कालीमाटीमा आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? यस्तो छ सबै कृषि उपजको मूल्यसूची
काठमाडौँ, ३० कात्तिक । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि विभिन्न फलफूल, तरकारी तथा अन्य कृषि उपजको नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज गोलभेँडा ठूलो (नेपाली र भारतीय) प्रतिकिलो ६० देखि ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १२ देखि २० रुपैयाँ, टनेलको ३० देखि ४५ रुपैयाँ र तराईको ३५ देखि ४५ रुपैयाँसम्म रहेको छ ।
त्यसैगरी, रातो आलु (लाम्चो, गोलो र मुडे) प्रतिकिलो ५५ देखि ६० रुपैयाँ, भारतीय रातो आलु ३० देखि ३५ रुपैयाँ र सेतो आलु २८ देखि ३२ रुपैयाँसम्म रहेको छ । सुकेको भारतीय प्याज प्रतिकिलो ८८ देखि ९२ रुपैयाँ, लोकल गाजर ८० देखि ९० रुपैयाँ र तराईको गाजर ५० देखि ६० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
यसैगरी, लोकल बन्दा प्रतिकिलो २५ देखि ३५ रुपैयाँ, लोकल काक्रो ५० देखि ७० रुपैयाँ, हाइब्रीड काक्रो ३० देखि ४० रुपैयाँ र लोकलक्रस काक्रो ५० देखि ६० रुपैयाँसम्म रहेको छ । स्थानीय काउली प्रतिकिलो २० देखि ३० रुपैयाँ र तराईको काउली १५ देखि २० रुपैयाँसम्म रहेको समितिले जनाएको छ ।
त्यसैगरी, रातो मूला र हाइब्रीड सेतो मूला प्रतिकिलो २० देखि ३० रुपैयाँ, लाम्चो भन्टा २५ देखि ३५ रुपैयाँ र डल्लो भन्टा ५० देखि ६० रुपैयाँसम्म रहेको छ । तने बोडी प्रतिकिलो ७० देखि ९० रुपैयाँ, मकै बोडी ४० देखि ५० रुपैयाँ र मटरकोशा १०० देखि १३० रुपैयाँसम्म रहेको छ ।
यसैगरी, लोकल तथा हाइब्रीड घिउ सिमी र टाटे सिमी प्रतिकिलो ६० देखि ७० रुपैयाँ, राजमा घिउ सिमी १२० देखि १४० रुपैयाँ र भटमासकोशा १०० देखि १२० रुपैयाँसम्म रहेको छ । तितो करेला प्रतिकिलो ८० देखि १०० रुपैयाँ, लौका ४० देखि ५० रुपैयाँ, लोकल परवर ६० देखि ८० रुपैयाँ र तराईको परवर ८० देखि १०० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
चिचिण्डो र घिरौला प्रतिकिलो ३० देखि ४० रुपैयाँ, झिगूनी ६० देखि ७० रुपैयाँ, पाकेको फर्सी ६० देखि ७० रुपैयाँ र हरियो फर्सी (डल्लो) २० देखि ३० रुपैयाँसम्म रहेको छ । यसैगरी, भिण्डी प्रतिकिलो ७० देखि ८० रुपैयाँ, सखरखण्ड ८० देखि ९० रुपैयाँ, बरेला ३० देखि ४० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ र स्कुस २० देखि ३० रुपैयाँसम्म रहेको छ ।
सागपाततर्फ रायो साग प्रतिकिलो ४० देखि ५० रुपैयाँ, पालुंगो साग ८० देखि १२० रुपैयाँ, चमसूरको साग १०० देखि १५० रुपैयाँ, तोरीको साग ३० देखि ५० रुपैयाँ र मेथीको साग १०० देखि १५० रुपैयाँसम्म रहेको छ । त्यसैगरी, हरियो प्याज प्रतिकिलो १५० देखि २०० रुपैयाँ, बकुला ९० देखि १०० रुपैयाँ र तरुल १०० देखि १२० रुपैयाँसम्म रहेको समितिको मूल्यसूचीमा उल्लेख छ ।
यसैगरी, कन्य च्याउ प्रतिकिलो २०० देखि २५० रुपैयाँ, डल्ले च्याउ ३०० देखि ३५० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि एक हजार रुपैयाँसम्म रहेको छ । कुरिलो प्रतिकिलो ७०० देखि ८०० रुपैयाँ, ब्रोकाउली १०० देखि १२० रुपैयाँ, चुकुन्दर ८० देखि ९० रुपैयाँ र सजिवन २०० देखि २५० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
रातो बन्दा प्रतिकिलो १५० देखि १८० रुपैयाँ, जिरीको साग १०० देखि १५० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले दुई हजार ४०० देखि दुई हजार ८०० रुपैयाँ र सौफको साग १०० देखि १५० रुपैयाँसम्म रहेको छ । पुदीना प्रतिकिलो ६०० देखि ७०० रुपैयाँ, गान्टे मूला १०० देखि १२० रुपैयाँ, इमली १६० देखि १८० रुपैयाँ, तामा र तोफु १४० देखि १६० रुपैयाँसम्म रहेको छ । यसैगरी, गुन्द्रुक प्रतिकिलो ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर १०० देखि १५० रुपैयाँसम्म रहेको छ ।
फलफूलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३०० रुपैयाँ र मुस्ताङको स्याउ २०० देखि २५० रुपैयाँसम्म रहेको छ । नेपाली तथा मालभोग केरा प्रतिदर्जन १०० देखि १५० रुपैयाँ, कागती प्रतिकिलो १५० देखि २५० रुपैयाँ र अनार ३०० देखि ३५० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
नेपाली सुन्तला प्रतिकिलो ७० देखि ८० रुपैयाँ र भारतीय सुन्तला ९० देखि १०० रुपैयाँसम्म रहेको छ । हरियो तरबुजा प्रतिकिलो ७० देखि ८० रुपैयाँ, मौसम र जुनार १५० देखि २०० रुपैयाँ तथा भुईँकटहर प्रतिगोटा १५० देखि २०० रुपैयाँसम्म रहेको छ ।
यसैगरी, निबुवा प्रतिकिलो ५० देखि ६० रुपैयाँ, चाइनिज नासपाती २५० देखि ३०० रुपैयाँ, नेपाली मेवा ५० देखि ६० रुपैयाँ र भारतीय मेवा ९० देखि १०० रुपैयाँसम्म रहेको छ । अम्बा प्रतिकिलो १५० देखि २०० रुपैयाँ, लप्सी ७० देखि ८० रुपैयाँ, किवी २०० देखि ३०० रुपैयाँ, शरीफा १५० देखि २०० रुपैयाँ र एभोकाडो २०० देखि ३०० रुपैयाँसम्म रहेको छ ।
अमला प्रतिकिलो ७० देखि ८० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ, हरियो नरिवल १५० देखि २०० रुपैयाँ र नेपाली ड्रागन फ्रुट ४०० देखि ५०० रुपैयाँसम्म रहेको छ ।
त्यसैगरी, अदुवा प्रतिकिलो ८० देखि १०० रुपैयाँ, सुकेको खुर्सानी ५०० देखि ५६० रुपैयाँ, हरियो लाम्चो खुर्सानी ९० देखि १०० रुपैयाँ र बुलेट तथा माछे खुर्सानी १०० देखि १२० रुपैयाँसम्म रहेको छ । यसैगरी, हरियो अकबरे खुर्सानी प्रतिकिलो १५० देखि २०० रुपैयाँ र भेडे खुर्सानी १२० देखि १५० रुपैयाँसम्म रहेको छ ।
हरियो लसुन प्रतिकिलो १५० देखि २०० रुपैयाँ, हरियो धनियाँ १०० देखि १५० रुपैयाँ, सुकेको चाइनिज लसुन २३० देखि २६० रुपैयाँ र नेपाली सुकेको लसुन २३० देखि २६० रुपैयाँसम्म रहेको छ । सुकेको छ्यापी प्रतिकिलो १८० देखि २०० रुपैयाँ र हरियो छ्यापी १५० देखि २०० रुपैयाँसम्म निर्धारण गरिएको छ ।
माछातर्फ सुकेको माछा प्रतिकिलो ८०० देखि एक हजार रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३३० रुपैयाँ र छडी माछा ३२० देखि ३५० रुपैयाँसम्म रहेको समितिले जनाएको छ ।
