखि रू ७०, कोइरालोको रू २०० देखि रू ३००, ग्याठ कोबीको रू ५० देखि रू ६०, सेलरीको रू १०० देखि रू १२०, पार्सलेको रू १५० देखि रू २००, पुदीनाको रू १०० देखि रू १३० र इमलीको रू १७० देखि रू १८० तोकिएको छ।

यस्तै, रुख टमाटरको मूल्य रू २८० देखि रू ३००, तामाको रू ११० देखि रू १३०, तोफुको रू १३० देखि रू १५० र गुन्दुकको रू २५० देखि रू ३०० तोकिएको छ।

फलफूलतर्फ, स्याउ (झोले) को रू २०० देखि रू २५०, स्याउ (फूजी) को रू २५० देखि रू ३००, केरा (दर्जन) को रू १८० देखि रू २००, कागतीको रू २४० देखि रू २६०, अनारको रू ३०० देखि रू ३५०, अंगुर (हरियो) को रू २०० देखि रू २२० र अंगुर (कालो) को रू ३०० देखि रू ३४० तोकिएको छ।

यसैगरी, सुन्तला (भारतीय) को रू १३० देखि रू १६०, तरबुजा (हरियो) को रू ५० देखि रू ६०, भुई कटहर (प्रति गोटा) को रू १५० देखि रू १६०, रुख कटहरको रू १०० देखि रू १२०, निबुवाको रू ६० देखि रू ७० र नासपाती (चाइनिज) को रू २३० देखि रू २५० कायम भएको छ।

त्यसैगरी, मेवा (नेपाली) को रू ५० देखि रू ७०, मेवा (भारतीय) को रू १०० देखि रू १२०, लप्सीको रू २८० देखि रू ३००, किनूको रू ११० देखि रू १३०, स्ट्रबेरी भुईऐसेलु, किवि र आभोकाडो तीनवटैको रू ३०० देखि रू ४०० र अमलाको रू १२० देखि रू १३० सम्म कारोबार भइरहेको छ।

अदुवाको रू ९० देखि रू ११०, खु्र्सानी सुकेको रू ३८० देखि रू ४२०, खु्र्सानी हरियो र खुर्सानी हरियो (बुलेट) दुवैको रू १०० देखि रू १२०, खुर्सानी हरियो (माछे) को रू ६० देखि रू ७०, खुर्सानी हरियो (अकबरे) को रू ७०० देखि रू ८०० र भेडे खु्र्सानीको रू ८० देखि रू १०० तोकिएको छ।

यसैगरी, लसुन हरियोको रू ४० देखि रू ६०, हरियो धनियाको रू ४० देखि रू ५०, लसुन सुकेको चाइनिजको रू २३० देखि रू २६०, लसुन सुकेको नेपालीको रू १८० देखि रू २००, छ्यापी सुकेको रू १०० देखि रू १२० र छ्यापी हरियोको रू ७० देखि रू ८० तोकिएको छ।

त्यसैगरी, माछा सुकेको मूल्य रू ८०० देखि रू १०००, ताजा माछा (रहु) को रू ३२० देखि रू ३५०, ताजा माछा (बचुवा) को रू २७० देखि रू २८० र ताजा माछा (छडी) को रू २३० देखि रू २५० निर्धारण गरिएको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?