कालीमाटी अपडेट: बिहीबारको नयाँ मूल्यसूची सार्वजनिक, यस्तो छ तरकारी र फलफूलको ताजा दर

काठमाडौँ, ४ असार । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।

समितिका अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ६० रुपैयाँ र अधिकतम ७० रुपैयाँ तोकिएको छ। सानो लोकल गोलभेडा २० देखि ३० रुपैयाँ र टनेलको सानो गोलभेडा २८ देखि ३८ रुपैयाँमा कारोबार भइरहेको छ। रातो लाम्चो आलु ३५ देखि ३८ रुपैयाँ, रातो गोलो आलु ३२ देखि ३५ रुपैयाँ, मुडेको रातो आलु ३२ देखि ३५ रुपैयाँ, भारतीय रातो आलु २८ देखि ३० रुपैयाँ र सेतो आलु प्रतिकेजी २८ देखि ३० रुपैयाँमा उपलब्ध छ।

यसैगरी, भारतीय सुकेको प्याज ४४ देखि ४७ रुपैयाँ, लोकल गाजर ९० देखि १०० रुपैयाँ, लोकल बन्दा ५० देखि ६० रुपैयाँ र स्थानीय काउली ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ। लोकल काक्रो ७० देखि ९० रुपैयाँ, हाइब्रीड काक्रो २० देखि ३० रुपैयाँ र लोकलक्रस काक्रो ६५ देखि ८० रुपैयाँ न्यूनतम र अधिकतम मूल्यमा पाइन्छ। यस्तै, रातो मूला ३० देखि ४० रुपैयाँ र सेतो लोकल मूला १५ देखि २० रुपैयाँमा उपलब्ध छ।

यस्तै,लाम्चो भन्टा १५ देखि २५ रुपैयाँ र डल्लो भन्टा २५ देखि ३५ रुपैयाँ तोकिएको छ।  तने बोडी २५ देखि ३५ रुपैयाँ, मकै बोडी ५० देखि ६० रुपैयाँ, मटरकोशा १५० देखि १८० रुपैयाँ, लोकल र हाइब्रीड घिउ सिमी समान ३० देखि ४० रुपैयाँ र राजमा घिउ सिमी ७० देखि ८० रुपैयाँमा उपलब्ध छ। टाटे सिमी ६० देखि ७० रुपैयाँ र भटमासकोशा १०० देखि १२० रुपैयाँमा कारोबार भइरहेको छ।

तितो करेला ३० देखि ४० रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, परवर (लोकल र तराई) ४० देखि ५० रुपैयाँ, चिचिण्डो ३० देखि ४० रुपैयाँ, घिरौला ५० देखि ६० रुपैयाँ, झिगूनी ५० देखि ६० रुपैयाँ, पाकेको फर्सी ५० देखि ६० रुपैयाँ, हरियो लाम्चो फर्सी ५० देखि ६० रुपैयाँ र डल्लो हरियो फर्सी २५ देखि ४० रुपैयाँमा बिक्री भइरहेको छ। यसैगरी, भिण्डी ३० देखि ४० रुपैयाँ, सखरखण्ड १०० देखि १२० रुपैयाँ, पिंडालू ९० देखि १०० रुपैयाँ र स्कूस ४० देखि ५० रुपैयाँ तोकिएको छ।

सागसब्जी तर्फ रायो साग ३० देखि ४० रुपैयाँ, पालूगो साग ५० देखि ६० रुपैयाँ, चमसूरको साग ६० देखि ७० रुपैयाँ, तोरीको साग ५० देखि ६० रुपैयाँ र हरियो प्याज १०० देखि १२० रुपैयाँ प्रतिकेजीमा उपलब्ध छ। कन्य च्याउ २०० देखि २३० रुपैयाँ, डल्ले च्याउ ३५० देखि ४०० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँमा बिक्री भइरहेको छ।

समितिका अनुसार कुरीलो ३०० देखि ३५० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली ८० देखि १०० रुपैयाँ, चुकुन्दर ५० देखि ६० रुपैयाँ, सजिवन १५० देखि २०० रुपैयाँ, रातो बन्दा ३० देखि ४० रुपैयाँ र जिरीको साग ९० देखि १०० रुपैयाँ तोकिएको छ। सेलरी १२० देखि १५० रुपैयाँ, पार्सले ३०० देखि ३५० रुपैयाँ, सौफको साग ७० देखि ८० रुपैयाँ, पुदीना १८० देखि २०० रुपैयाँ, गान्टे मूला ५० देखि ६० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ र गुन्दुक ३०० देखि ३५० रुपैयाँमा पाइन्छ।

फलफूल तर्फ फूँजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा १८० देखि २०० रुपैयाँ प्रतिदर्जन, मालभोग केरा २०० देखि २२० रुपैयाँ प्रतिदर्जन, कागती १८० देखि २०० रुपैयाँ, अनार ४०० देखि ४२० रुपैयाँ र मालदह आँप ८० देखि ९० रुपैयाँ तोकिएको छ। दसहरी आँप १०० देखि १२० रुपैयाँ, हरियो तरबुजा ४० देखि ५० रुपैयाँ, जुनार २०० देखि २२० रुपैयाँ र भुई कटहर १८० देखि २०० रुपैयाँ प्रति गोटामा उपलब्ध छ। रुख कटहर ४० देखि ५० रुपैयाँ, चाइनिज नासपाती २३० देखि २५० रुपैयाँ, नेपाली मेवा ८० देखि ९० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, लोकल लीच्ची १३० देखि १५० रुपैयाँ र भारतीय लीच्ची २८० देखि ३०० रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै, काँचो नरिवल ६० देखि ८० रुपैयाँ र हरियो नरिवल १५० देखि १७० रुपैयाँ प्रति गोटा तोकिएको छ।

अदुवा २२० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ४५० देखि ५०० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ४० देखि ५० रुपैयाँ, बुलेट हरियो खुर्सानी ३० देखि ४० रुपैयाँ, माछे हरियो खुर्सानी ५० देखि ६० रुपैयाँ र अकबरे हरियो खुर्सानी २५० देखि ३०० रुपैयाँ तोकिएको छ। यस्तै, भेडे खुर्सानी १०० देखि १२० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ, हरियो धनिया १०० देखि १२० रुपैयाँ, चाइनिज सुकेको लसुन २०० देखि २२० रुपैयाँ र नेपाली सुकेको लसुन १६० देखि १८० रुपैयाँमा उपलब्ध छ।

अन्त्यमा, सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा रहु माछा ३२० देखि ३४० रुपैयाँ, बचुवा माछा २८० देखि ३०० रुपैयाँ र छडी माछा २४० देखि २६० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?