बजारमा आजको तरकारी र फलफूलको भाउ कति ? हेर्नुहोस् विस्तृत मूल्यसूची

काठमाडौँ, १ असार ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ। समितिका अनुसार आज कालीमाटी बजारमा विभिन्न तरकारी, फलफूल र माछाको मूल्यमा केही भिन्नता देखिएको छ।

समितिले सार्वजनिक गरेको विवरण अनुसार, गोलभेडा ठूलो (नेपाली) को न्यूनतम मूल्य प्रतिकिलो ६० देखि अधिकतम ७० रुपैयाँ कायम गरिएको छ भने औसत मूल्य ६३.७५ रुपैयाँ रहेको छ। सानो लोकल गोलभेडा १५ देखि २५ रुपैयाँ र टनेलको सानो गोलभेडा २८ देखि ३७ रुपैयाँसम्ममा कारोबार भइरहेको छ।

आलुतर्फ रातो आलु (लाम्चो) को मूल्य ३५ देखि ३८ रुपैयाँ, रातो आलु (गोलो) ३० देखि ३५ रुपैयाँ र मुडेको रातो आलु ३२ देखि ३५ रुपैयाँ तोकिएको छ।सेतो आलु २८ देखि ३० रुपैयाँ र भारतीय सुकेको प्याज ३८ देखि ४२ रुपैयाँमा बिक्री भइरहेको छ। लोकल गाजरको मूल्य ७० देखि ९० रुपैयाँ र लोकल बन्दाको मूल्य ५० देखि ६० रुपैयाँ रहेको छ।

समितिका अनुसार, स्थानीय काउली न्यूनतम ४० देखि अधिकतम ६० रुपैयाँमा पाइन्छ। लोकल काक्रो ६० देखि ८० रुपैयाँ, हाइब्रीड काक्रो १५ देखि ३० रुपैयाँ र लोकलक्रस काक्रो ६० देखि ७० रुपैयाँमा उपलब्ध छ। रातो मूला ३० देखि ४० रुपैयाँ र हाइब्रीड सेतो मूला १५ देखि २० रुपैयाँमा कारोबार भइरहेको छ। लाम्चो भन्टा १५ देखि २५, डल्लो भन्टा ३० देखि ४०, तने बोडी २० देखि ३० र मकै बोडी ३० देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ।

त्यसैगरी, मटरकोशाको मूल्य १५० देखि १७० रुपैयाँ छ भने लोकल घिउ सिमी ३० देखि ४० रुपैयाँ र हाइब्रीड घिउ सिमी ३० देखि ४५ रुपैयाँ तोकिएको छ।  राजमा सिमी ९० देखि १००, टाटे सिमी ६० देखि ७० र भटमासकोशा १०० देखि १२० रुपैयाँमा पाइन्छ। तितो करेला ३० देखि ५०, लौका ४० देखि ५०, लोकल र तराई परवर ४० देखि ५०, चिचिण्डो ३० देखि ४० र घिरौला ३० देखि ४० रुपैयाँमा उपलब्ध छ। झिगूनीको मूल्य ६० देखि ७० रुपैयाँ छ भने पाकेको फर्सी र हरियो लाम्चो फर्सी ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ। डल्लो हरियो फर्सी भने २० देखि ३० रुपैयाँमा पाइन्छ।

भिण्डीको मूल्य ३० देखि ४० रुपैयाँ, सखरखण्ड १०० देखि १२०, पिंडालू ९० देखि १०० र स्कूस ४० देखि ५० रुपैयाँ कायम गरिएको छ।

सागपाततर्फ रायो साग ३० देखि ४०, पालुंगो साग ५० देखि ७०, चमसूर ७० देखि ८० र तोरीको साग ५० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ। हरियो प्याजको मूल्य ८० देखि १०० रुपैयाँ छ। च्याउतर्फ कन्य च्याउ २०० देखि २५०, डल्ले च्याउ ३०० देखि ३७०, राजा च्याउ २८० देखि ३०० र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म पुगेको छ।

 त्यसैगरी, कुरीलो ३०० देखि ३५०, न्यूरो ९० देखि १००, ब्रोकाउली ७० देखि ९० र चुकुन्दर ५० देखि ६० रुपैयाँमा पाइन्छ। सजिवन १०० देखि १२०, रातो बन्दा ३० देखि ४०, जिरीको साग ९० देखि १००, सेलरी १२० देखि १५०, पार्सले ३०० देखि ३५०, सौफको साग ८० देखि ९० र पुदीना १८० देखि २०० रुपैयाँ तोकिएको छ। गान्टे मूला ६० देखि ८०, इमली १६० देखि १८०, तामा १३० देखि १५०, तोफु १४० देखि १६० र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा बिक्री भइरहेको छ।

फलफूलको मूल्य विवरण अनुसार, फूँजी स्याउ २८० देखि ३००, नेपाली केरा १८० देखि २०० र मालभोग केरा २०० देखि २२० रुपैयाँ (प्रति दर्जन) रहेको छ।कागती १५० देखि १७०, अनार ४०० देखि ४२०, मालदह आँप ८० देखि १००, दसहरी आँप १०० देखि १२०, हरियो तरबुजा ४० देखि ५० र जुनार २०० देखि २२० रुपैयाँमा पाइन्छ। भुई कटहर प्रति गोटा १८० देखि २०० रुपैयाँ छ भने रुख कटहर प्रतिकिलो ४० देखि ५० रुपैयाँ तोकिएको छ।

यस्तै, चिनियाँ नासपाती २३० देखि २५०, नेपाली मेवा ८० देखि ९०, भारतीय मेवा ९० देखि १००, लोकल लीच्ची २३० देखि २५० र भारतीय लीच्ची २८० देखि ३०० रुपैयाँ छ। काँचो नरिवल ७० देखि ८० र हरियो नरिवल १५० देखि १७० रुपैयाँमा पाइन्छ।

अदुवा १२० देखि १३०, सुकेको खुर्सानी ४५० देखि ५००, हरियो लाम्चो खुर्सानी ४० देखि ५० र हरियो बुलेट खुर्सानी ३० देखि ४० रुपैयाँ तोकिएको छ।  माछे खुर्सानी ५० देखि ६५, अकबरे हरियो खुर्सानी २५० देखि ३००, भेडे खुर्सानी ६० देखि ८०, हरियो लसुन १५० देखि २०० र हरियो धनियाँ १०० देखि १२० रुपैयाँमा उपलब्ध छ। चिनियाँ सुकेको लसुन २०० देखि २२० र नेपाली सुकेको लसुन १६० देखि १८० रुपैयाँ कायम गरिएको छ।

माछाको मूल्यतर्फ सुकेको माछा ८०० देखि १०००, ताजा रहु माछा ३२० देखि ३४०, बचुवा माछा २८० देखि ३०० र छडी माछा २४० देखि २५० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?