बजारमा आज कुन कृषि उपजको मूल्य कति ? हेर्नुहोस् सबै तरकारी तथा फलफूलको मूल्यसूची
काठमाडौँ, ६ मङ्सिर। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार बजारमा कारोबार हुने विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।
सार्वजनिक मूल्यसूचीअनुसार आज गोलभेडा ठूलो नेपाली र भारतीयको मूल्य प्रतिकिलो न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ, गोलभेडा सानो लोकल १० देखि २० रुपैयाँ, गोलभेडा सानो टनेल ३० देखि ५२ रुपैयाँ र गोलभेडा सानो तराई ३० देखि ५० रुपैयाँ रहेको छ।
त्यसैगरी, आलु रातो लाम्चो र रातो आलु गोलोको मूल्य प्रतिकिलो ४५ देखि ५० रुपैयाँ, भारतीय रातो आलु ३० देखि ३५ रुपैयाँ र सेतो आलु २८ देखि ३२ रुपैयाँ कायम गरिएको छ। सुकेको भारतीय प्याजको मूल्य ९२ देखि ९६ रुपैयाँ, लोकल गाजर ८० देखि ९० रुपैयाँ र तराई गाजर ५० देखि ६० रुपैयाँ रहेको छ।
काक्रो लोकल र लोकलक्रसको मूल्य प्रतिकिलो ७० देखि ८० रुपैयाँ तथा हाइब्रीड काक्रो ३० देखि ४० रुपैयाँ रहेको छ। लोकल बन्दाको मूल्य २५ देखि ३५ रुपैयाँ, स्थानीय काउली ३० देखि ५० रुपैयाँ र तराई काउली २० देखि ३० रुपैयाँ कायम गरिएको छ। रातो मूला २० देखि ४० रुपैयाँ तथा हाइब्रीड सेतो मूला २० देखि ३० रुपैयाँ रहेको छ।
भन्टा लाम्चोको मूल्य प्रतिकिलो २० देखि ३० रुपैयाँ र डल्लो भन्टा ४० देखि ५० रुपैयाँ रहेको छ। तने बोडी ९० देखि १०० रुपैयाँ, मकै बोडी ५० देखि ७० रुपैयाँ तथा मटरकोशा १०० देखि १२० रुपैयाँ कायम गरिएको छ।
घिउ सिमी लोकलको मूल्य प्रतिकिलो ९० देखि १०० रुपैयाँ, हाइब्रीड ८० देखि ९० रुपैयाँ र राजमा घिउ सिमी १०० देखि १२० रुपैयाँ रहेको छ। टाटे सिमी ७० देखि ८० रुपैयाँ, तितो करेला ७० देखि ८० रुपैयाँ, लौका ६० देखि ७० रुपैयाँ तथा परवर लोकल ७० देखि ८० रुपैयाँ रहेको छ। परवर तराईको मूल्य ८० देखि ९० रुपैयाँ कायम गरिएको छ।
चिचिण्डोको मूल्य प्रतिकिलो २० देखि ४० रुपैयाँ, घिरौला ६० देखि ७० रुपैयाँ, झिगूनी ६० देखि ८० रुपैयाँ, पाकेको फर्सी ६० देखि ७० रुपैयाँ तथा हरियो फर्सी लाम्चो र डल्लो दुवै २० देखि ३० रुपैयाँ रहेको छ। भिण्डी ९० देखि १०० रुपैयाँ, सखरखण्ड ५० देखि ६० रुपैयाँ, बरेला ३० देखि ४० रुपैयाँ, पिंडालू ६० देखि ७० रुपैयाँ र स्कूस १५ देखि २० रुपैयाँ कायम गरिएको छ।
सागसब्जीतर्फ रायो सागको मूल्य प्रतिकिलो ५० देखि ८० रुपैयाँ, पालुंगो साग १०० देखि १५० रुपैयाँ, चमसूरको साग १०० देखि १५० रुपैयाँ, तोरीको साग ५० देखि ८० रुपैयाँ र मेथीको साग १०० देखि १५० रुपैयाँ रहेको छ। हरियो प्याज १५० देखि २०० रुपैयाँ, बकूला ९० देखि १०० रुपैयाँ तथा तरुल ९० देखि १०० रुपैयाँ कायम गरिएको छ।
च्याउतर्फ कन्य च्याउको मूल्य प्रतिकिलो २५० देखि ३०० रुपैयाँ, डल्ले च्याउ ४०० देखि ४५० रुपैयाँ, राजा च्याउ २८० देखि ३०० रुपैयाँ र सिताके च्याउ ८०० देखि १ हजार रुपैयाँ रहेको छ। ब्रोकाउली १०० देखि १२० रुपैयाँ, चुकुन्दर ८० देखि ९० रुपैयाँ, सजिवन २०० देखि २५० रुपैयाँ र रातो बन्दा १५० देखि १८० रुपैयाँ कायम गरिएको छ।
त्यस्तै, जिरीको साग १०० देखि १५० रुपैयाँ, सेलरी ४०० देखि ५०० रुपैयाँ, पार्सले २ हजार ४०० देखि २ हजार ८०० रुपैयाँ, सौफको साग १०० देखि १५० रुपैयाँ, पुदीना ६०० देखि ७०० रुपैयाँ तथा गान्टे मूला १०० देखि १५० रुपैयाँ रहेको छ।
इमलीको मूल्य प्रतिकिलो १६० देखि १८० रुपैयाँ, तामा १४० देखि १६० रुपैयाँ, तोफु १४० देखि १६० रुपैयाँ, गुन्दुक ३०० देखि ३५० रुपैयाँ र रुख टमाटर १०० देखि १५० रुपैयाँ कायम गरिएको छ।
फलफूलतर्फ फूजी स्याउको मूल्य प्रतिकिलो ३०० देखि ३५० रुपैयाँ, जुम्लाको स्याउ २५० देखि ३५० रुपैयाँ तथा मुस्ताङको स्याउ २०० देखि २५० रुपैयाँ रहेको छ। नेपाली र मालभोग केराको मूल्य प्रतिदर्जन १०० देखि १५० रुपैयाँ, कागती २०० देखि ३०० रुपैयाँ र अनार ३५० देखि ४०० रुपैयाँ कायम गरिएको छ।
नेपाली सुन्तलाको मूल्य प्रतिकिलो ९० देखि १२० रुपैयाँ तथा भारतीय सुन्तला ९० देखि १०० रुपैयाँ रहेको छ। हरियो तरबुजा ७० देखि ८० रुपैयाँ, मौसम १५० देखि २०० रुपैयाँ, जुनार १५० देखि २०० रुपैयाँ तथा भुईँकटहर प्रतिगोटा १५० देखि २०० रुपैयाँ कायम गरिएको छ।
निबुवाको मूल्य प्रतिकिलो ५० देखि ६० रुपैयाँ, चाइनिज नासपाती २५० देखि ३०० रुपैयाँ, नेपाली मेवा ५० देखि ६० रुपैयाँ तथा भारतीय मेवा ९० देखि १०० रुपैयाँ रहेको छ। अम्बा २०० देखि २५० रुपैयाँ, लप्सी ७० देखि ८० रुपैयाँ, स्ट्रबेरी (भुईँऐसेलु) ४०० देखि ५०० रुपैयाँ र किवी २०० देखि ३०० रुपैयाँ कायम गरिएको छ।
शरीफा २०० देखि ३०० रुपैयाँ, आभोकाडो २०० देखि ३०० रुपैयाँ, अमला ७० देखि ८० रुपैयाँ, काँचो नरिवल ६० देखि ८० रुपैयाँ तथा हरियो नरिवल १५० देखि २०० रुपैयाँ रहेको छ। नेपाली ड्रागन फ्रुटको मूल्य प्रतिकिलो ४०० देखि ५०० रुपैयाँ कायम गरिएको छ।
त्यसैगरी, अदुवाको मूल्य प्रतिकिलो ८० देखि १०० रुपैयाँ, सुकेको खुर्सानी ५३० देखि ५५० रुपैयाँ, हरियो खुर्सानी लाम्चो ८० देखि ९० रुपैयाँ, बुलेट खुर्सानी १०० देखि १२० रुपैयाँ, माछे खुर्सानी ९० देखि १०० रुपैयाँ तथा अकबरे खुर्सानी २०० देखि २५० रुपैयाँ रहेको छ।
भेडे खुर्सानीको मूल्य प्रतिकिलो ८० देखि ९० रुपैयाँ, हरियो लसुन १५० देखि २०० रुपैयाँ, हरियो धनिया १०० देखि ३०० रुपैयाँ, सुकेको चाइनिज लसुन २३० देखि २६० रुपैयाँ तथा सुकेको नेपाली लसुन २३० देखि २६० रुपैयाँ कायम गरिएको छ। सुकेको छ्यापी १८० देखि २०० रुपैयाँ र हरियो छ्यापी १०० देखि १५० रुपैयाँ रहेको छ।
माछातर्फ सुकेको माछाको मूल्य प्रतिकिलो ८०० देखि १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० देखि ३७० रुपैयाँ, बचुवा माछा ३०० देखि ३३० रुपैयाँ तथा छडी माछा ३२० देखि ३५० रुपैयाँ कायम गरिएको समितिले जनाएको छ।
