कालिमाटीमा आज तरकारी र फलफूलको भाउ कति पुग्यो ? (पूर्ण विवरणसहित)

काठमाडौँ, ५ भदौ ।कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरूको नयाँ थोक मूल्यसूची सार्वजनिक गरेको छ।

आजको बजारमा आयातित चिनियाँ सुकेको लसुनको तुलनामा नेपाली सुकेको लसुन सस्तो देखिएको छ। समितिका अनुसार चिनियाँ लसुन प्रतिकेजी २०० देखि २३० रुपैयाँमा कारोबार भइरहँदा नेपाली लसुन भने प्रतिकेजी १८० देखि २०० रुपैयाँमा उपलब्ध छ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज नेपाली ठूलो गोलभेडाको न्यूनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ र अधिकतम ९० रुपैयाँ तोकिएको छ । भारतीय ठूलो गोलभेडा ९० देखि १०० रुपैयाँसम्ममा कारोबार भइरहेको छ । सानो लोकल गोलभेडा ४० देखि ४८ रुपैयाँ र टनेलको सानो गोलभेडा ५२ देखि ६५ रुपैयाँमा बिक्री भइरहेको छ ।

आलुको मूल्य हेर्दा, रातो लाम्चो आलु ४८ देखि ५१ रुपैयाँ, गोलो रातो आलु ४८ देखि ५३ रुपैयाँ र मुडेको रातो आलु ४८ देखि ५३ रुपैयाँ तोकिएको छ । त्यसैगरी, भारतीय रातो आलु ३८ देखि ४० रुपैयाँ र सेतो आलु ३५ देखि ३८ रुपैयाँमा उपलब्ध छ । भारतीय सुकेको प्याज ७५ देखि ७८ रुपैयाँ, लोकल गाजर १०० देखि १२० रुपैयाँ र तराईको गाजर ७० देखि ८० रुपैयाँमा पाइने समितिले जनाएको छ ।

यसैगरी, लोकल बन्दा ४० देखि ५० रुपैयाँ र स्थानीय काउली ९० देखि ११० रुपैयाँमा कारोबार भइरहेको छ । लोकल काँक्रो ४० देखि ५० रुपैयाँ, हाइब्रिड काँक्रो १० देखि २० रुपैयाँ र लोकलक्रस काँक्रो ४० देखि ५० रुपैयाँमा बिक्री भइरहेको छ । रातो मूला २० देखि ३० रुपैयाँ र हाइब्रिड सेतो मूला २५ देखि ३५ रुपैयाँ तोकिएको छ ।

लाम्चो भन्टा ३० देखि ४० रुपैयाँ, डल्लो भन्टा ५० देखि ६० रुपैयाँ, तने बोडी ८० देखि १०० रुपैयाँ र मकै बोडी १०० देखि १२० रुपैयाँमा पाइन्छ । यस्तै, लोकल तथा हाइब्रिड घिउ सिमी ८० देखि १०० रुपैयाँ, टाटे सिमी ७० देखि ८० रुपैयाँ र भटमासकोशा १०० देखि १३० रुपैयाँमा उपलब्ध छ । तितो करेला ४० देखि ५० रुपैयाँ, लौका ५० देखि ६० रुपैयाँ, लोकल तथा तराईको परवर ७० देखि ८० रुपैयाँमा बिक्री भइरहेको छ ।

त्यसैगरी, चिचिण्डो २० देखि ३० रुपैयाँ, घिरौला ३० देखि ४० रुपैयाँ, झिगूनी ५० देखि ६० रुपैयाँ र पाकेको फर्सी ५० देखि ६० रुपैयाँमा पाइनेछ । डल्लो हरियो फर्सी, भिण्डी, र स्कूसको मूल्य पनि ५० देखि ६० रुपैयाँकै बीचमा रहेको छ । पिंडालू ७० देखि ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

सागसब्जी तर्फ, रायो साग १०० देखि १५० रुपैयाँ, पालूगो साग २०० देखि २५० रुपैयाँ, तोरीको साग ८० देखि १२० रुपैयाँ र हरियो प्याज १०० देखि १५० रुपैयाँमा बिक्री भइरहेको छ ।

कन्य च्याउ २४० देखि २८० रुपैयाँ, डल्ले च्याउ १०० देखि ४५० रुपैयाँ, राजा च्याउ ३०० देखि ३३० रुपैयाँ र सिताके च्याउ ८०० देखि १००० रुपैयाँसम्म तोकिएको छ । कुरिलो ४०० देखि ५०० रुपैयाँ, न्यूरो ९० देखि १०० रुपैयाँ, ब्रोकाउली १४० देखि १६० रुपैयाँ, चुकुन्दर ६० देखि ७० रुपैयाँ र सजिवन २०० देखि २५० रुपैयाँमा उपलब्ध छ ।

यसैगरी, रातो बन्दा ३० देखि ४० रुपैयाँ, जिरीको साग ४०० देखि ५०० रुपैयाँ, सेलरी २०० देखि २५० रुपैयाँ र पार्सले १४०० देखि १५०० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको छ । सौफको साग १०० देखि १५० रुपैयाँ, पुदीना ४०० देखि ५०० रुपैयाँ, गान्टे मूला १०० देखि १५० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँ, गुन्दुक ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर ३०० देखि ४०० रुपैयाँमा पाइन्छ ।

फलफूल तर्फ, फूजी स्याउ २८० देखि ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २५० देखि ३०० रुपैयाँ, मालभोग केरा १८० देखि २०० रुपैयाँ र कागती प्रतिकेजी २५० देखि २८० रुपैयाँ तोकिएको छ । यस्तै, अनार ३०० देखि ३५० रुपैयाँ, मालदह आँप २५० देखि २८० रुपैयाँ, चोसा आँप २३० देखि २५० रुपैयाँ, हरियो तरबुजा ५० देखि ६० रुपैयाँ र जुनार २७० देखि ३०० रुपैयाँमा पाइन्छ । भुई कटहर प्रतिगोटा १८० देखि २०० रुपैयाँ, रुख कटहर ५० देखि ६० रुपैयाँ र लोकल नासपाती ८० देखि ९० रुपैयाँमा उपलब्ध छ ।

चाइनिज नासपाती १५० देखि २०० रुपैयाँ, नेपाली मेवा ७० देखि ८० रुपैयाँ, भारतीय मेवा ९० देखि १०० रुपैयाँ, लप्सी ५० देखि ६० रुपैयाँ, किवि ३५० देखि ४०० रुपैयाँ, आभोकाडो ३५० देखि ४०० रुपैयाँ र अमला १५० देखि २०० रुपैयाँमा बिक्री भइरहेको छ । काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि १७० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँ तोकिएको छ ।

अदुवा २०० देखि २३० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५५० रुपैयाँ, लाम्चो र बुलेट हरियो खुर्सानी ५० देखि ६० रुपैयाँ र माछे खुर्सानी ४० देखि ५० रुपैयाँमा पाइन्छ । अकबरे खुर्सानी २०० देखि ३०० रुपैयाँ, भेडे खुर्सानी ४० देखि ५० रुपैयाँ, हरियो लसुन १०० देखि १५० रुपैयाँ र हरियो धनिया ३०० देखि ४०० रुपैयाँमा उपलब्ध छ ।

चाइनिज सुकेको लसुन २०० देखि २३० रुपैयाँ, नेपाली सुकेको लसुन १८० देखि २०० रुपैयाँ र छ्यापी (सुकेको र हरियो) १८० देखि २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुकेको माछा ८०० देखि १००० रुपैयाँ, ताजा माछा (रहु) ३४० देखि ३७० रुपैयाँ, ताजा माछा (बचुवा) ३०० देखि ३४० रुपैयाँ र ताजा माछा (छडी) ३२० देखि ३५० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?