के सस्तियो, के महँगियो ? हेर्नुहोस् कालीमाटी बजारको पूर्ण मूल्यसूची
काठमाडौँ, १५ जेठ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिका अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ५० रुपैयाँ र अधिकतम मूल्य ६० रुपैयाँ तोकिएको छ भने भारतीय ठूलो गोलभेडा न्यूनतम ६० देखि अधिकतम ७० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । सानो लोकल गोलभेडाको मूल्य न्यूनतम १७ देखि अधिकतम ३० रुपैयाँ र टनेलको सानो गोलभेडा न्यूनतम २८ देखि ३५ रुपैयाँसम्म रहेको छ ।
आलु र प्याजको मूल्यतर्फ हेर्दा, रातो लाम्चो आलु न्यूनतम ३० देखि अधिकतम ३५ रुपैयाँ र रातो गोलो आलु न्यूनतम २८ देखि ३० रुपैयाँमा बिक्री भइरहेको छ । यस्तै, भारतीय सुकेको प्याजको मूल्य न्यूनतम ३९ देखि अधिकतम ४२ रुपैयाँ कायम गरिएको छ ।
समितिका अनुसार स्थानीय गाजरको मूल्य न्यूनतम ७० देखि ८० रुपैयाँ, लोकल बन्दा ३० देखि ४० रुपैयाँ र स्थानीय काउलीको मूल्य न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँ तोकिएको छ ।
यसैगरी, काक्रोको मूल्यमा विविधता देखिएको छ । लोकल काक्रो न्यूनतम ६० देखि ७० रुपैयाँ, हाइब्रीड काक्रो १२ देखि २० रुपैयाँ र लोकल क्रस काक्रो ५० देखि ६५ रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, हाइब्रीड सेतो मूला न्यूनतम १५ देखि २५ रुपैयाँ, लाम्चो र डल्लो भन्टा समान ४० देखि ६० रुपैयाँ, र तने बोडी ५० देखि ७० रुपैयाँमा बिक्री भइरहेको छ ।
तरकारी बजारमा मकै बोडी र मटरकोशाको मूल्य समान ८० देखि १०० रुपैयाँ रहेको छ । त्यसैगरी, लोकल घिउ सिमी ६० देखि ७० रुपैयाँ, हाइब्रीड घिउ सिमी ४० देखि ६० रुपैयाँ, राजमा सिमी ८० देखि १०० रुपैयाँ, र टाटे सिमी १२० देखि १४० रुपैयाँसम्म पुगेको छ । भटमासकोशाको मूल्य न्यूनतम ११० देखि अधिकतम १३० रुपैयाँ रहेको छ ।
समितिका अनुसार तितो करेला ३० देखि ५० रुपैयाँ, लोकल परवर ६० देखि ७० रुपैयाँ, चिचिण्डो ३० देखि ४० रुपैयाँ र घिरौला ४० देखि ५० रुपैयाँमा उपलब्ध छ । पाकेको फर्सीको मूल्य ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ५५ देखि ६० रुपैयाँ र हरियो डल्लो फर्सी ३० देखि ४० रुपैयाँ तोकिएको छ । यस्तै, भिण्डी ४५ देखि ५५ रुपैयाँ, सखरखण्ड ७० देखि ८० रुपैयाँ र पिंडालू ३० देखि ४० रुपैयाँमा कारोबार भइरहेको छ ।
सागसब्जीतर्फ रायोको साग न्यूनतम ६० देखि ८० रुपैयाँ, पालूगो, चमसूर, मेथी, जिरी र सौफको साग समान न्यूनतम ९० देखि १०० रुपैयाँमा बिक्री भइरहेको छ । हरियो प्याज ८० देखि १२० रुपैयाँ र पुदीना १४० देखि १५० रुपैयाँ पुगेको छ ।
च्याउको मूल्य हेर्दा कन्य च्याउ २५० देखि ३०० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३२० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म तोकिएको छ । यस्तै, कुरीलो ३०० देखि ३५० रुपैयाँ, न्यूरो ७० देखि ८० रुपैयाँ, चुकुन्दर ५० देखि ६० रुपैयाँ, सजिवन १०० देखि १२० रुपैयाँ र रातो बन्दा ४० देखि ५० रुपैयाँमा पाइन्छ ।
सेलरी १२० देखि १३० रुपैयाँ, पार्सले २०० देखि २२० रुपैयाँ, हरियो मकै ४० देखि ५० रुपैयाँ, इमली १७० देखि १८० रुपैयाँ, तामा १३० देखि १४० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक २५० देखि ३५० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ ।
फलफूलतर्फ फूजी स्याउ न्यूनतम २८० देखि ३०० रुपैयाँ, नेपाली केरा १६० देखि २०० रुपैयाँ (प्रति दर्जन) र मालभोग केरा २०० देखि २२० रुपैयाँमा बिक्री भइरहेको छ । त्यसैगरी, अनार ४०० देखि ४५० रुपैयाँ, हरियो तरबुजा ३० देखि ४० रुपैयाँ, भुई कटहर प्रति गोटा १९० देखि २०० रुपैयाँ र रुख कटहर ५० देखि ६० रुपैयाँ तोकिएको छ । निबुवा २२० देखि २४० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ र भारतीय मेवा ९० देखि १०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, लोकल लीच्ची २०० देखि २५० रुपैयाँ र भारतीय लीच्ची २५० देखि ३०० रुपैयाँ पुगेको छ ।
अदुवा न्यूनतम ११० देखि १४० रुपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५५० रुपैयाँ र हरियो लाम्चो खुर्सानी ५० देखि ६० रुपैयाँ रहेको छ । यस्तै, बुलेट खुर्सानी ४० देखि ६० रुपैयाँ, माछे खुर्सानी ३५ देखि ४५ रुपैयाँ, र भेडे खुर्सानी ४० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । हरियो लसुन १८० देखि २०० रुपैयाँ, हरियो धनिया ७० देखि १०० रुपैयाँ, सुकेको चाइनिज लसुन १७० देखि १८० रुपैयाँ, सुकेको नेपाली लसुन ११० देखि १३० रुपैयाँ र सुकेको छ्यापी १४० देखि १६० रुपैयाँ तोकिएको छ ।
अन्त्यमा, ताजा माछातर्फ रहु माछा न्यूनतम ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २८० देखि ३०० रुपैयाँ र छडी माछा २५० देखि २६० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
