बजारमा आजको तरकारी र फलफूलको मूल्य यस्तो छ (पूर्ण सूची)

काठमाडौँ, ११ चैत ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि विभिन्न कृषि उपजहरूको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज बजारमा तरकारी, फलफूल र माछाको मूल्यमा केही विविधता देखिएको छ।

समितिका अनुसार, आज ठूलो भारतीय गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ७० देखि अधिकतम ८० रुपैयाँसम्म तोकिएको छ। यस्तै, सानो लोकल गोलभेडा ३० देखि ४०, सानो भारतीय ३५ देखि ४५ र सानो तराईको गोलभेडा ४० देखि ५० रुपैयाँमा कारोबार भइरहेको छ। आलु रातोको मूल्य १५ देखि २० रुपैयाँ र भारतीय रातो आलु २० देखि २२ रुपैयाँ कायम गरिएको छ। त्यसैगरी, भारतीय सुकेको प्याज ३४ देखि ३६ रुपैयाँ र लोकल गाजर ३० देखि ४० रुपैयाँ (तराई गाजर २०-३०) मा उपलब्ध छ।

यसैगरी, लोकल बन्दा २० देखि ३० रुपैयाँ र नरिवल बन्दा पनि २० देखि ३० रुपैयाँकै बीचमा बिक्री भइरहेको छ। स्थानीय काउली ६० देखि ८० रुपैयाँ, स्थानीय ज्यापु काउली ८० देखि ९० रुपैयाँ र तराईको काउली ५५ देखि ६५ रुपैयाँमा पाइन्छ। यस्तै, सेतो मूला (लोकल) १५ देखि २०, हाइब्रीड मूला २० देखि ३०, लाम्चो भन्टा ४५ देखि ६० र डल्लो भन्टा ६५ देखि ७५ रुपैयाँसम्म रहेको छ।

समितिका अनुसार, तने बोडीको मूल्य प्रतिकेजी १६० देखि १८० रुपैयाँसम्म पुगेको छ। मटरकोशा ५० देखि ६०, लोकल घिउ सिमी १०० देखि १२०, हाइब्रीड घिउ सिमी ८० देखि १०० र राजमा सिमी ९० देखि १०० रुपैयाँमा पाइन्छ। त्यसैगरी, टाटे सिमी ६० देखि ७०, लोकल काक्रो ४५ देखि ५५, हाइब्रीड काक्रो २५ देखि ३५ र लोकलक्रस काक्रो ३५ देखि ४५ रुपैयाँमा बिक्री भइरहेको छ।

तितो करेलाको मूल्य १६० देखि १८० रुपैयाँ रहेको छ भने लौका ८० देखि १००, तराई परवर १२० देखि १३०, घिरौला १२० देखि १३० र पाकेको फर्सी ५५ देखि ६५ रुपैयाँमा उपलब्ध छ। यस्तै, हरियो लाम्चो फर्सी ८० देखि १०० र डल्लो हरियो फर्सी ५० देखि ६० रुपैयाँमा पाइन्छ।

त्यसैगरी, भिण्डी १३० देखि १४०, सखरखण्ड ६० देखि ७०, बरेला ७० देखि ९०, पिंडालू ४५ देखि ६०, स्कूस ४५ देखि ५५ र तरुल ६० देखि ७० रुपैयाँमा कारोबार भइरहेको छ।

सागपाततर्फ रायोको साग ६० देखि ८०, पालूगो साग १०० देखि ११०, चमसूर साग १०० देखि ११०, तोरीको साग ४० देखि ५०, मेथीको साग १०० देखि ११० र हरियो प्याज ५० देखि ७० रुपैयाँ तोकिएको छ। यस्तै, बकूला ५० देखि ६०, जिरीको साग ६० देखि ८०, सौफको साग १०० देखि ११० र पुदीना १०० देखि १२० रुपैयाँमा उपलब्ध छ।

समितिका अनुसार, कन्य च्याउ प्रतिकेजी १५० देखि १८०, डल्ले च्याउ २८० देखि ३२०, राजा च्याउ २८० देखि ३०० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ।

यस्तै, कुरीलो ४०० देखि ५००, न्यूरो ७० देखि ८०, ब्रोकाउली ९० देखि १००, चुकुन्दर ५० देखि ६० र सजिवन १०० देखि १२० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यसैगरी, कोइरालो १५० देखि १८०, रातो बन्दा ४० देखि ६०, ग्याठ कोबी ५० देखि ६०, सेलरी १०० देखि १२० र पार्सले १५० देखि २०० रुपैयाँमा पाइन्छ। गान्टे मूला ४० देखि ५०, इमली १७० देखि १८०, तामा ११० देखि १३०, तोफु १३० देखि १५० र गुन्दुक ३०० देखि ३२० रुपैयाँमा उपलब्ध छ।

फलफूलतर्फ, झोले स्याउ प्रतिकेजी २०० देखि २५० र फूजी स्याउ २५० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ। केरा प्रतिदर्जन २०० देखि २२०, कागती २२० देखि २५०, अनार ३०० देखि ३५०, हरियो अंगुर २०० देखि २२० र कालो अंगुर ३२० देखि ३५० रुपैयाँ तोकिएको छ।

यसैगरी, भारतीय सुन्तला १३० देखि १५०, हरियो तरबुजा ४० देखि ५०, भुई कटहर प्रतिगोटा १५० देखि १७० र रुख कटहर १०० देखि १२० रुपैयाँमा पाइन्छ। निबुवा ७० देखि ८०, चाइनिज नासपाती २३० देखि २५०, नेपाली मेवा ५० देखि ७०, भारतीय मेवा ९० देखि ११० र किनू ११० देखि १३० रुपैयाँमा उपलब्ध छ। यस्तै, स्ट्रबेरी २५० देखि ३५०, किवि ३०० देखि ४००, आभोकाडो ३०० देखि ४००, अमला १५० देखि १६० र रुख टमाटर २८० देखि ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

अदुवाको मूल्य प्रतिकेजी ९० देखि ११० रुपैयाँ तोकिएको छ। सुकेको खुर्सानी ३८० देखि ४२०, हरियो खुर्सानी १६० देखि १८०, बुलेट खुर्सानी १४० देखि १६० र हरियो अकबरे खुर्सानी ७०० देखि ८०० रुपैयाँ प्रतिकेजी रहेको छ। यस्तै, भेडे खुर्सानी ९० देखि १००, हरियो लसुन ५० देखि ७० र हरियो धनिया ५० देखि ८० रुपैयाँमा पाइन्छ।

त्यसैगरी, सुकेको चाइनिज लसुन २३० देखि २५०, सुकेको नेपाली लसुन १८० देखि २००, सुकेको छ्यापी १०० देखि १२० र हरियो छ्यापी ५० देखि ६० रुपैयाँमा उपलब्ध छ।

माछाको हकमा सुकेको माछा ८०० देखि १०००, ताजा रहु माछा ३२० देखि ३५०, बचुवा माछा २७० देखि २८० र छडी माछा २३० देखि २५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments